राजसंस्था पूनःस्थापनाको लागि शाही युवा शक्ति नेपालले मंसिर १८ गते वसन्तपुरमा मार्चपास गर्ने
काठमाडौं । शाही युवा शक्ति नेपालले राजसंस्था र हिन्दूराष्ट्र पूनःस्थापनाको लाग आउने मंसिर १८ गते ९शनिबार० दिउँसो १२ बजे मार्चपाससहित वसन्तपुरमा विशाल र्याली गर्ने भएको छ ।
आज ९शुक्रबार० रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलन गर्दै धर्मनिरपेक्षताको खारेजी र राजसंस्थाको पूनःस्थापनाको लागि सो कार्यक्रम गर्न लागेको शाही युवा शक्ति नेपालले जानकारी गराएको हो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष पशुपति खड्काले देश प्रधानन्यायाधीशशले प्रधानमन्त्री नियुक्ती गर्ने अवस्थामा गएको भन्दै अहिलेको अवस्थामा देश राणा शासनको चंगुलमा परेको टिप्पणी गरेका थिए ।
उनले नेपाली जनतालाई लोकतन्त्रको नाममा झुक्याएर गणतन्त्रको स्थापना गरिएको भन्दै नेपालको राजतन्त्र नेपाली जनताले नभई विदेशी दलालहरुले फालेको आरोप लगाए ।
अध्यक्ष खड्काले काठमाडौंका नेवार समूदायको विशाल विरोधले गुठी विधेयक फिर्ता भएको स्मरण गर्दै त्यसैगरी पूर्वराजा ज्ञानेन्द्रलाई गद्दीमा फिर्ता ल्याउन सकिने बताएका छन् । साथै, उनले शाही युवा शक्ति नेपालले मंसिर १८ गते गर्न लागेको मार्चपासमा विशेषगरि काठमाडौंवासी नेवार समूदायलाई सहभागी भईदिन पनि आग्रह गरे ।
उनले दलहरुको महाधिवेशनमा युवाहरु दलको झण्डा बोकेर हिँड्न थालेकोमा दुःख व्यक्त गरे । उनले अब पार्टीको झण्डा फालेर देशको झण्डा बोक्नपनि देशभरिका युवाहरुलाई आग्रह गरे ।
यस्तै, कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष प्रेम बैदारले देशको अस्तित्वनै समाप्त हुने अवस्था आएको भन्दै राजसंस्था देश र जनताको हितको लागि अपरिहार्य भएको बताउँदै यसको पूनःस्थापनाको लागि आफूहरु सक्रियताका साथ अघि बढेको बताए ।
त्यस्तै, पूर्व सुरक्षाकर्मी परिषद नेपालका प्रवक्ता हेमशंकर गिरीले देशको एक मुठ्ठी माटो छातीमा राखेर सोच्ने बेला आएको भन्दै अब राजसंस्थाको अनिवार्य रुपमा पूनःस्थापना गरिनुपर्ने बताए ।
साथै, उनले सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई बिर्सिएकोमा दुःख व्यक्त गर्दै अबका दिनमा राष्ट्रिय एकता दिवस नमनाए आफूहरु चुप लागेर नबस्ने बताए । साथै, उनलेराष्ट्रिय जनगणनामा हिन्दुको संख्या घटाउने षड्यन्त्र भइरहेको भन्दै हिन्दूहरुलाई सचेत हुन आग्रह गरेका थिए ।
ताजा
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
२०८३ असार १ गते, सोमबार
नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच
२०८३ असार १ गते, सोमबार
नेपालको सीमामा नेपालीलाई नै त्रास
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





