कम्युनिष्टको अब नेपालमा काम छैन भन्ने पुष्टि भइसकेको छ – कोषाध्यक्ष लक्ष्मी पाण्डे

काठमाडौ । नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले राजनीतिक परिस्थिति बदलिएपछि कांग्रेसलाई सत्ताको अवसर आए पनि कांग्रेस नमात्तिएको बताएकी छिन् ।
उनले कांग्रेस पुरानो र लोकतान्त्रिक पार्टी भएकाले बेलामौका यस्ता अवसर आइरहने पनि जनाइन् । ‘राजनीतिमा कहिले मौका आउँछ, कहिले गुम्छ स्वभाविक हो तर कुनै पनि अवस्थामा आत्तिनु र मात्तिनु हुँदैन’ उनले भनिन् ‘नेकपालाई जनताले २०७४ सालमा त्यत्रो मतदान गरेका थिए, उ मात्तियो र अहिले सर्वत्र आलोचित भयो ।’ उनले कम्युनिष्टको नाममा राजनीति गर्न अब उनीहरुलाई गाह्रो भएको समेत टिप्पणी गरिन् । हिजोको दिनमा जनतालाई ढाँटेर र फकाएर मत ल्याए पनि अब उनीहरुसँग आगामी निर्वाचनमा जाँदा ढाँट्ने कुरा पनि सकिएको बताइन् ।
‘अहिले कांग्रेसलाई जनताले एउटा वैकल्पिक पार्टीको रुपमा हेरेका छन्, यसको अर्थ देशमा कांग्रेस नै चाहिने रहेछ भन्ने पुष्टि भएको छ’ उनले थपिन् ‘ जुनसुकै आन्दोलनको नेतृत्व पनि कांग्रेसले गरेको छ र देशलाई असहज अवस्थाबाट सहज बनाउने कांग्रेसलाई कसैले पनि बिर्सन मिल्दैन ।’ उनले केपी शर्मा ओलीको ४० महिना २५ दिनको कार्यकाल हावादारी गफमै बितेको दाबी गरिन् । ‘त्यस्ता उरन्ठेउला गफ गरेर जनतालाई भ्रममा पार्ने दिन पनि गए’ पाण्डेले भनिन् ‘ अब जसले काम गरेर जनताको मन जित्छ उही पार्टीले देशको नेतृत्व गर्छ, यो जिम्मेवारी कांग्रेसलाई आएको छ ।’
उनले वर्तमान सरकारको आलोचना गर्ने बेला भइनसकेको बताइन् । सरकार भर्खरै बनेकाले केही पनि गरेन भनेर भनिहाल्ने समय नआएको उनको बुझाई छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीले जस्तो संविधान, कानुन र विधि मिचेर मनखुशी नगर्ने समेत ठोकुवा गरेकी छिन् । उनले नेपाली कांग्रेसको महाधिवेशनको प्रक्रिया अघि बढिसकेकाले महाधिवेशन नहोला कि भनेर कसैले पनि शंका गर्न नहुनेमा जोड दिइन् । बीचमा विभिन्न कारणले महाधिवेशन हुन नसकेको स्विकार्दै उनले भनिन् ‘अब पार्टीमा नयाँ नेतृत्व आउँछ, उसले पार्टीलाई मात्र होइन देशलाई नै सही दिशामा लाने छ ।’ उनले पार्टीमा युवा नेताको वहस चलिरहेकोमा पनि फरक मत राख्दै भनिन् ‘युवा नेता भनेर नागरिकता र उसको उमेर हेरिने होइन, उसले के काम गर्न सक्छ र हिजो के गरेको थियो त्यसको मूल्यांकन हुने हो ।’ उनले महाधिवेशनबाट पार्टीमा देखिएको गुटवन्दीको पनि अन्त्य हुने बताइन् ।
‘आपसी द्धन्द्ध हुँदा कस्तो परिणाम आउँदो रहेछ भन्ने कांग्रेसले भोगिसकेको छ त्यसैले पनि ती कुरालाई पार्टीले ख्याल गर्दै आगामी संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको तयारी गर्नुपर्छ’ उनले भनिन् ‘महाधिवेशनमा म पनि माथ्लो पदमा जाने छु तर अहिले नै उम्मेदवारी घोषणा गर्ने बेला भइसकेको छैन ।’
ताजा

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी
२०८१ चैत्र ८ गते, शुक्रबार
निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने
२०८१ चैत्र ८ गते, शुक्रबार
सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी
२०८१ चैत्र ८ गते, शुक्रबार
नयाँ टेलिसिरियल ‘बाचा’ मा सार्वजनिक (भिडियो)
२०८१ चैत्र ८ गते, शुक्रबार
आजबाट एसइई परीक्षा शुरु
२०८१ चैत्र ७ गते, बिहीबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार