एमसीसीजस्ता देशघाती सम्झौता नगर्न भ्रष्टाचारविरुद्ध नेपालको आग्रह
काठमाडौं । भ्रष्टाचारविरुद्ध नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) जस्ता सम्झौता नगर्न सरकारलाई आग्रह गरेको छ ।
संस्थाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै एमसीसीले नेपालको संविधानमाथि प्रहार गर्ने भएकाले बेलैमा सचेत रहन सरकारलाई आग्रह गरेको छ । गुपचुप रुपमा सरकारले एमसीसी सम्झौता गरेर नेपालको राष्ट्रियतामाथि प्रहार गर्न खोजेको भन्दै सचेत रहन आग्रह गरेको छ । संस्थाका अध्यक्ष रामकुमार ठाकुरद्धारा प्रकाशित विज्ञप्तीमा संविधानविपरीत सम्झौता गर्दा देशले हार्ने पनि स्पष्ट पारेको छ । संस्थाले हिजोको दिनमा कोशी, गण्डकी, महाकालीजस्ता सम्झौता गरेर आएको परिणामबारे पनि बुझ्न सरकारलाई आग्रह गरेको छ । संस्थाले एमसीसीले दिने ५५ अर्व रुपिँया कुनै ठूलो व्यापारीसँग कर असुली गर्दैमा आउने समेत जनाएको छ ।
‘सरकारले यस प्रकारका देशघाती सम्झौता गर्नुहुन्न, सानोतिनो पैसाको लोभमा राष्ट्रियता बेच्न पाइदैन’ अध्यक्ष ठाकुरले भने ‘ एमसीसी पारित गरे फाइदा हुन्छ भन्ने हो भने त्यो कुरा सरकारले पहिले जनतामाझ स्पष्ट पानुपर्छ ।’ संस्थाले भ्रष्टाचार र अनियमितताबारे आवाज उठाउँदै आएको छ । संस्थाले यसैबारे जानकारी दिन शनिबार थापागाउँको सम्वाद क्लवमा पत्रकार सम्मेलन पनि गरेको थियो ।