क्रिसमसमा हुने भीडले ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र फैलिन सक्ने डा. फाउचीको चेतावनी

काठमाडौं । क्रिसमसका लागि हुने यात्राले ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र पार्ने चेतावनी डा. एन्थोनी फाउचीले दिएका छन् । खोपको पूर्ण मात्रा लगाएकाहरुमा पनि संक्रमण क्रिसमसको समयमा संक्रमण बढ्ने जोखिम रहेको संक्रामक रोक विशेषज्ञ डा. फाउचीले बताएका हुन् ।
एनबिसी टेलिभिजनको मीट द प्रेससँग भनेका छन्, ‘ओमिक्रोनको संक्रमण फैलिने सम्भावना निकै रहेकोमा कुनै शंका छैन । ओमिक्रोन भेरियन्ट अहिले विश्वभर फैलिरहेको छ ।’
५० भन्दा बढी उत्परिवर्तन ९म्युटेशन० भएको ओमिक्रोन निकै संक्रमक रहेको प्रारम्भीक तथ्यहरुले देखाएका छन् । संक्रमण रोक्नका लागि विभिन्न देशहरुले प्रतिबन्धात्मक नियम कडा पारेका छन् । युरोपमा फ्रान्स तथा जर्मनीसहितले यात्रा प्रतिबन्ध लगाएका छन्, नेदरल्याण्ड्सले कडा लकडाउन लागु गरेको छ ।
हाल कायम रहेका खोपको थप अर्थात बूस्टर मात्रा ओमिक्रोनको संक्रमण रोक्न वा कम्तीमा गम्भीर बिरामी हुनबाट जोगाउने देखिएको छ । सोही कारण अमेरिकासहितका देशले बूस्टर मात्राका लागि जोड दिइरहेका छन् ।
पछिल्लो एक अध्ययन अनुसार हालको खोपको बूस्टर मात्रा ओमिक्रोन भेरियन्टविरुद्ध कम्तीमा गम्भीर बिरामी रोक्न ८५ प्रतिशत प्रभावकारी हुने देखिएको छ ।
अमेरिकामा पछिल्ला दिनमा संक्रमण तीव्र गतिमा बढिरहेको छ, खास गरी खोप नलगाएकाहरुमा संक्रमण तीव्र छ ।
ओमिक्रोन भेरियन्टको संक्रमणले अमेरिकाको स्वास्थ्य सेवामा गम्भीर असर पार्ने डा। फाउचीले आइतबारको अन्तर्वार्ताको क्रममा चेतावनी दिएका हुन् ।
उनले भनेका छन्, ‘अहिले जस्तो देखिएको छ सोही अवस्था कायम रहेमा हाम्रा अस्पतालहरु तनाव आउने छन् ।’
डा. फाउचीले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने तथा खोप लगाउने (योग्य भएको अवस्थामा बूस्टर मात्रा) सहितका सावधानी अपनाउन आग्रह गरेका छन् । (एजेन्सी)
ताजा

भिजिट भिसा प्रकरणमा गहिरो र निष्पक्ष छानबिन आवश्यकः प्रचण्ड
२०८२ असार ३० गते, सोमबार
भिजिट भिसा प्रकरणमा गहिरो र निष्पक्ष छानबिन आवश्यकः प्रचण्ड
२०८२ असार ३० गते, सोमबार
दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप
२०८२ असार ३० गते, सोमबार
विद्यार्थीहरूको सहभागितामा एकदिवसीय चलचित्र कार्यशाला २०८२ सम्पन्न
२०८२ असार ३० गते, सोमबार
भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा
२०८२ असार ३० गते, सोमबार
गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा
२०८२ असार २७ गते, शुक्रबार
टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने
२०८२ असार २७ गते, शुक्रबार
सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक
२०८२ असार २७ गते, शुक्रबार
‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न
२०८२ असार २७ गते, शुक्रबार
आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै
२०८२ असार २६ गते, बिहीबारलोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार