एमसीसी पारित गरे कहाँ भाग्छन् नेताहरु ?

२०७८ आश्विन ४ गते, सोमबार

काठमाडौं । जन समाजवादी पार्टी नेपालका उप महासचिव तथा प्रवक्ता डम्बरविक्रम कार्कीले एमसीसी पारित गरेर नेताहरु भाग्ने ठाउँ नभएको बताएका छन् ।
उनले राष्ट्रघाती सम्झौता पास गरे आफूहरु पनि चुप लागेर नबस्ने बताएका छन् । उनले अमेरिकाको पछि लागेर देशको राष्ट्रियता, सार्वभौमिकता माथि प्रहार गर्ने अधिकार कुनै पनि नेतालाई नभएको बताएका छन् । उनले एमसीसी पारित भएपछि नेपाल र नेपाली भन्ने अवस्था नै नरहने समेत स्पष्ट पारेका छन् । ‘सकेसम्म हामी एमसीसी पारित गर्न दिनेछैनौ यदी झुक्याएर गरिहाले भने पनि ती नेताहरु कहाँ भाग्लान् र ?’ उनी भन्छन्– राष्ट्रघाति सम्झौता छ भन्ने बुझिबुझी पनि एमसीसी पास हुन्छ भने नेताहरुलाई हामी निगरानी गर्छौ, पक्कै पनि उनीहरु त चन्द्रमामा त गएर बस्ने होइनन् होला नि ?’ कार्कीले आफूहरु निरन्तर संघर्ष गरिरहेको समेत बताएका छन् । पार्टीसहित अन्य विभिन्न संघसंस्थाहरुको आयोजनामा उपत्यकामा एमसीसीविरुद्ध संघर्ष हुँदै आएको छ । पटक पटक प्रहरीले पक्राउ गरेर आन्दोलनलाई निस्तेज पार्न खोजे पनि उनीहरु चुपचाप लागेका छैनन् । अमेरिकाले आफ्नो निहीत स्वार्थ पूरा गर्न एमसीसी परियोजना अघि बढाएको उनको भनाई छ । अमेरिकाले दिने पैसा बरु जनताले उठाएर सरकारलाई दिने पनि उनको दाबी छ । एमसीसी पारित भएपछि नेपाल विखण्डन हुने र नेपालको कानूनभन्दा अमेरिकाको कानून नै लागू हुने भएकाले पनि खतरा भएको उनको ठम्याई छ । अमेरिकाले एमसीसीको माध्यमबाट नेपालमा प्रवेश गर्न खोजेको र त्यसले दीर्घकालीन रुपमा असर पर्ने भन्दै उनीहरु पटक पटक संघर्ष गर्दै आएका छन् ।
कार्कीले नेताहरु अमेरिकाको इशारामा चलेको र उनीहरुकै दलाली गरेर आफ्नो जीवनयापन गर्दै आएको पनि बताएका छन् । ‘यसअघि पनि विदेशी सहयोग आएको थियो, त्यसबाट कुन जनताले के पाए र जनताको जीवनस्तर कहाँ सुध्रियो सबैभन्दा पहिले सरकारले यो जवाफ दिनुपर्छ ।’ उनले भने– एमसीसी राम्रो हो भने के कारणले राम्रो हो र जनताले के पाउँछन् भन्ने प्रष्ट रुपमा सरकारले बुझाउनु प¥यो ।’ कार्कीले एमसीसीको नाममा नेताहरुले ठूलो रकम बुझ्दै आएको र एमसीसी पारित भए त्यो रकम निरन्तर आउने भएकाले पनि जबरजस्ती रुपमा एमसीसी पारित गराउन नेताहरु लागि परेको बताएका छन् ।

109 Views

ताजा

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ

२०८१ चैत्र ८ गते, शुक्रबार

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ

२०८१ चैत्र ८ गते, शुक्रबार

१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी

२०८१ चैत्र ८ गते, शुक्रबार

निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने

२०८१ चैत्र ८ गते, शुक्रबार

सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी

२०८१ चैत्र ८ गते, शुक्रबार

नयाँ टेलिसिरियल ‘बाचा’ मा सार्वजनिक (भिडियो)

२०८१ चैत्र ८ गते, शुक्रबार

आजबाट एसइई परीक्षा शुरु

२०८१ चैत्र ७ गते, बिहीबार

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप

२०८१ चैत्र ४ गते, सोमबार

प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही

२०८१ चैत्र ४ गते, सोमबार

सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन

२०८१ चैत्र ४ गते, सोमबार

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

२०८१ चैत्र ४ गते, सोमबार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal