तीन पटकसम्म एमालेको निर्वाचित केन्द्रीय सदस्य बनिरहने गुरुङ को हुन् ?
काठमाडौं । नेकपा एमालेको चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट परशुराम मेघी गुरुङ फेरि पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । २१ सय ५३ मत खसेकोमा उनले खुल्लातर्फ १७ सय ८३ मत ल्याएका थिए ।
उनले उप–महासचिव उठ्ने दाबी गरिरहेका भए पनि अन्तिम समयमा आएर सहमतिका नाममा छोडिदिएका थिए । गुरुङले पार्टीको जुनसुकै पद पनि राम्रोसँग चलाउन सक्ने भएकाले उप–महासचिव दाबी गरेको बताएका थिए । ‘अहिलेसम्म कुनै पनि भूमिकाबाट पछि हटेको छैन, पार्टीले जे जिम्मेवारी दिएको छ त्यसलाई उदाहरणीय बनाएर पूरा गरेको छु’ उनले भने ‘राजनीति हो भोलि पनि अवसर पाइन्छ त्यसैले अहिले नै आत्तिनु हुँदैन भन्ने मान्यता हो मेरो ।’ गुरुङ आफ्नो जिल्ला संखुवासभामा मात्र नभएर देशैभर इमानदार र निष्ठावान नेता भनेर चिनिएका छन् । २०४८ र २०५६ सालमा संखुवासभाबाट प्रतिनिधिसभाको निर्वाचन जितेका उनी जनतामाझ पनि निकै लोकप्रिय छन् । सरल स्वभावका उनी विभिन्न देश घुमेर त्यहाँको राजनीतिक र संसदीय अभ्यासबारे जानकार पनि छन् । उनी २०५६ सालमा संसदीय दलको सचेतक रहेका थिए । उनले पार्टीको केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी पनि वहन गरिसकेका छन् । धेरैजसोले अब उनी स्थायी समितिमा जान सक्ने सम्भावना भएको र पार्टीले पनि त्यो अवसर दिनुपर्ने भन्दै आएका छन् ।
अहिले १ नम्बर प्रदेशबाट राष्ट्रियसभाको सांसद बनेका उनी विधायन व्यवस्थापन समितिको सभापति हुन् । उनको सभापतिको भूमिकाको पनि प्रशंसा गरिएको छ, अरु सभापतिले चलाएको समितिभन्दा उनी कुनै पनि कुरामा कम छैनन् । २०७१ सालमा भएको ९ औं महाधिवेशनमा सचिवमा थोरै मतले पराजित उनी लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा विजयी भएपछि पोलिटव्यूरो सदस्य बनेका हुन् । धरानको हात्तिसार क्याम्पसमा आइटेक पढेपछि पूर्ण छात्रवृत्तिमा रसिया पढ्ने अवसर पाए पनि उनी गाउँ र जनताको सेवा गर्छु भनेर जिल्ला फर्किएका थिए ।
मेघी मेधावी विद्यार्थीका रुपमा चिनिन्थे । उनी पार्टीको संघीय मामिला विभाग प्रमुख हुन् । गुरुङ संसदीय मामिलाका जानकारका रुपमा पार्टीमा चिनिन्छन् । पार्टीमा लागेर निरन्तर पार्टीको र जनताको सेवा गर्दै आएका उनले आफ्नो योजना अघि सारेका छन् ।
ताजा
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





