प्रधानमन्त्री देउवाले गिनिजबुकमा नाम लेखाउन पाउँछन् कि पाउँदैनन् ?

२०७८ कार्तिक १४ गते, आईतवार

रमेश कुमार बोहोरा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुस्त गतिमा अघि बढिरहेका छन् । उनले सरकारलाई कम प्राथमिकता दिएका छन् । उनले सरकारलाई भन्दा पनि पार्टीलाई प्राथमिकता दिँदै काम गरेका छन् ।
देउवाले पाँचौं पटक सत्ता आरोहण गरिरहँदा सर्वसाधरण मानिस भने खासै खुशी थिएनन् किनभने देउवाको यसअघिको कार्यकाल पनि त्यति सन्तोषजनक नभएकाले यो कार्यकाल पनि त्यति अपेक्षाकृत हुन सकेको छैन । देउवाले सरकार चलाएको १ सय १० दिन भइसकेको छ । उनले कुनै त्यस्ता नयाँ काम गर्न सकेनन् तर सँगसँगै उनले त्यस्तो बिगारेका पनि छैनन् । देउवा कमैमात्र बोल्ने भएकाले देउवा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीजति आलोचित भएका छैनन् । हत्तपत्त नबोल्ने गरेकाले नै देउवा ओलीजति विवादित बनेका छैनन् । सामान्य कुरामा पनि जवाफ फर्काइहाल्ने र आफ्नो विरोधमा बोलेको सहनै नसक्ने ओलीको कार्यकालमा केही काम भए पनि उनको अनावश्यक र हावादारी गफले गर्दा ती सबै काम पनि ओझेलमा परेका छन् । ओली ४० महिना २५ दिन प्रधानमन्त्री भए । पार्टीभित्रको विवाद मिलाउन नसक्दा उनको सरकार असार २८ गते ढलेको छ ।
ओलीको प्रधानमन्त्रीको पदमात्र गएन । उनको व्यवहारका कारण केही प्रदेश सरकार पनि ढल्न पुगे तर ओलीले यसलाई सामान्य रुपमा लिएका छन् । ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने र सरकार चलाउने दाबी गर्दै आएका छन् । झण्डै दुई तिहाई नजिकको मत दिँदा पनि सरकार चलाउन नसकेको र आन्तरिक विवाद सिर्जना गरेर राजनीति नै अस्तव्यस्त बनाएको आरोप ओलीमाथि अझै छ । ओलीले केही दिनअघि आफ्नो नेतृत्वको सरकारले गरेको कामले गिनिजबुक आधा भरिन्छ भनेपछि अर्को वहस चलेको छ । उनले आफ्नो सरकारले धेरै काम गरेको दाबी गर्दै आएका छन् । धेरैजसोले भनें ओलीले गरेका नकारात्मक कामले गिनिजबुक भरिन्छ भनेर पनि टिप्पणी गरेका छन् । ओलीले गिनिजबुककै बद्नाम गर्न खोजेको भनेर आरोप लगाउनेको संख्या पनि कम छैन । ओलीले विश्वका कुनै मुलुकमा सर्वोच्चको परमादेशका आधारमा प्रधानमन्त्री नबन्ने भन्दै आफूले दुइपटक गरेको प्रतिनिधिसभा भंगको बचाउ गर्दै आएका छन् । संविधानविपरीत गतिविधि गरेकाले सरकार ढलेको र पार्टीसमेत संकटमा परेको यथार्थलाई ढाकछोप गर्न ओली दिलोज्यान दिएर लागेका छन् ।
प्रधानमन्त्री देउवाले कहिल्यै पनि अनावश्यक तर्क गरेर जनतामा भ्रम पैदा गरेका छैनन् । प्रधानमन्त्री बढी भएको हिसावले हेर्ने हो भने ओलीभन्दा देउवा बढीपटक प्रधानमन्त्री भएका छन् । प्रधानमन्त्री भएको गणना गर्ने हो भने ओलीभन्दा देउवाले गिनिजबुकमा नाम लेखाउन सक्छन् तर उनले अहिलेसम्म त्यस्तो तर्क गरेका छैनन् ।
ओलीले गिनिजबुकको प्रसंग उठाएपछि उनी त्यसको जवाफ दिँदादिँदै हैरान भएका छन् । ओली जहाँ गए पनि पत्रकारले यही प्रश्न गर्ने गरेका छन् तर ओलीले चित्तबुझ्दो जवाफ दिनुभन्दा पनि टारटुर गरेर अल्मल्याउन गरेका छन् ।

219 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक

२०८३ जेष्ठ २४ गते, आईतवार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal