भक्तपुर कांग्रेसको सभापतिमा दुर्लभ थापा विजयी
२०७८ मंसिर १४ गते, मंगलवार
काठमाडौं । नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापतिमा दुर्लभ थापा विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मतपरिणाममा थापाले सभापतिका अर्का प्रत्यासी अष्ट कवेलाई पराजित गरेका हुन् ।
पार्टीमा संस्थापन निकट थापाले ५५५ मत प्राप्त गरे भने कवेले ४४२ मत पाएको जिल्ला निर्वाचन समितिले जनाएको छ । थापा यसअघि पनि जिल्ला सभापति नै थिए । १३ औं महाधिवेशनमा पनि जिल्ला सभापति पदमा थापा र कवेबीच नै प्रतिस्पर्धा भएको थियो ।
93 Views