प्रमुख दलहरु महाधिवेशनमा होमिँदै

२०७८ मंसिर २ गते, बिहीबार

काठमाडौं । प्रमुख तीनवटा राजनीतिक दलहरु महाधिवेशनमा होमिएका छन् । कोरोनाका कारण संकटमा परेको नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेकपा (एमाले) का साथै सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) पनि महाधिवेशनमा जुटेको छ । कांग्रेसले महाधिवेशनको सुरुवात भदौ १८ गतेबाट नै गरेको भए पनि सुस्त अवस्थामा रहेको उसले आफूलाई महाविधेशनबाट खार्न सकेको छैन ।
महाधिवेशन होला कि नहोला भनेर सधैं अन्यौलमा रहेको कांग्रेसमा आउने प्रतिनिधि र जिल्लाका पदाधिकारी पनि अब कस्तो कांग्रेस बनाउने भन्नेमा अलमलमा छन् । यी तीनैवटा दलले महाधिवेशनलाई प्रमुख एजेण्डा बनाएर अघि बढेका छन् । महाधिवेशनबाट पार्टीलाई गतिशील र जीवन्त बनाउने उनीहरुको योजना छ । कांग्रेसको औपचारिकता सकिएको केही महिना भइसकेको छ । एकातिर कोरोनाको बहानालाई उसले प्रमुख मुद्या बनायो भनें अर्कातिर पार्टीमा देखिएको आन्तरिक किचलोका कारण पनि कांग्रेस महाधिवेशन पटक पटक सर्दै आएको छ । कांग्रेसले मंसिर २४ देखि २६ सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्दैछ । महाधिवेशनबाट केवल नेतृत्व परिवर्तन गर्ने होडबाजीमात्र गरियो भने त्यसले खासै अर्थ राख्दैन । महाधिवेशनले पार्टीलाई नयाँ दिशामा लाने सबैले भन्दै आए पनि व्यवहारमा त्यस्तो होलाजस्तो देखिँदैन । समयसापेक्ष परिवर्तन हुन नसकेका उनीहरुले महाधिवेशनलाई पार्टीको महान पर्वका रुपमा लिने गर्दछन् । ५ वर्षका लागि चुनिने नयाँ नेतृत्वले जनतामाझ आफ्ना विचार लिएर जानुपर्ने जरुरी छ । अरु पार्टीलाई सधैं आलोचना गरेर आफू राम्रो बनेजस्तो देखिने होडबाजी गर्न दलहरु लागिपरेका छन् । पार्टीले स्पष्ट नीति लिन नसक्दा चारैतिरबाट अलमलमा परेको कांग्रेसले लिने अबको दिशा पनि स्पष्ट हुन सकेको छैन । कांग्रेसमा महाधिवेशनबाट नयाँ पुस्ता अघि बढिसकेकाले अब यस्तै हो भने पुराना नेताहरु पनि महाधिवेशनबाट आउने हुन् कि होइनन् भन्ने खतरा भएको छ । कांग्रेसले आफूलाई सुधार्न सकेको छैन । सभापति शेरबहादुर देउवाले पार्टी चलाएको साढे ५ वर्ष भएको छ जसरी निर्वाचन आयोगबाट पार्टीको वैधानिकतामा प्रश्नचिन्ह उठेको छ त्यस्तै देउवाको नेतृत्व पनि आलोचनारहित हुन सकेन । देउवाको विकल्प खोजिनुपर्छ उनले पार्टी तहसनहस बनाए भन्ने आवाज उठिरहँदा उनी पछि कसले नेतृत्व लिने र उसको दृष्टिकोण के हो भन्ने कसैले भन्न सकेका छैनन् ।
एमालेको महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ । महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई नै फेरि पनि नेतृत्व दिनेमा कुनै शंका छैन । ओलीबाहेक एमाले चलाउन सक्ने अरु कोही देखापरेको छैन । ओलीले अहिलेसम्म पार्टी चलाएको देखेर एमालेका मात्र होइन विपक्षी दलका नेताहरु पनि अचम्मित भएका छन् । ओलीको स्पष्ट अडान र काम गर्ने शैलीका कारण ओली दिनैपिच्छे लोकप्रिय बन्दै गएका छन् । एमाले महाधिवेशनबाट नयाँ स्वरुप लिने र देशव्यापी पार्टीको माहौल राम्रो बनाउने जनाएको छ । एमाले सत्तामा रहे पनि र अहिले विपक्षमा रहे पनि सधैं जनताका जायज मागको पक्षमा आवाज उठाउँदै आएको छ । ओलीले योग्य र सक्षमलाई जिम्मेवारी दिएर पार्टीलाई गाउँगाउँसम्म पु¥याउने स्पष्ट पारिसकेका छन् ।
एमालेको महाधिवेशन ७ वर्षअघि भएको थियो । एमाले र माओवादी मिलेर २०७५ साल जेष्ठ ३ गते नेकपा भएको थियो । २०७७ फाल्गुण २३ गते सर्वोच्च अदालतले नेकपालाई विभाजन गरेर एमाले र माओवादी केन्द्रलाई अलग अलग बनाइदिएपछि उनीहरुलाई महाविधेशन गर्नुपर्ने बाध्यता भएको हो । महाधिवेशन नगर्ने सवालमा नेकपा (माओवादी केन्द्र) निकै अघि छ । सुरुदेखि नै यो पार्टीको नेतृत्व प्रचण्डले गर्दै आएका छन् । उनी अरुलाई नेतृत्व छोड्ेन पक्षमा छैनन् । यो पार्टीको महाधिवेशन नभएको ९ वर्ष भयो । ओलीजस्तै माओवादीमा पनि कोही नयाँ प्रचण्ड जन्मेका छैनन् वा कोही भए पनि प्रचण्ड जिम्मेवारी हस्तान्तरण गर्न तयार छैनन् । विचारमा ढुलमुल भएका र अडान नभएका नेता भनेर पटक पटक प्रचण्डले आलोचना खेप्दै आएका छन् । ठूला पार्टीमात्र होइन साना पार्टी पनि महाधिवेशनमा जुटेका छन् । कोरोना संक्रमणका कारण रोकिएको महाधिवेशन गर्ने सिलसिलामा सिपी मैनाली महासचिव रहेको पार्टी अगाडि नै देखिएको छ । चितवनमा कार्तिक २९ गते सम्पन्न ८ औं महाविधेशनले उनलाई महासचिवमा सर्वसम्मत चयन गरेको छ । २०३५ साल पुस ११ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव पनि मैनाली थिए ।
फुट्न र जुट्न कुनै समय नपर्खने मधेशवादी भनिने दलहरुलाई पनि यसअघि महाधिवेशनन कहिले भएको थियो भन्ने थाहा हुन छोडेको छ । उता राजावादी भनेर चिनिएको राप्रपाले पनि मंसिरमा महाधिवेशन गर्दैछ । पद छोड्न नसकेका कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी तीनैजना अध्यक्ष छन् । महाधिवेशनले एक जनालाई मात्र अध्यक्ष बनाउने हुँदा अध्यक्ष खुस्किने डरले उनीहरु पनि त्रसित छन् ।

191 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal