एमाले महाधिवेशनमा ओलीकै वर्चश्व रहने संकेत

२०७८ मंसिर २ गते, बिहीबार

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ । महाधिवेशनले नयाँ विचार दिने सम्भावना कम छ तर पनि नयाँ नेतृत्व भनें चयन हुने छ ।
महाधिवेशनबाट फेरि पनि ओली नै अध्यक्ष बन्ने पक्कापक्की छ । ओलीले पार्टीलाई राम्रो गरे कि गरेनन् भन्ने समीक्षा हुन सकेको छैन र हुँदैन पनि । यसअघि भएको विधान महाविधेशनमा पनि ओलीले अनावश्यक तडकभडक गरेका थिए । जताततै आफ्नै फोटो टाँसेर मख्ख परेका ओलीले यो महाधिवेशनलाई पनि आफूकेन्द्रित बनाउँदैछन् । एमाले भनेको पार्टी हो भन्ने कुरा बिर्सिएर कार्यकर्ताले पनि एमाले भनेर ओलीलाई चिनिन्छ भन्ने गलत विश्लेषण गर्न थालेका छन् । महाधिवेशनले एमालेको आगामी रणनीति के हुने भन्ने प्रष्ट पार्न सकेको छैन । ओलीले प्रधानमन्त्री हुँदा पार्टीमाथि घात गरेर एमालेलाई कहाँसम्म पु¥याए भन्ने हिसाव खोज्ने कोही निस्केको छैन । ओलीको प्रधानमन्त्री पद गएसँगै आफ्नो नेतृत्वमा रहेको ४ वटा प्रदेशका मुख्यमन्त्री गुमाएको पीडाले ओलीलाई छोएकौ छैन ।
नेतृत्वले गरेको गलत कामलाई पनि आँखा चिम्लेर समर्थन जनाउनेले एमालेलाई पनि क्रमशः कमजोर बनाउँदै लगेका छन् । ओलीले संविधानविपरीत संसद भंग गरेको घटनाले गलत इतिहास रचेको छ । पार्टीलाई आन्तरिक विवादमा धकेलेर राजनीतिक फाइदा लिने सोच बनाएका ओलीलाई आगामी दिनमा एमाले चलाउन पनि निकै ठूलो चुनौती आइलाग्ने छ । ओलीले माधवकुमार नेपाललाई पार्टीबाट लखेटेर आनन्द मानेका छन् यो भोलिको दिनमा खतरा सावित हुने छ । अध्यक्षमा प्रतिष्पर्धा गर्ने नेपाललाई पार्टीबाट निकालेपछि ओली तत्काललाई सुरक्षितजस्तो देखिए पनि भोलिको राजनीतिमा भनें यो घटनाले निकै असर पार्ने निश्चित छ ।

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal