सेभ द नेशन मुभमेन्ट अघि बढ्दै
काठमाडौं । ‘सेभ द नेशन मुभमेन्ट’ ले देशको रक्षाका लागि आफ्नो अभियानलाई अघि बढाउँदै लगेको छ । अभियानले पछिल्लो समयमा विभिन्न जिल्लामा गएर अन्तरक्रिया र छलफल गर्दै आएको छ । मुभमेन्टका संयोजक काशिराम गुरुङ (प्रसाद) ले अभियान सार्थक बन्दै गएको बताए । ‘हामी जहाँ पुगेर कार्यक्रम गर्छौ त्यहाँ उत्साह पाएका छौं, देशलाई संकट परेको बेला कोही पनि चुप लागेर बस्नु हुँदैन भन्ने हाम्रो मान्यता हो’ संयोजक गुरुङले भने ‘हामी कसैको विरुद्धमा होइनौं, देशको रक्षाका लागि यो अभियान चलाएका हौं, अहिले राम्रो समर्थन पाएका छौं ।’ गुरुङले १ सय १ जनाको केन्द्रीय कमिटी बनाउने र देशव्यापीरुपमा सामाजिक सचेतनामूलक अभियान चलाउने जनाएका छन् । अहिले केन्द्रीय समितिमा ४९ जना रहेका छन् । केही दिन मै सातवटै प्रदेशमा प्रदेश समिति पनि बनाउने योजना रहेको उनको भनाई छ । मुभमेन्टले वर्तमान राजनीतिक दलहरु असफल भएको निष्कर्ष निकालेको छ । संयोजक गुरुङले मुभमेन्टले आगामी दिनमा गर्ने कार्यक्रमको खाका समेत प्रस्तुत गरिसकेका छन् । उनले मुभमेन्टको माध्यमबाट मानिसहरुलाई रोजगार दिने र आर्थिक सामाजिक रुपमा उनीहरुलाई सबल बनाउने बताउँदै आएका छन् ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





