नाममात्रको जनगणना नहोस्
गणेश जि.सी.
सरकारले कार्तिक २५ गतेदेखि जनगणना गरिरहेको छ । जनगणनाले कहाँ कति मानिस कसरी बसेका छन्, उनीहरुको अवस्था के छ र उनीहरु के जातजातिका छन् र धर्म मान्दछन् भन्ने तथ्यांक लिने गर्दछ । सरकारले ठूलो खर्च गरेर जनगणना गरिरहेको छ । यो गणना केवल औपचारिकतामा मात्र सीमित हुने त होइन भन्ने प्रश्न उठेको छ ।
जनगणनाका लागि सरकारले धेरै ठूलो खर्च गरेको छ । गणकलाई तालिम दिनेदेखि लिएर विभिन्न गोष्ठीका नाममा भएको खर्च चानचुने छैन । सरकारले लिएको लक्ष्य पूरा हुन सक्छ कि सक्दैन भन्नेमा नै प्रश्नचिन्ह खडा भएको छ । जनगणना भइरहँदा अनेक टिकाटिप्पणी भएका छन् । गणकले सोधेका प्रश्नको जवाफलाई गणकले सही नटिपेर आफूखुशी लेखिदिने गरेको गुनासो पनि आएको छ । विशेष गरी धर्मको कुरालाई लिएर विवाद भएको छ । मानिसहरुले दिएको विवरणलाई गणकले आफू अनुकुल गर्ने गरेको पाइएको छ । जनगणनाले वास्तविक चित्र प्रस्तुत गर्ने भए पनि यसरी हचुवाको भरमा गरिएको टिपोटले सही तथ्यांक दिने सम्भावना छैन । सरकारले १९६८ देखि जनगणना सुरु गरेको हो । प्रत्येक १० वर्षमा गरिने गणनाले आगामी १० वर्षसम्म त्यसैलाई आधार बनाएर सरकारले योजना बनाउने भएकाले पनि यसको वैधानिकता कति हुने भन्नेमा शंका सुरु भएको छ । सरकारले गणनामा पनि सबै भाषभाषी र समुदायलाई आत्मसम्मान हुने गरी प्रश्नावली नबनाएको पनि गुनासो आउने गरेको छ । धार्मिक समुदायाको भावनमाथि आँच आउने गरी गरिएको गणनाले यथार्थ चित्र दिन सकेको छैन । विज्ञान र प्रविधिको प्रशस्तै सम्भावना भएको यो देशमा पनि अझै घरघरमा गएर गणना गरिनु त्यति व्यावहारिक नभएको भन्न थालिएको छ । यसलाई आधुनिकतामा ल्याउन सके एकातिर खर्च बचत हुने थियो भनें अर्कातिर समयको पनि बचत हुने सम्भावनलाई सरकारले बुझ्न सकेन ।
विभिन्न संघसंस्थाले मानिसहरुलाई दवाव दिएर आफ्नो धर्म ढाँट्न र गलत टिपाउन निर्देशन गरेका छन् । गणनामा विभिन्न व्इक्ति र समुदायको आफ्नो स्वार्थ हुने भएकाले तथ्यांक सही आउला भन्ने अनुमान लगाउन सम्भव छैन । कसैले दिएको प्रलोभनमा मख्ख परेर विवरण टिपाउँदा त्यसको प्रतक्ष्य फाइदा लिने अरु नै समुदाय हुन सक्छ । विभिन्न विदेशी तत्वले पनि मानिसलाई भ्रममा पारेर गणकलाई सही विवरण नदिने गरेका छन् भने कतै गणकले नै अनुमानका भरमा विवरण भरिदिने गरेका छन् । संकलन गरिएका तथ्यांक रुजु गर्ने कुनै संयन्त्र नभएकाले गणकले भरेको तथ्यांक नै अन्तिम हुँदा पनि समस्या आउने गरेको छ । पेन्सिलले टिपेर गरिएको गणना फेरि कसैले सच्याउला कि भन्ने पनि अर्को शंका गरिएको छ । १० वर्षसम्म देशले कसतो योजना बनाउने, कुन समूह र वर्गका पक्षमा के गर्ने भन्ने गणनाले टुंगो लगाउने भएकाले पनि गणनामा गणक र आम नागरिक पनि सचेत हुनु जरुरी छ ।
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





