कांग्रेसभन्दा धेरै अघि बढ्यो एमाले

२०७८ कार्तिक ११ गते, बिहीबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को महाधिवेशनको प्रक्रिया अघि बढेको छ । एमालेको वडा अधिवेशन कार्तिक ६ गतेबाट सुरु भएको छ । ९ गते मंगलबार स्थानीय तहको अधिवेशन भएको छ । एमालेले महाधिवेशनलाई उत्साहपूर्वक बनाएको छ । एमालेको महाधिवेशनले मानिसमा एक प्रकारको जोश, जाँगर र उत्साह थपेको छ । पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि एमाले कमजोर भएको भनेर आलोचना गरिएको भए पनि महाधिवेशनको तयारी हेर्दा निकै परिवर्तन पाइएको छ ।
एमालेले मंसिर १० देखि १२ गतेसम्म १० औं महाधिवेशन गर्ने जनाइसकेको छ । एमालेको नयाँ नेतृत्वले देश र जनताको पक्षमा काम गर्ने जनाउँदै आएको छ । एमालेले आगामी दिनमा नयाँ नीति बनाएर जाने स्पष्ट पारिसकेको छ । एमालेको महाधिवेशनमा धेरैजसो ठाउँमा सर्वसम्मत नेतृत्व चयन भएको छ यसले पार्टीभित्र एकता भएको सन्देश दिएको छ । वडा र स्थानीय तहको अधिवेशनको एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकैपटक उद्घाटन गरेका छन् । एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म गरेको विधान महाधिवेशनले पार्टीलाई कस्तो बनाउने भन्ने विषयमा गम्भीर छलफल गरेको थियो । विधान महाधिवेशनमा एमाले पार्टीभित्र देखिएका विभिन्न कमी कमजोरीमाथि पनि छलफल गरी पार्टीलाई जनताको पक्षमा काम गर्ने गरी जाने निर्णय गरेको थियो । १० औं महाधिवेशनमा पनि ओली नै अध्यक्ष हुने भएकाले पनि एमाले थप सशक्त र गतिशील हुने निश्चित छ । ओलीप्रति जनताको अगाध आस्था रहेकाले पनि आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेको छ । हिजोको सरकारमा नेकपा (माओवादी) को सहभागिता भएकाले उसले सधैं सरकारलाई असहयोग गरेको स्पष्ट रुपमा बुझ्न सकिन्छ । ओलीले प्रधानमन्त्री देउवालाई जतिसक्दो छिटो संसदीय निर्वाचन गराउन दवाव दिइरहेका छन् । ओलीले प्रधानमन्त्री देउवा अत्तालिएर निर्वाचन गर्न नचाहेको आरोप लगाउँदै आएका छन् । महाधिवेशनले एमालेलाई बलियो बनाउँदै लगेको छ त्यसैले पनि एमालेले निर्वाचनमा बलियो उपस्थिति जनाउने पक्कापक्कीजस्तो भएको छ ।
नेपाली कांग्रेसभन्दा महाधिवेशनमा एमाले अघि बढेको छ । कांग्रेसले महाधिवेशनको मिति सार्दैसार्दै अहिले ढिलै भए पनि महाधिवेशन सुरु गरेको छ तर पार्टीमा देखिएको आन्तरिक गुटबन्दीले महाधिवेशन प्रभावित बनेको छ । कांग्रेसले भदौ १८ गतेबाट वडा (इकाइ) तहको महाधिवेशन सुरु गरेको भए पनि कहिलेसम्म केन्द्रीय महाधिवेशन सकिने भन्ने टुंगो छैन । महाधिवेशनमा भएका ठाउँमा पनि जताततै विवाद छ कतिपय ठाउँमा त फेरि अधिवेशन गर्नुपर्ने माग पनि हुँदै आएको छ । कांग्रेसले महाधिवेशनबाट आफूलाई सवल र सुदृढ पार्टी भनेर स्थापित गर्नुपर्नेमा झन् बढी द्धन्द्ध देखिएको छ । नेताहरुको आफ्नो स्वार्थको कारण महाधिवेशनको कार्यतालिका प्रभावित हुँदै आएको छ । महाधिवेशनमा आफूले सभापति जित्ने आधार नभएसम्म महाधिवेशन नगर्ने सोचमा सभापति शेरबहादुर देउवा लागिपरेका छन् । नेपाली कांग्रेसको कार्यसमितिको कार्यकाल ४ वर्षको रहेको छ । महाधिवेशन गर्न सम्भव नभए केन्द्रीय समितिको बैठकले १ वर्ष कार्यकाल थप्न सक्ने जनाएको छ । कांग्रेसको महाधिवेशन २०७२ फाल्गुणमा भएको थियो । संविधानले कुनै पनि पार्टीको महाधिवेशन साढे ५ वर्षभित्र हुनुपर्ने व्यवस्था गरेको छ । कांग्रेसको वैधानिकता भदौ २३ गते सकिएको छ । कांग्रेस सभापति देउवाले निर्वाचन आयोगमा आफ्ना प्रतिनिधि पठाएर पार्टीको वैधानिकताबारे छलफल गरेका थिए । आयोगले कोरोना संक्रमणलाई शून्य अवधि मानेर जान सकिने र ४ महिना म्याद थप्न सकिने पनि जनाएको छ ।

234 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal