अस्तित्व बचाउँदै नेपाल

२०७८ मंसिर २ गते, बिहीबार

काठमाडौं । नेकपा एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपालले प्रदेश नम्बर १ र बागमती प्रदेशमा मुख्यमन्त्री पाएपछि पार्टीको अस्तित्व जोगिँदैछ ।
नयाँ पार्टी गठनमा हौसिएका नेपाललाई अन्तिम समयमा आएर सोचजस्तो उपलब्धी हात परेको थिएन । प्रदेशका सांसदहरुले आफ्नो पार्टी रोजे पनि स्थानीय तहमा निकै कमजोर भएका नेपाल एक समय निराश भइसकेका थिए । सत्तारुढ गठबन्धन बनाउन र केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मुख्य भूमिका खेलेका नेपालले पार्टीलाई संगठित गर्दै लगेका छन् । नेपालकै सक्रियताका कारण ओली प्रधानमन्त्रीबाट बाहिरिएका थिए जसको फाइदा कांग्रेसले उठाएको छ । प्रमुख प्रतिपक्षीको भूमिका रहेको कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल नै सक्रिय रहेका थिए । गठबन्धनले आगामी निर्वाचनसम्म सहकार्य गर्ने जनाइसकेको छ । नेपालले पार्टीको अस्तित्वका लागि पनि दुइवटा प्रदेशमा आफ्ना नेता मुख्यमन्त्री बन्नुपर्ने अडान लिएपछि सत्ता गठबन्धनमा पनि मतभेद भएको थियो । केन्द्रमा गरिएको निर्णयलाई प्रदेशमा नमान्ने भनेर प्रदेश सांसदहरु रुष्ठ भए पनि अन्तिममा आएर केन्द्रको निर्णय मान्न बाध्य हुनुपरेको थियो ।
गठबन्धनले यी दुइवटा प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति गरेको छ । सहमति अनुसार सबैभन्दा पहिले नेपालको पार्टीले मुख्यमन्त्री लिएको छ । सरकारको आलोपालोले जनतामा निराशा छाएको भनेर आलोचना भए पनि नेताहरुले बाध्यताको उपज हो भनेका छन् ।

223 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal