अस्तित्व बचाउँदै नेपाल

२०७८ मंसिर २ गते, बिहीबार

काठमाडौं । नेकपा एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपालले प्रदेश नम्बर १ र बागमती प्रदेशमा मुख्यमन्त्री पाएपछि पार्टीको अस्तित्व जोगिँदैछ ।
नयाँ पार्टी गठनमा हौसिएका नेपाललाई अन्तिम समयमा आएर सोचजस्तो उपलब्धी हात परेको थिएन । प्रदेशका सांसदहरुले आफ्नो पार्टी रोजे पनि स्थानीय तहमा निकै कमजोर भएका नेपाल एक समय निराश भइसकेका थिए । सत्तारुढ गठबन्धन बनाउन र केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मुख्य भूमिका खेलेका नेपालले पार्टीलाई संगठित गर्दै लगेका छन् । नेपालकै सक्रियताका कारण ओली प्रधानमन्त्रीबाट बाहिरिएका थिए जसको फाइदा कांग्रेसले उठाएको छ । प्रमुख प्रतिपक्षीको भूमिका रहेको कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल नै सक्रिय रहेका थिए । गठबन्धनले आगामी निर्वाचनसम्म सहकार्य गर्ने जनाइसकेको छ । नेपालले पार्टीको अस्तित्वका लागि पनि दुइवटा प्रदेशमा आफ्ना नेता मुख्यमन्त्री बन्नुपर्ने अडान लिएपछि सत्ता गठबन्धनमा पनि मतभेद भएको थियो । केन्द्रमा गरिएको निर्णयलाई प्रदेशमा नमान्ने भनेर प्रदेश सांसदहरु रुष्ठ भए पनि अन्तिममा आएर केन्द्रको निर्णय मान्न बाध्य हुनुपरेको थियो ।
गठबन्धनले यी दुइवटा प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति गरेको छ । सहमति अनुसार सबैभन्दा पहिले नेपालको पार्टीले मुख्यमन्त्री लिएको छ । सरकारको आलोपालोले जनतामा निराशा छाएको भनेर आलोचना भए पनि नेताहरुले बाध्यताको उपज हो भनेका छन् ।

118 Views

ताजा

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

जीबी राईको राहदानी रद्द गर्न आदेश

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal