विद्यार्थीहरु पढ्न विदेश जान नपाएपछि मन्त्रीलाई भेट्यो फेकनले
काठमाडौं । शैक्षिक परामर्शदाताहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) ले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई पठाइदिने वातावरण मिलाउन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग आग्रह गरेको छ ।
फेकनको प्रतिनिधिमण्डलले हिजो राज्यमन्त्रीलाई उनकै कार्यकक्षमा भेटेर यसबारे आफ्ना धारणा प्रष्ट पारेको हो । फेकनका कोषाध्यक्ष अनिल शर्मा (पौडेल) ले आफूहरुले राज्यमन्त्री श्रेष्ठसँग भेटेर शैक्षिक परामर्शदाताको समस्याका साथै आफूहरुले भोग्दै आएको समस्याबारे जानकारी गराएको बताए । ‘हामीले राज्यमन्त्रीज्यूलाई भेटेर अहिले जे भइरहेको छ त्यो विषयमा प्रष्ट पारेका हौं’ उनले भने ‘हाम्रो मागमा उहाँ सकारात्मक हुनुभएको छ, प्रक्रिया मिलाएर सहजीकरण गरिदिने भन्नुभएको छ ।’ फेकनले जापान, अष्ट्रेलियालगायतका देशमा उच्च शिक्षा लिन जाने चाहने हजारौं विद्यार्थीहरुको सबै प्रक्रिया भइसक्दा पनि ती देशले रोक लगाएकाले विद्यार्थी समस्यामा परेको भन्दै समन्वय र सहजीकरण गरिदिन राज्यमन्त्रीलाई आग्रह गरेको हो ।
फेकनले राज्यमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीहरुले सीओइी पनि लिइसकेको र कलेजको शुल्क पनि बुझाइसकेको यो अवस्थामा विदेश पढ्न जान नपाउँदा झन् समस्या थपिएको स्पष्ट पारेको छ । फेकनले नेपाल सरकारले प्रदान गरेको कोरोनाको सबै प्रकारको खोप लगाएका विद्यार्थीलाई प्रक्रिया पूरा गरी ती सम्बन्धित देशबाट जारी गरिएको ‘भ्याक्सिन पासपोर्ट’ मा नेपाललाई पनि सहभागी गराउन कुटनीतिक पहल गरिदिनका लागि पनि राज्यमन्त्री श्रेष्ठलाई आग्रह गरेको छ । लामो समयदेखि विद्यार्थीहरु ती देशमा अध्ययन गर्न जान नपाउँदा उनीहरु र अभिभावकमा आर्थिकसँगै मानसिक तनाव भएको पनि फेकनले राज्यमन्त्रीलाई जानकारी गराएको छ ।
अध्यक्ष बासु नेपाल, उपाध्यक्ष हेमन्तराज दुलाल, सचिव छबिन्द्र ओझा, कोषाध्यक्ष पौडेल र सदस्य सबिन खड्का रहेको फेकनको प्रतिनिधिमण्डले राज्यमन्त्रीसँग भेट गरेको थियो । यसअघि फकेनले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँग पनि भेटेर यसबारे जानकारी गराइसकेको कोषाध्यक्ष पौडेलले जनाएका छन् ।
ताजा
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





