संसार अनलाइन सिंङ्गिङ स्टार अवार्ड प्राप्ती र अश्विनलाई

२०७८ भाद्र २६ गते, शनिबार

काठमाडौं । संसार क्रियशन आयोजना र संसार अनलाइन टिभीको प्रस्तुतीमा सञ्चालन गरिएको संसार अनलाइन सिंङ्गिङ स्टार अवार्ड २०२०÷२१ प्राप्ती तामाङ र अश्विन प्रधानले पाएका छन् ।
शनिबार काठमाडौंमा आयोजना गरिएको प्रतिष्पर्धामा १६ वर्षमुनिको तर्फबाट गायनमा काभ्रेकी प्राप्ती तामाङ प्रथम भएकी छिन् । त्यस्तै काठमाडौंमा रितु श्रेष्ठ द्धितीय र भक्तपुरकी झरना खनाल तृतीय भएकी छिन् । प्रथम, द्धितीय र तृतीयले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपिँयासहित ट्रफी पुरस्कार पाएका छन् । उनीहरुले शनिबार आफ्नो गायकी प्रस्तुत गरेका थिए । त्यस्तै खुल्लातर्फ इलामका अश्विन प्रधान प्रथम, ललितपुर अमोघा बीर वज्राचार्य दोस्रो र आश्रय रञ्जित तेस्रो भएका थिए । खुल्लातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार , १५ हजार रुपिँया र १० हजार रुपिँयासहित ट्रफी पाएका छन् । निर्णायक तथा कार्यक्रममा उपस्थित अतिथिहरुले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए । गत वर्षबाट अनलाइन विधिबाट सहभागी भएका ७ सय ४० जना प्रतियोगीमध्ये १७ जना छनौट भएका थिए । प्रतियोगितामा सहभागी अन्यलाई पनि विविध प्रस्तुतीको लागि ट्रफी प्रदान गरिएको थियो । बाहिरी देशमा बस्ने १९ देशका नेपालीले पनि प्रतिष्पर्धामा भाग लिएका थिए ।
कार्यक्रमकी प्रमुख अतिथि उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले बालबालिकाको क्षमता विस्तार गर्ने यस प्रकारका कार्यक्रमले प्रतियोगीमा उत्साह प्रदान गर्ने बताइन् । गत वर्षबाट सुरु भएको कोरोनाका कारण मानिसको जनजीवन अस्तव्यस्त भएको बेला भएको यस किसिमको प्रतिष्पर्धाले मानिसमा निराशा कम गर्ने पनि जनाइन् । उनले गीत, संगीत र कलाको आफू पारखी भए पनि यसबारे आफू पोख्त नभएको स्पष्ट पारिन् ।
संसार अनलाइन टिभीका अध्यक्ष स्वतन्त्र महर्जनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिने बताए । उनले कोरोना संक्रमणकालमा मानिसमा छाएको अन्यौलता र दिक्दारीलाई थोरै भए पनि कम गर्न पनि कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारेका छन् ।

144 Views

ताजा

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ

२०८१ चैत्र ८ गते, शुक्रबार

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ

२०८१ चैत्र ८ गते, शुक्रबार

१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी

२०८१ चैत्र ८ गते, शुक्रबार

निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने

२०८१ चैत्र ८ गते, शुक्रबार

सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी

२०८१ चैत्र ८ गते, शुक्रबार

नयाँ टेलिसिरियल ‘बाचा’ मा सार्वजनिक (भिडियो)

२०८१ चैत्र ८ गते, शुक्रबार

आजबाट एसइई परीक्षा शुरु

२०८१ चैत्र ७ गते, बिहीबार

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप

२०८१ चैत्र ४ गते, सोमबार

प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही

२०८१ चैत्र ४ गते, सोमबार

सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन

२०८१ चैत्र ४ गते, सोमबार

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

२०८१ चैत्र ४ गते, सोमबार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal