१८ सय ४० मतसहित केपी ओली पुनः एमाले अध्यक्षमा निर्वाचित

२०७८ मंसिर १४ गते, मंगलवार

​​​​​​​चितवन । नेकपा एमालेको अध्यक्षमा अत्याधिक फराकिलो मतसहित केपी शर्मा ओली पुनः निर्वाचित हुनुभएको छ । चितवनको सौराहामा सम्पन्न महाधिवेशनमा निर्वाचनमार्फत अध्यक्ष ओली फराकिलो मतसहित दास्रोपटक अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
ओलीले १८ सय ४० मत पाउनु भएको एमाले नेता राजन भट्टराईले जानकारी दिनुभयो। उहाँलाई चुनौती दिनुभएका नेता भीम रावलले २ सय २३ मत पाउनु भएको छ । चितवनमा १० गतेदेखि जारी महाधिवेशनमा १४ गतेमात्रै चुनाव भएको थियो । अध्यक्षका प्रत्यासी भीम रावललाई अत्यन्तै धेरै मतान्तरले पछि पार्दै नेकपा एमाले अध्यक्षमा ओली निर्वाचित हुनुभएको हो ।
त्यस्तै उपाध्यक्षमा सबैभन्दा धेरै अष्टलक्ष्मी शाक्यले मत पाउनुभएको छ भने दोस्रोमा सुरेन्द्र पाण्डेले रहनुभएको छ ।
उपाध्यक्षमा रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली निर्वाचित हुनुभएको छ ।
अष्टलक्ष्मी शाक्यले १९७६ मत पाउनुभएको छ भने पाण्डेले १९२५ मत ल्याएका छन्। त्यस्तै विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाप्त गर्नुभएको छ ।

223 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal