राणाले राजीनामा दिएर मात्र पुग्दैन

२०७८ कार्तिक ११ गते, बिहीबार

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले तत्कालै राजीनामा नदिने अडान लिएका छन् । उनले जस्तोसुकै समस्या आए पनि सामना गर्दै जाने तर कसैले माग्दैमा राजीनामा नदिने बताएका छन् । राणाले आफूमाथि लागेका आरोपको वेवास्ता गर्दै त्यसलाई कडा चुनौती दिँदै आएका छन् ।
पदीय मर्यादाविपरीत काम गरेको र प्रधानन्यायाधीशको आचरणविपरीत काम गरेको भन्दै राणालाई राजीनामा दिन चौतर्फी दवाव परिरहेको छ । वरिष्ठ अधिवक्ताका साथै नेपाल वार एशोसियशनले पनि राणाले राजीनामा दिनुपर्ने अडान राखेका छन् । राणाले राजनीति गरेको र सरकारका हरेक निकायमा भागबण्डा खोज्ने गरेका कारण पछिल्लो समयमा विवादित छवि बनाएका छन् । राणाकै कारण सरकार निर्माणमा पनि अन्यौल देखिएको थियो । राणाकै सिफारिसमा मन्त्री बनेका गजेन्द्र हमालले भने मन्त्री बनेको दुई दिनपछि राजीनामा दिएका थिए । न्यायालयले जहाँताँही हस्तक्षेप गर्न खोजेको भन्दै सबैतिर राणाकोे विरोध भए पनि उनी ढलमल भएका छैनन् । राणाको कार्यशैलीलाई लिएर न्यायालय क्षेत्रभित्र पनि चरम असन्तुष्टि छ । राणाको कार्यकाल रहिरह्यो भने न्याय प्रशासन नै ध्वस्त हुने तर्क हुँदै आएको छ । राणाले कसैले राजीनामा माग्दैमा दिनुपर्छ भन्ने बाध्यता नभएको भनेर स्पष्ट पारेका छन् । राणाले आफूमाथि महाअभियोग लगाए सामना गर्ने दाबी गरेका छन् ।
राणाको कारण नै राजनीति पनि अस्तव्यस्त बनेको छ । उनले राजनीतिमाथि ठाडो हस्तक्षेप गरेका छन् । राणाको परमादेशकै आधारमा शेरबहादुर देउवा प्रधानमन्त्री भएकाले पनि राणाले सरकारमाथि आफ्नो प्रभुत्व जमाउँदै आएका छन् । आफूलाई मार्गप्रशस्त गर्न आग्रह गरेका १४ न्यायाधीशहरूलाई कडा जवाफ फर्काएका छन् । उनले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताए । राणाले आफ्नो नियुक्ति संवैधानिक भएकाले बहिर्गमन पनि संवैधानिक तबरबाटै हुने बताएका थिए । राणाले राजीनामा मात्र दिएर पनि न्यायापालिका अब स्वच्छ ढंगले चल्छ भन्ने अनुमान लगाउन सकिँदैन । राणासहित संवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि पनि प्रश्न उठेको छ । राणाको नेतृत्वमा रहेको इजलासले देउवाको पक्षमा निर्णय गर्दै जनताको पक्षमा रहेको केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाउने निर्णय गरेको थियो । ओलीको बहिर्गमनलाई लिएर जनता पनि असन्तुष्ट छन् । न्यायालयले राजनीतिमाथि हस्तक्षेप गरेको घटना प्रायः विरलै पाइन्छ तर नेपालमा भनें कसैले नपत्याउने घटना भएको छ । राणाको राजीनामा एउटा विकल्प हुन सक्छ तर उनलाई उचाल्ने सत्तारुढ गठबन्धनका नेताहरु नै हुने त्यसैले पनि गठबन्धनका नेताहरु पनि दोषी भएकाले उनीहरुमाथि कानुनी र राजनीतिक कारबाही हुनु जरुरी छ ।

123 Views

ताजा

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने

२०८२ असार २७ गते, शुक्रबार

सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक

२०८२ असार २७ गते, शुक्रबार

‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न

२०८२ असार २७ गते, शुक्रबार

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै

२०८२ असार २६ गते, बिहीबार

भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प

२०८२ असार २६ गते, बिहीबार

‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’

२०८२ असार २६ गते, बिहीबार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

२०८२ असार २६ गते, बिहीबार

लोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal