कस्तो छ बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ?

काठमाडौं । हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा बनेको चलचित्र ‘टुल्की’को फस्र्ट लुक पोष्टर र टिजर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको निर्माण पक्षले पत्रकार सम्मेलन गरी चलचित्रबारे जानकारी गराएको हो ।
द पाल्म गु्रप प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा लक्ष्मण सुनारको कथा, देवजंग थापाको छायाँकन तथा निर्देशन रहेको छ । आरपी कर्माचार्य र शेखर लामाले चलचित्र निर्माण गरेका हुन् । शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको चलचित्रमा अभिनय छ ।
डोल्पाको तल्लो भागमा रहेको ब्राम्हण वस्तीमा जन्मेकी युवती माथिल्लो डोल्पाको शेर्पासँग माया प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथालाई चलचित्रमा उतारिएको निर्माण पक्षले जनाएको छ । करिव ४ वर्षको अध्ययनपछि चलचित्रको निर्माण गरिएको निर्माता शेखर लामाले बताए । उनका अनुसार अहिलेसम्म चलचित्रमा ९० लाख रुपैयाँ बढी लगानी भइसकेको छ ।
यो चलचित्र नेपालमा भन्दा पहिले विभिन्न देशमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । निर्माण पक्षले लामो समयको अध्ययन र अनुसन्धानपश्चात मात्र चलचित्र बनाएकोले सबै दर्शकको मन जित्न सक्ने विश्वास लिएको छ । चलचित्रमा सन्जिव लिम्बुको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन छ ।
ताजा

एमालेको भोलिको युथ सेलिब्रेशनलक्षित प्रभु साहको टिप्पणीः ‘लाशमाथि हत्याराको उत्सव’
२०८२ बैशाख १० गते, बुधबार
एमालेको भोलिको युथ सेलिब्रेशनलक्षित प्रभु साहको टिप्पणीः ‘लाशमाथि हत्याराको उत्सव’
२०८२ बैशाख १० गते, बुधबार
वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७ देखि १९ गतेसम्म हुने
२०८२ बैशाख १० गते, बुधबार
सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन
२०८२ बैशाख १० गते, बुधबार
“च्यारिटी रनवे २०२५ भोल्युम २” भव्य रूपमा सम्पन्नः अदृश्य प्रतिभाले पाए मञ्च
२०८२ बैशाख १० गते, बुधबार
सरकार नडराए हुन्छः राप्रपा अध्यक्ष लिङ्देन
२०८२ बैशाख ७ गते, आईतवार
राप्रपाले आज निषेधित क्षेत्र तोड्ने, अराजक गतिविधिमा सहभागी नहुन गृहको चेतावनी
२०८२ बैशाख ७ गते, आईतवार
सर्यो भोलिको शिक्षक आन्दोलन
२०८२ बैशाख ६ गते, शनिबार
सरकारको गलत क्रियाकलापका कारण प्रतिगामीहरु सल्बलाएः प्रचण्ड
२०८२ बैशाख ६ गते, शनिबार
जगमान गुरुङको दाबीः यही जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छ
२०८२ बैशाख ६ गते, शनिबार
प्रेम अस्वीकारको प्रतिशोध: गोली प्रहार गरी युवती गम्भीर घाइते
२०८२ बैशाख ६ गते, शनिबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार