विद्यार्थीहरु पढ्न विदेश जान नपाएपछि मन्त्रीलाई भेट्यो फेकनले

काठमाडौं । शैक्षिक परामर्शदाताहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) ले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई पठाइदिने वातावरण मिलाउन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग आग्रह गरेको छ ।
फेकनको प्रतिनिधिमण्डलले हिजो राज्यमन्त्रीलाई उनकै कार्यकक्षमा भेटेर यसबारे आफ्ना धारणा प्रष्ट पारेको हो । फेकनका कोषाध्यक्ष अनिल शर्मा (पौडेल) ले आफूहरुले राज्यमन्त्री श्रेष्ठसँग भेटेर शैक्षिक परामर्शदाताको समस्याका साथै आफूहरुले भोग्दै आएको समस्याबारे जानकारी गराएको बताए । ‘हामीले राज्यमन्त्रीज्यूलाई भेटेर अहिले जे भइरहेको छ त्यो विषयमा प्रष्ट पारेका हौं’ उनले भने ‘हाम्रो मागमा उहाँ सकारात्मक हुनुभएको छ, प्रक्रिया मिलाएर सहजीकरण गरिदिने भन्नुभएको छ ।’ फेकनले जापान, अष्ट्रेलियालगायतका देशमा उच्च शिक्षा लिन जाने चाहने हजारौं विद्यार्थीहरुको सबै प्रक्रिया भइसक्दा पनि ती देशले रोक लगाएकाले विद्यार्थी समस्यामा परेको भन्दै समन्वय र सहजीकरण गरिदिन राज्यमन्त्रीलाई आग्रह गरेको हो ।
फेकनले राज्यमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीहरुले सीओइी पनि लिइसकेको र कलेजको शुल्क पनि बुझाइसकेको यो अवस्थामा विदेश पढ्न जान नपाउँदा झन् समस्या थपिएको स्पष्ट पारेको छ । फेकनले नेपाल सरकारले प्रदान गरेको कोरोनाको सबै प्रकारको खोप लगाएका विद्यार्थीलाई प्रक्रिया पूरा गरी ती सम्बन्धित देशबाट जारी गरिएको ‘भ्याक्सिन पासपोर्ट’ मा नेपाललाई पनि सहभागी गराउन कुटनीतिक पहल गरिदिनका लागि पनि राज्यमन्त्री श्रेष्ठलाई आग्रह गरेको छ । लामो समयदेखि विद्यार्थीहरु ती देशमा अध्ययन गर्न जान नपाउँदा उनीहरु र अभिभावकमा आर्थिकसँगै मानसिक तनाव भएको पनि फेकनले राज्यमन्त्रीलाई जानकारी गराएको छ ।
अध्यक्ष बासु नेपाल, उपाध्यक्ष हेमन्तराज दुलाल, सचिव छबिन्द्र ओझा, कोषाध्यक्ष पौडेल र सदस्य सबिन खड्का रहेको फेकनको प्रतिनिधिमण्डले राज्यमन्त्रीसँग भेट गरेको थियो । यसअघि फकेनले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँग पनि भेटेर यसबारे जानकारी गराइसकेको कोषाध्यक्ष पौडेलले जनाएका छन् ।
ताजा

स्थानीयले जलविद्युत आयोजना तो,डफोड गरे
२०७९ श्रावण २९ गते, आईतवार
स्थानीयले जलविद्युत आयोजना तो,डफोड गरे
२०७९ श्रावण २९ गते, आईतवार
छोरी भएकै कारण बुवा र परिवारबाट हे,ला भएकी पूजा शर्माको रु,वाउने कथा (पढेर शेयर पनि गर्नुहाेला)
२०७९ श्रावण २९ गते, आईतवार
झापा उडेको यती एयरलाइन्सको जहाजमा भयो अचम्मको घ,टना , केहि मिनेट मै काठमाडौँ फर्कियो
२०७९ श्रावण २९ गते, आईतवार
धमाधम उठ्न थाल्याे राजधानीको फो,होर
२०७९ श्रावण २९ गते, आईतवार
साउदीमा दु,र्घटनामा परेर ग,म्भिर घा,इते भई नेपालमा उपचार, आर्थिक सहयोगका लागि परिवारको हा,रगुहार !
२०७९ श्रावण २९ गते, आईतवार
म बाँचुञ्जेल मेरो घरमा बस्न पाउँछु, बि,रामी भएँ भने उपचारका लागि म मेरो घर बे,च्न पाउँदिनँ : (ओली)
२०७९ श्रावण २९ गते, आईतवार
कमल थापाले ‘गाई’ नपाउने पक्कापक्की, कति मत आउला तिरमा ?
२०७९ श्रावण २९ गते, आईतवार
कसैसगँ डर हुदैन भने भगवनाको डर हुनुपर्छ, मधेशी नेतृत्वले त भगवानलाई पनि टेरेनन्ः रवि लामिछाने
२०७९ श्रावण २९ गते, आईतवारचरम सत्ता मोह र राष्ट्रियताको कोशेलीे
२०७९ श्रावण २९ गते, आईतवार
नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा विभिन्न विभाग र समिति गठन
२०७९ श्रावण २९ गते, आईतवारलोकप्रिय

लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित
२०७९ श्रावण २१ गते, शनिबारशिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल
२०७९ असार २८ गते, मंगलवार
गुल्मि जिल्ला कुमार वि:क काे दुवै मृर्गाैला फे,ल आर्थिक अवस्था निकै द,यनीय कृपया एक शेयर गरि सयाेगि मन सम्म पुर्याईदिनु हाेला
२०७९ असार २२ गते, बुधबार
चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?
२०७९ असार १८ गते, शनिबार
टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार