हिन्दुराष्ट्र नेपाल कायम गर्न १५ गतेदेखि निर्णायक आन्दोलन गर्ने घोषणा

२०७८ मंसिर १४ गते, मंगलवार

काठमाडौं । हिन्दुराष्ट्र कायम गर्न माग गर्दै हिन्दु परिषद नेपालले आन्दोलन गर्ने भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिषदले मंसिर २७ र २८ गतेबाट आन्दोलनको तयारी एवं माघ १५ गतेदेखि २२ गतेसम्म निर्णायक आन्दोलन गर्ने जानकारी दिएको हो ।
धार्मिक र सामाजिक कार्य गर्दै आएको परिषदले माघ १ गते ¥याली गर्ने, १६ गते १ घण्टा नारा÷जुलुश गर्ने, १७ गते धार्मिकस्थलमा पूजापाठ एवं प्रार्थना गर्ने, १८ गते सरोकारवालासँग अन्तरक्रिया गर्ने, १९ गते सिठ्ठी जुलुश गर्ने, २० गते ¥याली गर्ने, २१ गते मोटरसाइकल ¥याली गर्ने र २२ गते कोणसभा गर्ने भएको हो ।
आवश्यकत्तानुसार आन्दोलनका कार्यक्रम तय गर्दै जाने एवं राष्ट्रप्रेमी र धर्मप्रेमी संघ÷संस्थासँग समन्यव र सहकार्य गर्ने पनि परिषदले जनाएको छ ।
कार्यक्रममा बोल्दै हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलले आन्दोलन रहरले नभई बाध्यताले गर्न लागेको बताउँदै नेपालीहरुको पहिचान खोस्ने काम भएपछि हिन्दुराज्य स्थापनाको लागि आफूहरु सडकमा आउन लागेको स्पष्ट पारे ।
उनले आफूहरुको संस्था नै हिन्दूराष्ट्र स्थापना गर्नको लागि खोलिएको पनि बताए । उनले उनले धार्मिक र सामिाजिक कार्य गरेर परिषदले हालसम्म ७ लाख नेपालीहरुलाई जोड्न सकेकोमा खुशी व्यक्त गरे ।
नेपालमा ‘जहाँ हिन्दु समाजलाई अप्ठ्यारो पारिन्छ त्यहाँ हिन्दुको पक्षमा परिषद उभिने’ पनि उनले सुनाए । उनले गत छठ पर्वको अवसरमा हिन्दुहरुलाई मुस्लिमहरुले नराम्रो व्यवहार गरेको सुनाए । प्रदेश नम्बर–२ का ६ जिल्लामा हिन्दुहरुमाथि आक्रमण गरेको भन्दै हिन्दुहरुलाई गरिएको अपमान परिषदलाई सैह्य नहुने चेतावनी दिए । उनले अहिलेका कतिपय नेताहरुले जहिलेपनि हिन्दु देवी देवताहरुलाई गाली गरेको भन्दै गुनसाो पोखे । उनले हिन्दु समाजलाई गाली गर्नेहरुलाई प्रगति गरेर देखाउन पनि उनले चुनौती दिए ।
अध्यक्ष पटेलले जातजातिको नाममा विभिन्न षड्यन्त्र गरेर हिन्दुहरुलाई समाप्त खेल भएको समेत आरोप लगाए । विभिन्न कामको नाममा हिन्दु धर्मालम्बीहरुलाई अन्य धर्ममा जान बाध्य बनाईएको समेत उनको भनाई थियो । नेपालमा धेरै ईसाइकरण भएको समेत उनले बताए । पुजा गर्नुपर्नेमा गौमाताको उल्टै हत्या भइरहेकोमा आफूहरुलाई दुःख लागेको पनि उनले सुनाए । उनले भने,‘नेपालीको पहिचान भनेकै हिन्दु धर्म हो । नेपालीहरुको पहिचान मेटाउन धर्मनिरपेक्षता लागु गरियो । हिन्दुराष्ट्रको विरोध गर्नेहरु नै विदेशीका गुलाम हुन् ।’
अहिलको अवस्थामा नेपाली जनताको माग भनेकै हिन्दुराष्ट्र नेपाल भएकोले आफूहरुसँग आन्दोलन गर्नुको विकल्प नरहेको पटेलको भनाई थियो । उनले स्थानीय, प्रदेश र केन्द्रको सहकार्यमा आन्दोलन गर्ने लागेको समेत जानकारी दिए । परिषदले गर्न लागेको आन्दोलनमा ५० संस्थाहरुको साथ रहेको स्पष्ट पारे ।
बिना क्षति नेपाल हिन्दुराष्ट्र बनाउने परिषदको अभियान रहेको उनको भनाई थियो । नेपालीको पहिचानको लागि आन्दोलन गर्न लागेको उनले प्रस्ट पारे । आन्दोलनको एक सुत्रीय माग भनेको हिन्दुराष्ट्र कायम गराउनुमात्रै रहेको उनले बताए । परिषदको केन्द्रीय सदस्य श्रीमती पिंके महाशेठले प्रेश वक्तव्य पढेर सुनाएकी थिइन् ।

236 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal