माओवादी केन्द्र समाजवादी र जन समाजवादी मञ्च नेपालबीच कार्यगत एकता घोषणा

काठमाडौं । कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी र जन समाजवादी मञ्च नेपालबीच कार्यगत एकता भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीले एमसीसीविरुद्ध र देशका समसामयिक विषयहरु राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा संगै अगाडि बढ्नेगरि कार्यगत एकता गर्ने घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले वर्तमान समयमा एमसीसी आवश्यक नभएको बताए । उनले भने,‘अहिले यो देशमा एमसीसीको आवश्यकत्ता छैन् । अब सबैजना बृद्धिजिवी, वामपन्थी, देशभक्त एकैठाउँमा आएर देशलाई पार लगाउनुपर्छ । देश रह्यो भनेमात्र तपाईँहरुले यो देशमा राजनीति गर्न पाउनुहुन्छ, नत्रभने अफगानिस्तानमा अमेरिकी सेनाले आंतक मच्चाएको झै नेपालमा पनि आतंक मच्चिन्छ त्यसकारण सबै सचेत नागरिक, आम दाजुभाई दिदिबहिनीहरुलाई एक हुन आग्रह गर्दछु ।’
देशभक्तवादी दुई पार्टीबीच एमसीसीको विरुद्ध र देशका समयसामयिक विषयको लागि कार्यगत एकता गरिएको उनले स्मरण गराए । अध्यक्ष बुढाथोकीले एमसीसीविरुद्ध र देशका समसामयिक विषयमा उनले मंसिर ४ गते शनिबार काठमाडौंको खुल्लामञ्चमा विशाल जनसभाको आयोजना सम्पन्न भएको पनि जानकारी गराए ।
त्यस्तै, जन समाजवादी मञ्चका संयोजक कृष्णप्रसाद धमला ‘गम्भिर’ले त्याग, तपस्या र १७ हजारको बलिदानबाट नेपालमा परिवर्तन सम्भव भएको र नेपालको राजनीति यहाँसम्म आईपुेको स्मरण गराए । उनले यहाँसम्म आइपुग्दा पनि नेपालीको समस्या जस्ताकोतस्तै रहेको बताए । अहिलेको व्यवस्थाले जनतामा कुनै पनि परिवर्तन हुन नसकेको उनको भनाई थियो ।
सामन्त दलाल, भ्रष्टाचारी, तस्करहरुलाई मात्र परिर्वतनको महसुस गरेको उनले आरोप लगाए । ‘दलालहरुसँग उनीहरुको साँठगाँठ भईरहेको छ, पैसा कुम्लाएका छन्, आउँदो चुनावको निम्ति नेताहरुले पैसा जम्मा गरिराखेका छन् ।’–उनले अघि भने,‘जनतामा आधारभुत तहमा कुनै पनि परिर्वतन भएको छैन् र संसदीय व्यवस्था असफल भएको छ । देशलाई कर्पोरेटहरुले संचालन गरिरहेका छन् ।’
कार्यक्रम संचालन गर्दै माओवादी केन्द्र समाजवादीका उपाध्यक्ष रंगनाथ ढकालले हामी राष्ट्रवादीहरुको बीचमा कार्यगत घोषणा गर्न लागेको बताए । नेपाली जनताहरुको अवस्था अझैपनि जस्ताकोतस्तै रहेको भन्दै उनले अहिलेको व्यवस्था असफल भैसकेको बताए ।
अब देश बचाउन युवाहरु अब अगाडि बढ्नुपर्ने उनले धारणा राखे । युवाहरुले नेपालको व्याख्या विश्लेषण गरेमा भ्रष्टाचारी नेताहरुलाई नङ्ग्याउन सक्ने उनको भनाई थियो । उनले यो देश युवाहरुको हो भन्दै देश बनाउने जिम्मा युवाहरुकै भएको पनि सुनाए ।
उनले भने,‘देश बनाउने हो भने युवा तपाईहरु अगाडी बढ्नुस । हाम्रो साथ तपाईहरुलाई छ ।’ उनले आफ्ना साथीहरु धेरै सहिद भएको स्मरण गराउदै जनताको मुख देखाउन लाज लागेको उनको भनाई थियो ।
उनले भने,‘जनताहरुलाई दिएको विभिन्न आश्वासन केही पुरा गर्न सकेनौ लाज लागेको छ ।’ अहिलेको व्यवस्था ४५ लाखलाई मात्र भएको भन्दै ३ करोड जनताको लागि नभएको उनले आरोप लगाए । यो व्यवस्था नेपाली नागरिकको लागि सुहाउँदो नभएको उनले धारणा राखे । त्यस्तै, जन समाजवादीका सचिवालय सदस्य बाबुराम गजमेर प्रेश विज्ञप्ती पढेर सुनाएका थिए ।
माओवादी केन्द्र समाजवादीका सचिव मेघराज खत्रीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको लागि हालको व्यवस्था ठीक नभएको र र वैज्ञानिक समाजवादी व्यवस्थाको आवश्यकता रहेको जिकिर गरे । सबै मिलेर दलाल, राष्ट्रघाती र भ्रष्टाचारीलाई बढार्नुपर्ने उनको भनाई थियो ।
ताजा

आज प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै
२०८० जेष्ठ १८ गते, बिहीबार
आज प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै
२०८० जेष्ठ १८ गते, बिहीबार
सर्वत्र आलोचित बन्दै राष्ट्रपति पौडेल
२०८० जेष्ठ १८ गते, बिहीबार
क्यानडामा पहिलो पटक दोस्रो स्टार म्युजिक भिडियो अवार्ड सम्पन्न
२०८० जेष्ठ १८ गते, बिहीबार
रेशम चौधरी जेलबाट रिहा
२०८० जेष्ठ १५ गते, सोमबार
गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीलाई कैद सजाय माफी
२०८० जेष्ठ १५ गते, सोमबार
आज बजेट सार्वजनिक हुने
२०८० जेष्ठ १५ गते, सोमबार
१६औँ गणतन्त्र दिवस आज, सार्वजनिक विदा
२०८० जेष्ठ १५ गते, सोमबारसार्वजनिक यातायातको भाडा घट्यो, भोलिबाट लागू हुने
२०८० जेष्ठ ११ गते, बिहीबार
रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारी
२०८० जेष्ठ ११ गते, बिहीबार
अनौठो गाउँ : यहाँका गाउँले न जुत्ताचप्पल लगाउँछन्, न बिरामी हुँदै अस्पताल जान्छन् !
२०८० जेष्ठ ११ गते, बिहीबारलोकप्रिय

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार