सलमानभन्दा कम छैनन् कट्रिना कैफका बडीगार्ड सिंह, आफूलाई ठान्छन् शाहरुख खान

२०७८ मंसिर २ गते, बिहीबार

एजेन्सी । कट्रिना कैफ अभिनेता विक्की कौशलसँग विवाहको खबरका कारण चर्चामा छिन् । हालसम्म मानिसलाई नायिकाको व्यावसायिक र नीजि जीवनबारे लगभग सबैकुरा थाहा भइसकेको छ । तर उनको जीवनमा एक यस्ता व्यक्ति छन् जसले उनको जीवनको रक्षा गर्ने गर्छन् । उनी हुन् कट्रिनाका बडीगार्ड दिपक सिंह । आउनुहोस् नायिकाका यी बडीगार्ड को हुन्, यसबारे जानकारी लिऔं ।
६ फिट अग्ला, सुगठित शरीर – दिपक सिंह हेर्दा नै कुनै बक्सरभन्दा कम लाग्दैनन् । उनको गुड लुक्स र परफेक्ट फिजिक देखेर जोकोही उनलाई मोडल ठान्ने गल्ती गर्न सक्छन् । अभिनेता रोनित रोयकी श्रीमतीले थुप्रै पटक दीपक र उनकी श्रीमतीसँग फोटो सेयर गरेकी छिन् ।
यसमा दिपकको मस्कुलिन फिजिक निकै आकर्षक देखिन्छ । सलमान खानजस्तै उनी पनि एक ह्यान्डसम हङ्क हुन् । क्यामेरा पछाडि बसेर दिपकले कट्रिनाको हिफाजत गर्न कुनै कमी गर्दैनन् ।
दिपकको जन्म आगरामा एक एयर फोर्स अफिसरको घरमा भएको थियो । सन् १९९९ मा मुम्बई शिफ्ट हुनु अघि उनले आगरामा आफ्नो स्कूलिङ पूरा गरेका थिए । उनी क्रिकेटर बन्न चाहन्थे ।
एक अन्तरवार्तामा दिपकले भनेका थिए, ‘म क्रिकेट समर क्याम्पमा समावेश हुन मुम्बई आएको थिएँ । मैले चन्द्रकान्त पण्डित अन्तर्गत रहेर तालिम लिएको थिएँ । तर दुर्भाग्यले मैले कलेज स्तरको क्रिकेटसम्म मात्रै खेल्न पाएँ र लिगको इन्ट्री पास गर्न सकिनँ । मैले निकै ढिलो गरी सुरुवात गरेको थिएँ जबकी बच्चाहरु स्कूलदेखि नै खेल्न सुरु गर्छन् ।’
पाँच वर्षको तालिमपछि जब दिपकले ठूलो सफलता हासिल गर्न सकेनन् तब उनले केही परिवर्तन गर्नेबारे सोचे । उनले आफ्ना भिनाजु रोनित रोयसँग सल्लाह मागे । रोनितको विवाह दिपककी दिदी निलमसँग भएको छ । रोनितले आफ्नो सालोलाई गाइड गरे । सन् २००४ मा ग्रेजुएशन सिद्धिएपछि दिपकले एस सेक्युरिटी नामको कम्पनी जोइन गरे । दिपकको फर्स्ट अन–फिल्ड असाइनमेन्ट सञ्जय लिला भंसालीको फिल्म ब्ल्याकमा डोरम्यानको रुपमा थियो ।
दिपक भन्छन्, ‘म ढोकामा उभिएर मानिसहरुका लागि ढोका खोल्ने गर्दथेँ । सिनियरलाई फिल्डमा देखेपछि एक वर्षभित्र मैले धेरै कुरा सिकेँ । मोरिससमा जी सिने अवार्डस्का बेला रानी मुखर्जीलाई सुरक्षा दिनु मेरो पहिलो ठूलो असाइनमेन्ट थियो ।’
त्यसको केही समयपछि नै दिपकले ठूला काम पाउन थाले । उनले आमिर खान, शिल्पा शेट्टी, रितेश देशमुखजस्ता सिनेस्टारको हाई–प्रोफाइलको वैवाहिक समारोहमा काम सम्हाल्ने जिम्मा पाए । दिपकले हलिउड स्टार्स पेरिस हिल्टन र जोन ट्रेवोल्टा, सुटिङका लागि भारत जाँदा, उनीहरुको सुरक्षाको काम पनि सम्हालेका छन् ।
दिपकले कट्रिना कैफलाई मात्रै होइन, शाहरुख खान, माधुरी दिक्षित, ज्याकलिन फर्नान्डिसका लागि पनि बडीगार्डको काम गरेका छन् । बडीगार्डको ड्रेस कोटबारे दिपक भन्छन्, ‘म अरुभन्दा भिन्न देखिन चाहन्छु । राम्रो पहिरनले पनि तपाईंलाई भीडबाट अलग देखाउँछ । यदि तपाईंले साधारण सफारी लगाउनुहुन्छ भने मानिसहरुले तपाईंलाई सुरक्षाकर्मी हुन् भनेर बुझ्छन् । तपाईंहरु भीभीआईपीसँग यात्राका बेला प्रेजेन्टेबल देखिन आवश्यक छ । तपाईं उनीहरुसँग घुलमिल हुनुपर्छ ।’
अभिनयको प्रस्ताव पनि पाउनुभयो कि ? यो प्रश्नको जवाफमा उनले भने, ‘मलाई फिल्म निर्माता, डिजाइनर्स, कोरियोग्राफर र अभिनेताले पनि अभिनयमा प्रयास गर्न भनेका थिए । तर मलाई यसमा रुची छैन । म आफ्नो क्षेत्रको शाहरुख बन्न चाहन्छु ।’
दिपकको सानो परिवार छ । उनको प्रेम विवाह भएको थियो र उनी एक बच्चाका पिता पनि हुन् । बडीगार्डको जागिरबाट छुटेपछि उनी आफ्नो परिवारलाई समय दिन्छन् ।

208 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal