आज थपिए २७० संक्रमित
२०७८ मंसिर १० गते, शुक्रबार
काठमाडौँ । आज देशभर २७० जना कोभिड–१९ का संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार ४ सय ४६ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २४२ र एन्टीजेन्ट विधिबाट २८ जनामा कोभिड पुष्टि भएको छ ।
२४ घण्टामा ३ सय २ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख १ हजार ७ सय २२ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी २ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ५ सय १८ जनाको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमित ७ हजार २ सय ८७ जना छन् । आईसीयूमा १ सय ७५ र भेन्टीलेटरमा ३३ जना उपचाररत छन् ।
108 Views