राजसंस्था पूनःस्थापनाको लागि शाही युवा शक्ति नेपालले मंसिर १८ गते वसन्तपुरमा मार्चपास गर्ने

काठमाडौं । शाही युवा शक्ति नेपालले राजसंस्था र हिन्दूराष्ट्र पूनःस्थापनाको लाग आउने मंसिर १८ गते ९शनिबार० दिउँसो १२ बजे मार्चपाससहित वसन्तपुरमा विशाल र्याली गर्ने भएको छ ।
आज ९शुक्रबार० रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलन गर्दै धर्मनिरपेक्षताको खारेजी र राजसंस्थाको पूनःस्थापनाको लागि सो कार्यक्रम गर्न लागेको शाही युवा शक्ति नेपालले जानकारी गराएको हो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष पशुपति खड्काले देश प्रधानन्यायाधीशशले प्रधानमन्त्री नियुक्ती गर्ने अवस्थामा गएको भन्दै अहिलेको अवस्थामा देश राणा शासनको चंगुलमा परेको टिप्पणी गरेका थिए ।
उनले नेपाली जनतालाई लोकतन्त्रको नाममा झुक्याएर गणतन्त्रको स्थापना गरिएको भन्दै नेपालको राजतन्त्र नेपाली जनताले नभई विदेशी दलालहरुले फालेको आरोप लगाए ।
अध्यक्ष खड्काले काठमाडौंका नेवार समूदायको विशाल विरोधले गुठी विधेयक फिर्ता भएको स्मरण गर्दै त्यसैगरी पूर्वराजा ज्ञानेन्द्रलाई गद्दीमा फिर्ता ल्याउन सकिने बताएका छन् । साथै, उनले शाही युवा शक्ति नेपालले मंसिर १८ गते गर्न लागेको मार्चपासमा विशेषगरि काठमाडौंवासी नेवार समूदायलाई सहभागी भईदिन पनि आग्रह गरे ।
उनले दलहरुको महाधिवेशनमा युवाहरु दलको झण्डा बोकेर हिँड्न थालेकोमा दुःख व्यक्त गरे । उनले अब पार्टीको झण्डा फालेर देशको झण्डा बोक्नपनि देशभरिका युवाहरुलाई आग्रह गरे ।
यस्तै, कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष प्रेम बैदारले देशको अस्तित्वनै समाप्त हुने अवस्था आएको भन्दै राजसंस्था देश र जनताको हितको लागि अपरिहार्य भएको बताउँदै यसको पूनःस्थापनाको लागि आफूहरु सक्रियताका साथ अघि बढेको बताए ।
त्यस्तै, पूर्व सुरक्षाकर्मी परिषद नेपालका प्रवक्ता हेमशंकर गिरीले देशको एक मुठ्ठी माटो छातीमा राखेर सोच्ने बेला आएको भन्दै अब राजसंस्थाको अनिवार्य रुपमा पूनःस्थापना गरिनुपर्ने बताए ।
साथै, उनले सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई बिर्सिएकोमा दुःख व्यक्त गर्दै अबका दिनमा राष्ट्रिय एकता दिवस नमनाए आफूहरु चुप लागेर नबस्ने बताए । साथै, उनलेराष्ट्रिय जनगणनामा हिन्दुको संख्या घटाउने षड्यन्त्र भइरहेको भन्दै हिन्दूहरुलाई सचेत हुन आग्रह गरेका थिए ।
ताजा

दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप
२०८२ असार ३० गते, सोमबार
दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप
२०८२ असार ३० गते, सोमबार
विद्यार्थीहरूको सहभागितामा एकदिवसीय चलचित्र कार्यशाला २०८२ सम्पन्न
२०८२ असार ३० गते, सोमबार
भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा
२०८२ असार ३० गते, सोमबार
गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा
२०८२ असार २७ गते, शुक्रबार
टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने
२०८२ असार २७ गते, शुक्रबार
सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक
२०८२ असार २७ गते, शुक्रबार
‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न
२०८२ असार २७ गते, शुक्रबार
आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै
२०८२ असार २६ गते, बिहीबार
भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प
२०८२ असार २६ गते, बिहीबारलोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार