जहाँ चिच्याएर वर मागिन्छ

२०७८ पुष ५ गते, सोमबार

बलेवा । मार्ग शुक्ल पक्षको पूर्णिमा तिथि। स्थानीय भाषामा यसलाई दिवाली पूर्णिमा भनिन्छ। धार्मिक परम्पराअनुसार यो पूर्णिमाको दिन बागलुङको बरेङ गाउँपालिका–३ मा रहेको सत्यवती मन्दिर साग्दीमा रातको समयमा चिच्याएर वर माग्दा मनोकाङ्क्षा पूरा हुने मान्यता छ।

दुई वर्षयता कोरोना महामारीका कारण साग्दी पुग्न नसकेका गण्डकी र लुम्बिनी प्रदेशका धेरै जिल्लाका भक्तजन यो वर्ष बागलुङको बरेङ पुगेका थिए। आइतबार बिहानै भक्तालुले चिच्याएर वर मागे। शनिबार दिउँसोदेखि साग्दीमा जम्मा भएका भक्तजनले वर मागेपछि मन्दिरमा पूजाआजा र बलि दिएका थिए। दुई वर्ष पहिला पूर्णिमाको दिनमात्रै १० हजारभन्दा बढी भक्तालुले चिच्याएर वर मागेका थिए।

तर यो वर्ष सङ्ख्या कम रहेको वडाध्यक्ष दुर्गा कार्की थापा क्षेत्रीले बताइन्। पूजाको अवसर पारेर स्थानीय क्लबहरूले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्ने गरेका छन्। ‘शनिबार राति आएका भक्तजनले चिच्याएर वर मागे, आज साँझसम्म पूजा र बलिको कार्यक्रम चलिरहेको छ, क्षेत्रीले भने, ‘अबेरसम्म एक हजारभन्दा बढी भक्तजन पूजाका लागि लाइनमा छन्।’

विशेषगरी पूर्णिमाको रात प्रतिपदाको बिहान उज्यालो हुनुपूर्व वर माग्नुपर्ने मान्यता रहेको भए पनि मङ्सिर र पुसभर वर माग्दा मनोकाङ्क्षा पूरा हुने मान्यताले सत्यवतीमा भक्तजन पुग्ने गरेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउँछन्। सत्यवतीमा पूजाका लागि गाउँपालिकाले स्वयंसेवक परिचालन गरेको थियो। पूर्णिमामा भीड बढी हुने भएकाले गाउँपालिकाले व्यवस्थापन गर्ने गरेको हो।

बरेङको सत्यवतीमा बागलुङ, पर्वत, गुल्मी, स्याङ्जा, म्याग्दीलगायत जिल्लाबाट भक्तालु पुग्ने गरेका छन्। परापूर्वकालमा महाशक्ति सत्यवती बराजुले चिच्याएर वर माग्दा दिनको उज्यालोमा मागेको वर अरू कसैले सुन्ने र बराजुले वर दिन नसक्ने मान्यतानुसार हरेक वर्षको दिवाली पूर्णिमाको दिन भक्तालु त्यहाँ पुगेर वर माग्ने गरेको बरेङका स्थानीय ज्येष्ठ नागरिकले बताए। सत्यवतीमा पुगेर रातमा मागेको वर पूरा हुने विश्वासले भक्तालुहरू त्यहाँ पुग्ने गरेका छन्।

सत्यवती बराजु बहिरा रहेकाले चिच्याएर वर माग्नुपर्ने र वर मागेको अरू कसैले देख्न नहुने मान्यता छ। पहिले हप्तौँ लामो बाटो हिँडेर सत्यवती पुग्ने गरेका भक्तालु यसवर्ष भने सवारीसाधनको प्रयोग गरेर त्यहाँ पुग्ने गरेका छन्। रातिको समयमा वर माग्नुपर्ने भएकाले अघिल्लो दिन त्यहाँ पुग्नुपर्ने र पूर्णिमाको रात वर माग्नका लागि रातमा लाइन बस्नुपर्ने भएकाले भक्तालुलाई समस्या हुने गरेको सवारी चालक हर्कबहादुर तामाङ बताउँछन्।

पहिलेजस्तो यातायातको समस्या नभए पनि खान र बस्न समस्या हुने गरेको त्यहाँ पुगेका भक्तालुले बताउने गरेका छन्। हाल सत्यवती जानका लागि बागलुङ बजार हुँदै दुदिलाभाटी बाटाकाचौर, बागलुङ–कुश्मीशेरा–बरेङ हुँदै बाटाकाचौरसम्म कच्ची सडक सञ्चालनमा रहेकाले समस्या नरहेको शर्माले बताए।

हाल मन्दिर आसपासमा निर्माण गरिएका दुई वटा सामुदायिक भवनबाहेक बस्नका लागि अन्य पूर्वाधार नभएको स्थानीयवासी बताउँछन्। गाउँपालिकाले रणनीतिक योजना नै बनाएर सडक सञ्जालसँग सत्यवतीलाई जोडेको छ।

आदिकालमा सत्यवती बराजुका सात बहिनीमध्ये एक बहिनी बागलुङमा बसेको र उनले रातको समय मागेर भक्तजनलाई वर दिने गरेको किंवदन्तीका आधारमा भक्तालु त्यहाँ जाने गरेको बूढापाकाहरू बताउँछन्। पाल्पामा रहेको सत्यवती बराजु र गुल्मीमा रहेको मालिका माईको भने कार्तिक शुक्ल पूर्णिमामा पनि दर्शन गर्न सकिने मान्यता छ। (रासस)

101 Views

ताजा

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

२०८१ चैत्र ३१ गते, आईतवार

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

२०८१ चैत्र ३१ गते, आईतवार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

२०८१ चैत्र ३० गते, शनिबार

फेवा महोत्सव आजदेखि

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान

२०८१ चैत्र ३० गते, शनिबार

गोलन्जोरको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं ७ खुर्कोटले जित्यो

२०८१ चैत्र ३० गते, शनिबार

टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक

२०८१ चैत्र ३० गते, शनिबार

रवि लामिछानेलाई कारागार चलान गर्ने आदेशको बदर माग गर्दै निकिता पुगिन् सर्वोच्च अदालत

२०८१ चैत्र २९ गते, शुक्रबार

एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली

२०८१ चैत्र २९ गते, शुक्रबार

असिना पानीका कारण भारतमा २५ जनाको मृत्यु

२०८१ चैत्र २९ गते, शुक्रबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal