क्रिसमसमा हुने भीडले ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र फैलिन सक्ने डा. फाउचीको चेतावनी

२०७८ पुष ५ गते, सोमबार

काठमाडौं । क्रिसमसका लागि हुने यात्राले ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र पार्ने चेतावनी डा. एन्थोनी फाउचीले दिएका छन् । खोपको पूर्ण मात्रा लगाएकाहरुमा पनि संक्रमण क्रिसमसको समयमा संक्रमण बढ्ने जोखिम रहेको संक्रामक रोक विशेषज्ञ डा. फाउचीले बताएका हुन् ।
एनबिसी टेलिभिजनको मीट द प्रेससँग भनेका छन्, ‘ओमिक्रोनको संक्रमण फैलिने सम्भावना निकै रहेकोमा कुनै शंका छैन । ओमिक्रोन भेरियन्ट अहिले विश्वभर फैलिरहेको छ ।’
५० भन्दा बढी उत्परिवर्तन ९म्युटेशन० भएको ओमिक्रोन निकै संक्रमक रहेको प्रारम्भीक तथ्यहरुले देखाएका छन् । संक्रमण रोक्नका लागि विभिन्न देशहरुले प्रतिबन्धात्मक नियम कडा पारेका छन् । युरोपमा फ्रान्स तथा जर्मनीसहितले यात्रा प्रतिबन्ध लगाएका छन्, नेदरल्याण्ड्सले कडा लकडाउन लागु गरेको छ ।
हाल कायम रहेका खोपको थप अर्थात बूस्टर मात्रा ओमिक्रोनको संक्रमण रोक्न वा कम्तीमा गम्भीर बिरामी हुनबाट जोगाउने देखिएको छ । सोही कारण अमेरिकासहितका देशले बूस्टर मात्राका लागि जोड दिइरहेका छन् ।
पछिल्लो एक अध्ययन अनुसार हालको खोपको बूस्टर मात्रा ओमिक्रोन भेरियन्टविरुद्ध कम्तीमा गम्भीर बिरामी रोक्न ८५ प्रतिशत प्रभावकारी हुने देखिएको छ ।
अमेरिकामा पछिल्ला दिनमा संक्रमण तीव्र गतिमा बढिरहेको छ, खास गरी खोप नलगाएकाहरुमा संक्रमण तीव्र छ ।
ओमिक्रोन भेरियन्टको संक्रमणले अमेरिकाको स्वास्थ्य सेवामा गम्भीर असर पार्ने डा। फाउचीले आइतबारको अन्तर्वार्ताको क्रममा चेतावनी दिएका हुन् ।
उनले भनेका छन्, ‘अहिले जस्तो देखिएको छ सोही अवस्था कायम रहेमा हाम्रा अस्पतालहरु तनाव आउने छन् ।’
डा. फाउचीले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने तथा खोप लगाउने (योग्य भएको अवस्थामा बूस्टर मात्रा) सहितका सावधानी अपनाउन आग्रह गरेका छन् । (एजेन्सी)

172 Views

ताजा

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

भाइरल ७ तल्ले भवनमा चल्यो डोजर

२०८३ बैशाख २० गते, आईतवार

सर्वोच्चको आदेशपछि लेखापढी व्यवसायीलाई राहत, कार्यालयमा सहज रुपमा प्रवेश गर्न पाउने

२०८३ बैशाख २० गते, आईतवार

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा

२०८३ बैशाख १७ गते, बिहीबार

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal