प्रदेशलाई कांग्रेसमय बनाउँछु भन्दै बानियाँले दिए उम्मेदवारी

२०७८ मंसिर १६ गते, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँले उम्मेदवारी दिएका छन् । प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ ।
बानियाँले बुधबार रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । उनी बागमती प्रदेशको संसदीय दलका नेता पनि हुन् । कम्युनिष्टको गढमा पनि अत्याधिक मत ल्याएर मकवानपुर २ बाट प्रदेशसभाको निर्वाचन जितेका उनले प्रदेशलाई कांग्रेसमय बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । ‘यो प्रदेशमा ३३ वटा प्रतिनिधिसभा र ६६ वटा प्रदेशसभा छन्, १३ जिल्ला न्, यसलाई कसरी कांग्रेसको किल्ला बनाउनुपर्छ भन्ने मलाई थाहा छ’ उनले भने ‘यो पार्टीको आन्तरिक प्रतिष्पर्धा भएकाले धेरै चिन्ता लिइरहनुपर्ने आवश्यकता छैन, मैले नेतृत्व गर्न सक्छु भनेर अघि बढेको हुँ ।’
उनले कांग्रेसले जनताको जनजीविकाको पक्षमा पनि बोल्नुपर्ने बताए । उनको उम्मेदवारी घोषणालाई केही केन्द्रीय सदस्य र प्रदेशका विभिन्न जिल्लाका सभापतिले समर्थन जनाएका थिए । बानियाँले यो प्रदेशमा झण्डै ५५ लाख मानिसहरुको बसोबास भएकाले पनि कांग्रेसलाई बलियो बनाउन सके पार्टीलाई जुनसुकै निर्वाचनमा पनि फाइदा हुने बताए । ‘केही चुनौती छन् त्यो मलाई थाहा छ तर चुनौतीलाई अवसरका रुपमा बदल्न सक्छु’ उनले भने ‘सबै मानिसलाई साक्षर, रोजगारमूलक बनाउनुका साथै सवल र समृद्ध प्रदेश बनाउने मेरो योजनामा सहयोग गरिदिनुहोला ।’
उनी पूर्व गृह राज्यमन्त्रीसमेत भइसकेका छन् । २०७० सालको संविधानसभाको निर्वाचनमा मकवानपुर १ बाट निर्वाचन जितेर उनले कम्युनिष्टको किल्ला भत्काइदिएका थिए । उनी पार्टीको जिल्ला सभापति पनि हुन् । उनी पार्टी र नेतामा मात्र होइन जनतामाझ पनि उत्ति नै लोकप्रिय छन् । उनको विकासको सोच र जनतालाई परेको बेला सहयोग गर्ने भावनाको अरु पार्टीकाले पनि उच्च प्रशंसा गर्ने गरेका छन् ।

97 Views

ताजा

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

अमेरिकाको ७ राज्यमा संकटकाल

२०८१ पुष २२ गते, सोमबार

टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ

२०८१ पुष २२ गते, सोमबार

नेपाल क्लाइम्बिङ वागमती प्रदेशमा कल्पना

२०८१ पुष २२ गते, सोमबार

अस्मिता र सुमनले ल्याए ‘सौभाग्य मेरो जीवनको’ (भिडिओ)

२०८१ पुष २२ गते, सोमबार

एक जोर जुत्ता’ को कथामा लघुचलचित्र निर्माण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal