कसैको कृपाले कांग्रेसको महासमिति सदस्य बनेकी होइन– रुक्मिणी सेढाई

२०७८ मंसिर १५ गते, बुधबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नुवाकोटको क्षेत्र नम्बर २ बाट रुक्मिणी सेढाई महासमिति सदस्य बनेकी छिन् । उनी खुल्ला महिलाको तर्फबाट अत्याधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएकी हुन् ।
‘मलाई हराउनुपर्छ भनेर ठूलो समूह नै लागेको थियो तर उनीहरुको केही लागेन, सबैको समर्थनले मैले जितेँ’ उनले भनिन् ‘मैले जितेपछि मेरो व्यक्तित्व बढ्छ र त्यो प्रतिष्पर्धामा आफूहरु आउन सकिँदैन भन्ने उनीहरुलाई चिन्ता लागेको होला ।’ सेढाइले आफ्नो जित नुवाकोटको कांग्रेसको मात्र नभएको बताएकी छिन् । उनले पार्टीलाई गतिशील बनाउन सधैं लागिरहने दाबी गरेकी छिन् । २०४६ सालदेखि नै राजनीतिमा सक्रिय रहेकी उनी समाजसेवामा पनि संलग्न छिन् । ‘मैले अहिलेसम्म पार्टीबाट केही पाएको थिइन, बल्ल जिम्मेवारी पाएँ अब केही गरेर देखाउँछु’ उनले थपिन् ‘ जसले मविरुद्ध दिनरात हराउने अभियान छेड्यो, उनीहरुलाई पनि म धन्यवाद दिन्छु जसको कारण म अझै खारिएको छु ।’ उनी राजनीतिमात्र नभएर शैक्षिक, धार्मिक, सामाजिक क्षेत्रमा पनि सक्रिय भएर लागेकी छिन् । उनले कतिपय विद्यालयमा लत्ताकपडा त कतिपय विद्यालयमा कापी किताव र ड्रेस पनि बाँडेकी छिन् । उनले आफ्नै पहलमा क्याम्पसमा अक्षय कोष पनि स्थापना गरिदिएकी छिन् ।
पुरानो लिखु गाउँ विकास समिति ३ की उनी अहिले बिदूर नगरपालिका ४ की स्थानीय बासिन्दा हुन् । उनले आफूलाई निर्वाचनमा सहयोग गर्ने विदूरसहित, बेलकोटगडी नगरपालिका, तारकेश्वर, मेघाङ र किस्पाङ गाउँपालिकाका पार्टीका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुप्रति हार्दिक धन्यवाद दिँदै आभार व्यक्त गरेकी छिन् । उनी राजनीतिसँगै व्यापार व्यवसायमा पनि संलग्न छिन् । उनी नेपाल राष्ट्रिय व्यवसायी महासंघको उपाध्यक्ष र महिला विभाग प्रमुख हुन् । उनी चाहना व्यापार संघको अध्यक्ष र नेपाल व्यापार संघको सचिवसहित विभिन्न संघसंस्थामा आबद्ध रहेकी छिन् । उनले राजनीति, समाजसेवा र व्यापारमा सँगै लाने र राजनीतिबाट समाज परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारेकी छिन् ।

239 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal