तीन पटकसम्म एमालेको निर्वाचित केन्द्रीय सदस्य बनिरहने गुरुङ को हुन् ?

२०७८ मंसिर १५ गते, बुधबार

काठमाडौं । नेकपा एमालेको चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट परशुराम मेघी गुरुङ फेरि पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । २१ सय ५३ मत खसेकोमा उनले खुल्लातर्फ १७ सय ८३ मत ल्याएका थिए ।
उनले उप–महासचिव उठ्ने दाबी गरिरहेका भए पनि अन्तिम समयमा आएर सहमतिका नाममा छोडिदिएका थिए । गुरुङले पार्टीको जुनसुकै पद पनि राम्रोसँग चलाउन सक्ने भएकाले उप–महासचिव दाबी गरेको बताएका थिए । ‘अहिलेसम्म कुनै पनि भूमिकाबाट पछि हटेको छैन, पार्टीले जे जिम्मेवारी दिएको छ त्यसलाई उदाहरणीय बनाएर पूरा गरेको छु’ उनले भने ‘राजनीति हो भोलि पनि अवसर पाइन्छ त्यसैले अहिले नै आत्तिनु हुँदैन भन्ने मान्यता हो मेरो ।’ गुरुङ आफ्नो जिल्ला संखुवासभामा मात्र नभएर देशैभर इमानदार र निष्ठावान नेता भनेर चिनिएका छन् । २०४८ र २०५६ सालमा संखुवासभाबाट प्रतिनिधिसभाको निर्वाचन जितेका उनी जनतामाझ पनि निकै लोकप्रिय छन् । सरल स्वभावका उनी विभिन्न देश घुमेर त्यहाँको राजनीतिक र संसदीय अभ्यासबारे जानकार पनि छन् । उनी २०५६ सालमा संसदीय दलको सचेतक रहेका थिए । उनले पार्टीको केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी पनि वहन गरिसकेका छन् । धेरैजसोले अब उनी स्थायी समितिमा जान सक्ने सम्भावना भएको र पार्टीले पनि त्यो अवसर दिनुपर्ने भन्दै आएका छन् ।
अहिले १ नम्बर प्रदेशबाट राष्ट्रियसभाको सांसद बनेका उनी विधायन व्यवस्थापन समितिको सभापति हुन् । उनको सभापतिको भूमिकाको पनि प्रशंसा गरिएको छ, अरु सभापतिले चलाएको समितिभन्दा उनी कुनै पनि कुरामा कम छैनन् । २०७१ सालमा भएको ९ औं महाधिवेशनमा सचिवमा थोरै मतले पराजित उनी लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा विजयी भएपछि पोलिटव्यूरो सदस्य बनेका हुन् । धरानको हात्तिसार क्याम्पसमा आइटेक पढेपछि पूर्ण छात्रवृत्तिमा रसिया पढ्ने अवसर पाए पनि उनी गाउँ र जनताको सेवा गर्छु भनेर जिल्ला फर्किएका थिए ।
मेघी मेधावी विद्यार्थीका रुपमा चिनिन्थे । उनी पार्टीको संघीय मामिला विभाग प्रमुख हुन् । गुरुङ संसदीय मामिलाका जानकारका रुपमा पार्टीमा चिनिन्छन् । पार्टीमा लागेर निरन्तर पार्टीको र जनताको सेवा गर्दै आएका उनले आफ्नो योजना अघि सारेका छन् ।

103 Views

ताजा

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal