राणाले राजीनामा दिएर मात्र पुग्दैन
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले तत्कालै राजीनामा नदिने अडान लिएका छन् । उनले जस्तोसुकै समस्या आए पनि सामना गर्दै जाने तर कसैले माग्दैमा राजीनामा नदिने बताएका छन् । राणाले आफूमाथि लागेका आरोपको वेवास्ता गर्दै त्यसलाई कडा चुनौती दिँदै आएका छन् ।
पदीय मर्यादाविपरीत काम गरेको र प्रधानन्यायाधीशको आचरणविपरीत काम गरेको भन्दै राणालाई राजीनामा दिन चौतर्फी दवाव परिरहेको छ । वरिष्ठ अधिवक्ताका साथै नेपाल वार एशोसियशनले पनि राणाले राजीनामा दिनुपर्ने अडान राखेका छन् । राणाले राजनीति गरेको र सरकारका हरेक निकायमा भागबण्डा खोज्ने गरेका कारण पछिल्लो समयमा विवादित छवि बनाएका छन् । राणाकै कारण सरकार निर्माणमा पनि अन्यौल देखिएको थियो । राणाकै सिफारिसमा मन्त्री बनेका गजेन्द्र हमालले भने मन्त्री बनेको दुई दिनपछि राजीनामा दिएका थिए । न्यायालयले जहाँताँही हस्तक्षेप गर्न खोजेको भन्दै सबैतिर राणाकोे विरोध भए पनि उनी ढलमल भएका छैनन् । राणाको कार्यशैलीलाई लिएर न्यायालय क्षेत्रभित्र पनि चरम असन्तुष्टि छ । राणाको कार्यकाल रहिरह्यो भने न्याय प्रशासन नै ध्वस्त हुने तर्क हुँदै आएको छ । राणाले कसैले राजीनामा माग्दैमा दिनुपर्छ भन्ने बाध्यता नभएको भनेर स्पष्ट पारेका छन् । राणाले आफूमाथि महाअभियोग लगाए सामना गर्ने दाबी गरेका छन् ।
राणाको कारण नै राजनीति पनि अस्तव्यस्त बनेको छ । उनले राजनीतिमाथि ठाडो हस्तक्षेप गरेका छन् । राणाको परमादेशकै आधारमा शेरबहादुर देउवा प्रधानमन्त्री भएकाले पनि राणाले सरकारमाथि आफ्नो प्रभुत्व जमाउँदै आएका छन् । आफूलाई मार्गप्रशस्त गर्न आग्रह गरेका १४ न्यायाधीशहरूलाई कडा जवाफ फर्काएका छन् । उनले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताए । राणाले आफ्नो नियुक्ति संवैधानिक भएकाले बहिर्गमन पनि संवैधानिक तबरबाटै हुने बताएका थिए । राणाले राजीनामा मात्र दिएर पनि न्यायापालिका अब स्वच्छ ढंगले चल्छ भन्ने अनुमान लगाउन सकिँदैन । राणासहित संवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि पनि प्रश्न उठेको छ । राणाको नेतृत्वमा रहेको इजलासले देउवाको पक्षमा निर्णय गर्दै जनताको पक्षमा रहेको केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउने निर्णय गरेको थियो । ओलीको बहिर्गमनलाई लिएर जनता पनि असन्तुष्ट छन् । न्यायालयले राजनीतिमाथि हस्तक्षेप गरेको घटना प्रायः विरलै पाइन्छ तर नेपालमा भनें कसैले नपत्याउने घटना भएको छ । राणाको राजीनामा एउटा विकल्प हुन सक्छ तर उनलाई उचाल्ने सत्तारुढ गठबन्धनका नेताहरु नै हुने त्यसैले पनि गठबन्धनका नेताहरु पनि दोषी भएकाले उनीहरुमाथि कानुनी र राजनीतिक कारबाही हुनु जरुरी छ ।
ताजा
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





