एमसीसी देशको अहितमा छः ठाकुर
काठमाडौं । भ्रष्टाचारविरुद्ध नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) देशको हितमा नभएको ठहर गरेको छ । उसले यस प्रकारका आयोजनाले नेपाल र नेपालीमाथि प्रहार गर्ने जनाएको छ । एमसीसी बारेमा विभिन्न ढंगका बहस भइरहेको बेला यो संस्थाले पनि आफ्नो धारणा अघि सारेको हो । संस्थाले एक विज्ञप्ति प्रकाशित गरी एमसीसीबारे सरकारलाई सचेत गराउँदै सबै नागरिकलाई यसप्रति जिम्मेवार बन्न समेत आग्रह गरेको छ ।
गुपचुप रुपमा सरकारले एमसीसी सम्झौता गरेर नेपालको राष्ट्रियतामाथि प्रहार गर्न खोजेको भन्दै सचेत रहन उसले आग्रह गरेको हो । संस्थाका अध्यक्ष रामकुमार ठाकुरद्वारा प्रकाशित विज्ञप्तीमा संविधानविपरीत सम्झौता गर्दा देशले हार्ने स्पष्ट पारिएको छ । संस्थाले हिजोको दिनमा कोशी, गण्डकी, महाकालीजस्ता सम्झौता गरेर आएको परिणामबारे पनि बुझ्न सरकारलाई आग्रह गरेको छ । संस्थाले एमसीसीले दिने ५५ अर्व रुपिँया कुनै ठूलो व्यापारीसँग कर असुली गर्दैमा आउने समेत जनाएको छ । संस्थाले यसैबारे जानकारी दिन थापागाउँको सम्वाद क्लवमा पत्रकार सम्मेलन पनि
गरेको थियो । अध्यक्ष ठाकुरले सरकारले हचुवाका भरमा त्यसप्रकारका सम्झौता गर्दा देश र नागरिकमाथि अन्याय हुने भएकाले त्यसतर्फ गम्भीर बन्न पनि सरकारलाई आग्रह गरेका छन् । ‘यस प्रकारका देशघाती सम्झौता गर्नुहुन्न, सानोतिनो पैसाको लोभमा राष्ट्रियता बेच्न पाइदैन’ अध्यक्ष ठाकुरले भने ‘ एमसीसी पारित गरे फाइदा हुन्छ भन्ने हो भने त्यो कुरा सरकारले पहिले जनतामाझ स्पष्ट पानुपर्छ ।’ संस्थाले भ्रष्टाचार र अनियमितताबारे आवाज उठाउँदै आएको छ ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





