एमसीसी देशको अहितमा छः ठाकुर

२०७८ आश्विन ४ गते, सोमबार

काठमाडौं । भ्रष्टाचारविरुद्ध नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) देशको हितमा नभएको ठहर गरेको छ । उसले यस प्रकारका आयोजनाले नेपाल र नेपालीमाथि प्रहार गर्ने जनाएको छ । एमसीसी बारेमा विभिन्न ढंगका बहस भइरहेको बेला यो संस्थाले पनि आफ्नो धारणा अघि सारेको हो । संस्थाले एक विज्ञप्ति प्रकाशित गरी एमसीसीबारे सरकारलाई सचेत गराउँदै सबै नागरिकलाई यसप्रति जिम्मेवार बन्न समेत आग्रह गरेको छ ।
गुपचुप रुपमा सरकारले एमसीसी सम्झौता गरेर नेपालको राष्ट्रियतामाथि प्रहार गर्न खोजेको भन्दै सचेत रहन उसले आग्रह गरेको हो । संस्थाका अध्यक्ष रामकुमार ठाकुरद्वारा प्रकाशित विज्ञप्तीमा संविधानविपरीत सम्झौता गर्दा देशले हार्ने स्पष्ट पारिएको छ । संस्थाले हिजोको दिनमा कोशी, गण्डकी, महाकालीजस्ता सम्झौता गरेर आएको परिणामबारे पनि बुझ्न सरकारलाई आग्रह गरेको छ । संस्थाले एमसीसीले दिने ५५ अर्व रुपिँया कुनै ठूलो व्यापारीसँग कर असुली गर्दैमा आउने समेत जनाएको छ । संस्थाले यसैबारे जानकारी दिन थापागाउँको सम्वाद क्लवमा पत्रकार सम्मेलन पनि
गरेको थियो । अध्यक्ष ठाकुरले सरकारले हचुवाका भरमा त्यसप्रकारका सम्झौता गर्दा देश र नागरिकमाथि अन्याय हुने भएकाले त्यसतर्फ गम्भीर बन्न पनि सरकारलाई आग्रह गरेका छन् । ‘यस प्रकारका देशघाती सम्झौता गर्नुहुन्न, सानोतिनो पैसाको लोभमा राष्ट्रियता बेच्न पाइदैन’ अध्यक्ष ठाकुरले भने ‘ एमसीसी पारित गरे फाइदा हुन्छ भन्ने हो भने त्यो कुरा सरकारले पहिले जनतामाझ स्पष्ट पानुपर्छ ।’ संस्थाले भ्रष्टाचार र अनियमितताबारे आवाज उठाउँदै आएको छ ।

218 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal