कसैको कृपाले कांग्रेसको महासमिति सदस्य बनेकी होइन– रुक्मिणी सेढाई

२०७८ मंसिर १५ गते, बुधबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नुवाकोटको क्षेत्र नम्बर २ बाट रुक्मिणी सेढाई महासमिति सदस्य बनेकी छिन् । उनी खुल्ला महिलाको तर्फबाट अत्याधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएकी हुन् ।
‘मलाई हराउनुपर्छ भनेर ठूलो समूह नै लागेको थियो तर उनीहरुको केही लागेन, सबैको समर्थनले मैले जितेँ’ उनले भनिन् ‘मैले जितेपछि मेरो व्यक्तित्व बढ्छ र त्यो प्रतिष्पर्धामा आफूहरु आउन सकिँदैन भन्ने उनीहरुलाई चिन्ता लागेको होला ।’ सेढाइले आफ्नो जित नुवाकोटको कांग्रेसको मात्र नभएको बताएकी छिन् । उनले पार्टीलाई गतिशील बनाउन सधैं लागिरहने दाबी गरेकी छिन् । २०४६ सालदेखि नै राजनीतिमा सक्रिय रहेकी उनी समाजसेवामा पनि संलग्न छिन् । ‘मैले अहिलेसम्म पार्टीबाट केही पाएको थिइन, बल्ल जिम्मेवारी पाएँ अब केही गरेर देखाउँछु’ उनले थपिन् ‘ जसले मविरुद्ध दिनरात हराउने अभियान छेड्यो, उनीहरुलाई पनि म धन्यवाद दिन्छु जसको कारण म अझै खारिएको छु ।’ उनी राजनीतिमात्र नभएर शैक्षिक, धार्मिक, सामाजिक क्षेत्रमा पनि सक्रिय भएर लागेकी छिन् । उनले कतिपय विद्यालयमा लत्ताकपडा त कतिपय विद्यालयमा कापी किताव र ड्रेस पनि बाँडेकी छिन् । उनले आफ्नै पहलमा क्याम्पसमा अक्षय कोष पनि स्थापना गरिदिएकी छिन् ।
पुरानो लिखु गाउँ विकास समिति ३ की उनी अहिले बिदूर नगरपालिका ४ की स्थानीय बासिन्दा हुन् । उनले आफूलाई निर्वाचनमा सहयोग गर्ने विदूरसहित, बेलकोटगडी नगरपालिका, तारकेश्वर, मेघाङ र किस्पाङ गाउँपालिकाका पार्टीका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुप्रति हार्दिक धन्यवाद दिँदै आभार व्यक्त गरेकी छिन् । उनी राजनीतिसँगै व्यापार व्यवसायमा पनि संलग्न छिन् । उनी नेपाल राष्ट्रिय व्यवसायी महासंघको उपाध्यक्ष र महिला विभाग प्रमुख हुन् । उनी चाहना व्यापार संघको अध्यक्ष र नेपाल व्यापार संघको सचिवसहित विभिन्न संघसंस्थामा आबद्ध रहेकी छिन् । उनले राजनीति, समाजसेवा र व्यापारमा सँगै लाने र राजनीतिबाट समाज परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारेकी छिन् ।

131 Views

ताजा

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने

२०८२ असार २७ गते, शुक्रबार

सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक

२०८२ असार २७ गते, शुक्रबार

‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न

२०८२ असार २७ गते, शुक्रबार

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै

२०८२ असार २६ गते, बिहीबार

भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प

२०८२ असार २६ गते, बिहीबार

‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’

२०८२ असार २६ गते, बिहीबार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

२०८२ असार २६ गते, बिहीबार

लोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal