इकाई अधिवेशन पुनः गर्न गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ का काङ्ग्रेसीको माग

२०७८ भाद्र २७ गते, आईतवार

काठमाडौ । गोरखाको भिमसेन थापा गाउँपालिकाको वडा नम्बर २ को इकाई अधिवेशन पुनः गर्न माग गर्दै स्थानीय काङ्ग्रेसी नेताले जिल्लाको निर्वाचन समितिसंग माग गरेका छन् ।
रबिलाल भट्ट, शंकर लामिछाने, देवेन्द्रराज अगाई, नारायण सोडारी र कृष्णप्रसाद भट्टले वडा अधिवेशनमा धाधली भएको भन्दै पुनः अधिवेशन गर्नुपर्ने माग गरेका छन् । उनीहरुले शुक्रबार एक विज्ञप्ती प्रकाशित गरी अधिवेशन निश्पक्ष नभएको र प्रशासनको बलमा एकलौटी गरिएको आरोप लगाएका छन् । उनिहरुले पार्टीको विधान र निर्वाचन निर्देशिकाविपरीत निर्वाचन भएको उल्लेख गरेका छन् ।
उनीहरूले निर्वाचन कार्यक्रम पनि प्रकाशन नगरेको र बीच बाटोबाट मनोमानी ढंगले प्रतिनिधिको नाम समावेश गरेको आरोप लगाएका छन् । उनीहरूले अपांग कोटाबाट आउनुपर्ने क्षेत्रीय प्रतिनिधिको अपांग परिचयपत्र नभएको , सरकारी तथा अर्ध सरकारी निकायमा कार्यरतलाई क्षेत्रीय प्रतिनिधि छनौट गरेको, खस आर्य कोटामा २ जना पुरुष र १ महिला हुनुपर्नेमा सबै पुरुष चयन गरिएको , जनजातिको महिला कोटा खाली पठाएको , प्रतिनिधि छनौट भएर आएका नवराज पान्डेको ठाउँमा उनको नामको सट्टा हरिप्रसाद पान्डे बनाएको भन्दै जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिएका हुन् ।
उनीहरूले प्रशासनको आडमा धाधलीपूर्ण निर्वाचन भएकोले उक्त निर्वाचन बदर गरी पुनः निर्वाचन गर्न माग गरेको जनाएका छन् ।

261 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal