राप्रपालाई जोगाउन म अघि बढेको हुँः लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा राजेन्द्रप्रसाद लिङ्देनले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू स्वाभाविक रुपमा अध्यक्षको दाबेदार भएको बताए ।
‘कसैकसैले अध्यक्ष हुने बेला भएको छैन पनि भने तर म अध्यक्ष चलाउन योग्य भइसकेकाले नै आँट गरेको हुँ’ उनले भने ‘ म हरेक कुराले अरुभन्दा कम छैन, पार्टीलाई कस्तो बनाउनुपर्छ भन्ने मलाई थाहा छ, कि अघि बढ्नप¥यो कि पार्टी सकिएको हेरेर बस्नुप¥यो ।’ कार्यक्रममा उनले अहिलेसम्म पार्टीमा बसेर गरेका कामको बारेमा जानकारी दिएका थिए । उनले अहिले भइरहेका अध्यक्षत्रयबाट पार्टी चल्न नसक्ने ठोकुवा गरे । उनले आफ्नो उम्मेदवारी कसैका विरुद्धमा नभएको र राप्रपाको पक्षमा भएको समेत स्पष्ट पारे । उनले अहिलेसम्म पार्टी कसका कारण कमजोर बन्यो र यो अवस्थामा आइपुग्यो भन्ने गम्भीर समीक्षा गर्नुपर्ने बेला भएको बताए । उनले पार्टीलाई गतिशील बनाउन युवालाई पार्टीमा उचित स्थान दिएर नेतृत्वमा ल्याउने बताएका छन् । उनले राप्रपालाई भोलिको दिनमा अवसर र चुनौती दुवै आएकाले ती सबैलाई सम्बोधन गर्न सक्ने शक्ति आफूसँग भएको जनाएका छन् ।
‘अहिलेसम्म हेरेर र पर्खेर बसेकै हुँ, अब पार्टी संकटमा परेपछि कैंची लाउन बाध्य भएँ’ उनले गर्भवती महिलाको उदाहरण दिँदै भने ‘ महिला गर्भवती भइन्, बच्चा जन्मने बेला पनि बित्यो तर बच्चा नजन्मेपछि डाक्टरले कैंची चलाएर बच्चा निकालेर आमा र बच्चा स्वस्थ्य भएजस्तै पार्टीलाई राम्रो बनाउन कैची चलाएको हुँ ।’ उनले बच्चा जन्मेपछि आमालाई पनि पीँडा कम हुने भन्दै आफूले पार्टीभित्रको असहज पीडा कम गर्न उम्मेदवारी दिएको स्पष्ट पारे । अध्यक्षद्धय कमल थापाले मकवानपुर १ र अर्का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक २ बाट प्रतिनिधिसभाको यो निर्वाचन हार्दा पनि लिङ्देनले झापा ३ बाट जितेका हुन् । राप्रपाको तर्फबाट प्रतिनिधिसभामा उनी एक्लो सांसद हुन् । उनले आवश्यक परेमा अवस्था हेरेर भोलि अरु पार्टीसँग चुनावी र राजनीतिक सहकार्य गर्न सकिने बताउँछन् । उनले पहिलो एजेण्डा भनेको पार्टी एक्लै लड्ने र उत्कृष्ट नतिजा ल्याउने लक्ष्य रहेको बताए । उनले निर्वाचनपछि राप्रपाले सरकार चलाउने सम्भावना भएमा पनि अरुभन्दा उदाहरणीय बनाउने ठोकुवा गरे । धेरै नेता तथा कार्यकर्ता र शुभचिन्तकका साथमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै उनले पार्टी चलाउनका लागि कसैसँग पैसा माग्नु नपर्ने दाबी गरे । ‘पार्टी चलाउन र घुमडुल गर्न कसैसँग हात फैलाउनु पर्दैैन, पैसाको अभावमा पार्टी गतिविधि सुस्त हुँदैन, तपाइहरु ढुक्क भए हुन्छ’ उनले भने ‘अहिलेसम्म मैले जहाँजहाँ बसेर जिम्मेवारी लिएँ कतै पनि भ्रष्टाचार गरिन र अब पनि गर्दिन, भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुसरह हो ।’ उनले संसदमा पनि पटक पटक यस्ता कुरा उठाउने गरेका छन् ।
लिङ्देनसँगै बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख धवल शमशेर राणालाई पनि महामन्त्रीको उम्मेदवार घोषणा गरिएको छ । यसअघि अध्यक्षमा उठ्छु भन्दै आएका राणा र लिङ्देनबीच सहमति भएपछि राणा पछि हटेर लिङ्देनको मोर्चामा आएका हुन् । यसअघि उनीहरुले आफूहरुमध्ये एक जना अध्यक्षमा साझा उम्मेदवार हुने र एकले अर्कालाई सहयोग गर्ने स्पष्ट पारेका थिए । राप्रपामा अध्यक्ष कमल थापाको कार्यशैलीप्रति धेरैको असन्तुष्टि छ । थापा आफ्नो विरुद्धमा कसैले बोले भने सिधै पार्टीबाट निश्कासन गर्न पनि पछि पर्दैनन् । थापाले अरु कसैलाई मान्छे नै नगन्ने र आफूले भनेको कुरामात्र लाद्न खोज्ने भएकाले उनी विस्तारै कमजोर बन्दै गएका छन् । अहिले पनि अध्यक्षको उम्मेदवारी दिने तयारीमा रहेका थापाविरुद्ध एउटा ठूलो मोर्चा नै बनेको छ । राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ । पार्टीमा पटक पटक विभिन्न विवाद आइरहँदा विभाजनको श्रृंखला लामो छ ।
लोहनी र राणाले अध्यक्षको दाबी गरेका छैनन् । थापाले पार्टीलाई ध्वस्त पारेको, राजनीतिक अडान नलिएको, सरकारमा जान जोसँग जस्तो पनि सम्झौता गरेको र व्यक्तिगत स्वार्थका लागि पार्टीलाई बन्धक बनाएको आरोप सहिरहेका छन् । लिङ्देनले अध्यक्षमा अघि बढेपछि थापा पनि अत्तालिएका छन् । लिङ्देनले आफूसँग पार्टी हाँक्ने स्पष्ट दृष्टिकोण भएको बताउँदै आएका छन् । आफ्नो तुलनामा एक सामान्य कार्यकर्तासँग पनि पराजित हुनुप¥यो भने थापाको लागि योभन्दा लज्जाको विषय अरु नभएकाले पनि जसरी भए पनि अध्यक्ष जित्नुपर्ने थापालाई चुनौती छ । थापालाई अहिलेसम्म पार्टी बिगारेको सबै दोष लागेको छ भनें लिङ्देनले पार्टीमा ठूलो भूमिका नपाएकाले उनी परीक्षणकै क्रममा छन् । लिङ्देनले पार्टीलाई सही ढंगले अघि बढाउलान् भन्नेमा कार्यकर्ता विश्वस्त बन्दै आएका छन् । थापालाई पुराना नेताको साथ छ भने लिङ्देनले युवा र नयाँ सोच भएकालाई आफ्नो पक्षमा पारेका छन् ।
ताजा
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबार
हिन्दुधर्म विश्वको पुरानो धर्म
२०८३ जेष्ठ २० गते, बुधबार
पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत
२०८३ जेष्ठ १९ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





