एमाले महाधिवेशनः अध्यक्ष पदका लागि आज चुनाव हुँदै
२०७८ मंसिर १३ गते, सोमबार
चितवन । नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने भएको छ ।
सौराहमा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर सोमबार दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गर्नुभएको थियो । मध्यरातमा सुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल भएको थियो ।
ओलीले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव समेत गर्नुभएको थियो । तर रावलले उक्त प्रस्तावलाई अस्वीकार गर्नुभएको थियोे । भीम रावलले असहमति जनाएपछि अन्ततः अध्यक्ष पदका लागि निर्वाचन हुने भएको हो ।
104 Views