माओवादी केन्द्र समाजवादी र जन समाजवादी मञ्च नेपालबीच कार्यगत एकता घोषणा
काठमाडौं । कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी र जन समाजवादी मञ्च नेपालबीच कार्यगत एकता भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीले एमसीसीविरुद्ध र देशका समसामयिक विषयहरु राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा संगै अगाडि बढ्नेगरि कार्यगत एकता गर्ने घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले वर्तमान समयमा एमसीसी आवश्यक नभएको बताए । उनले भने,‘अहिले यो देशमा एमसीसीको आवश्यकत्ता छैन् । अब सबैजना बृद्धिजिवी, वामपन्थी, देशभक्त एकैठाउँमा आएर देशलाई पार लगाउनुपर्छ । देश रह्यो भनेमात्र तपाईँहरुले यो देशमा राजनीति गर्न पाउनुहुन्छ, नत्रभने अफगानिस्तानमा अमेरिकी सेनाले आंतक मच्चाएको झै नेपालमा पनि आतंक मच्चिन्छ त्यसकारण सबै सचेत नागरिक, आम दाजुभाई दिदिबहिनीहरुलाई एक हुन आग्रह गर्दछु ।’
देशभक्तवादी दुई पार्टीबीच एमसीसीको विरुद्ध र देशका समयसामयिक विषयको लागि कार्यगत एकता गरिएको उनले स्मरण गराए । अध्यक्ष बुढाथोकीले एमसीसीविरुद्ध र देशका समसामयिक विषयमा उनले मंसिर ४ गते शनिबार काठमाडौंको खुल्लामञ्चमा विशाल जनसभाको आयोजना सम्पन्न भएको पनि जानकारी गराए ।
त्यस्तै, जन समाजवादी मञ्चका संयोजक कृष्णप्रसाद धमला ‘गम्भिर’ले त्याग, तपस्या र १७ हजारको बलिदानबाट नेपालमा परिवर्तन सम्भव भएको र नेपालको राजनीति यहाँसम्म आईपुेको स्मरण गराए । उनले यहाँसम्म आइपुग्दा पनि नेपालीको समस्या जस्ताकोतस्तै रहेको बताए । अहिलेको व्यवस्थाले जनतामा कुनै पनि परिवर्तन हुन नसकेको उनको भनाई थियो ।
सामन्त दलाल, भ्रष्टाचारी, तस्करहरुलाई मात्र परिर्वतनको महसुस गरेको उनले आरोप लगाए । ‘दलालहरुसँग उनीहरुको साँठगाँठ भईरहेको छ, पैसा कुम्लाएका छन्, आउँदो चुनावको निम्ति नेताहरुले पैसा जम्मा गरिराखेका छन् ।’–उनले अघि भने,‘जनतामा आधारभुत तहमा कुनै पनि परिर्वतन भएको छैन् र संसदीय व्यवस्था असफल भएको छ । देशलाई कर्पोरेटहरुले संचालन गरिरहेका छन् ।’
कार्यक्रम संचालन गर्दै माओवादी केन्द्र समाजवादीका उपाध्यक्ष रंगनाथ ढकालले हामी राष्ट्रवादीहरुको बीचमा कार्यगत घोषणा गर्न लागेको बताए । नेपाली जनताहरुको अवस्था अझैपनि जस्ताकोतस्तै रहेको भन्दै उनले अहिलेको व्यवस्था असफल भैसकेको बताए ।
अब देश बचाउन युवाहरु अब अगाडि बढ्नुपर्ने उनले धारणा राखे । युवाहरुले नेपालको व्याख्या विश्लेषण गरेमा भ्रष्टाचारी नेताहरुलाई नङ्ग्याउन सक्ने उनको भनाई थियो । उनले यो देश युवाहरुको हो भन्दै देश बनाउने जिम्मा युवाहरुकै भएको पनि सुनाए ।
उनले भने,‘देश बनाउने हो भने युवा तपाईहरु अगाडी बढ्नुस । हाम्रो साथ तपाईहरुलाई छ ।’ उनले आफ्ना साथीहरु धेरै सहिद भएको स्मरण गराउदै जनताको मुख देखाउन लाज लागेको उनको भनाई थियो ।
उनले भने,‘जनताहरुलाई दिएको विभिन्न आश्वासन केही पुरा गर्न सकेनौ लाज लागेको छ ।’ अहिलेको व्यवस्था ४५ लाखलाई मात्र भएको भन्दै ३ करोड जनताको लागि नभएको उनले आरोप लगाए । यो व्यवस्था नेपाली नागरिकको लागि सुहाउँदो नभएको उनले धारणा राखे । त्यस्तै, जन समाजवादीका सचिवालय सदस्य बाबुराम गजमेर प्रेश विज्ञप्ती पढेर सुनाएका थिए ।
माओवादी केन्द्र समाजवादीका सचिव मेघराज खत्रीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको लागि हालको व्यवस्था ठीक नभएको र र वैज्ञानिक समाजवादी व्यवस्थाको आवश्यकता रहेको जिकिर गरे । सबै मिलेर दलाल, राष्ट्रघाती र भ्रष्टाचारीलाई बढार्नुपर्ने उनको भनाई थियो ।
ताजा
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





