सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (भीडियो सहित)
काठमाडौं । संचारकर्मी एवं लोकप्रिय कलाकार सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’को म्युजिक भिडियो लोकार्पण भएको छ । आफ्नो प्रियालाई जुनसुकै शर्तमा पनि आफ्नो जीवनसाथी बनाउने संकल्प भाव रहेको नेपालभाषाको यो गीत मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा मेयर श्रेष्ठले नेपालभाषामा निर्माण गरिएको गीतलाई व्यावसायीकरण गर्नुपर्नेमा जोेड दिए । सांगीतिक अभिव्यक्तिलाई जुनसुकै समुदाय, वर्ग र भाषामा बनाएर अन्तर्राष्ट्रियकरण गर्न सकिने उहाँको भनाइ थियो । गीतको म्यूजिक भिडियोले विभिन्न ऐतिहासिक, सांस्कृतिक महत्वका स्थानहरुको प्रचारमा समेत योगदान हुने भन्नुहुँदै स्थानीय नेपालभाषालाई सम्बद्र्धन गर्ने गीत, संगीतमा आफ्नो पनि सहयोग रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
थिमिको प्यासिफिक फुड ल्याण्डमा आयोजित कार्यक्रममा लोकार्पण भएको कार्यक्रममा रचनाकार तथा गायक सुरजवीर बज्राचार्यले प्यारोडी गीतका रुपमा सृजित ‘हाकु मैंचा’ले आफ्नो मौलिक रुप पाएको उल्लेख गर्नुहुँदै संगीतकार जुगल डंगोलको साथले नवरुप प्राप्त गर्न सफल भएको स्मरण गर्नुभयो ।
‘हाकुमैंचा’ म्यूजिक भिडियो बालमुकुण्ड प्रजापतिको निर्देशनमा तयार भएको छ भने देवेन्द्र प्रजापतिको छायाँकन एवं सम्पादन रहेको छ ।
नेपाल सांस्कृतिक उत्थान परिषद्को व्यानरमा तयार भएको म्यूजिक भिडियोको मुख्य भूमिकामा अनु खड्का, रमेश बल्ल तथा आशाराम शिल्पकार छन् भने कलाकारहरु डेरिका छन्त्याल, आरती भासिमा, अस्मिता मानन्धर, लिजा तथा निशा प्रजापतिको समेत साथ रहेको छ । दिपक बज्राचार्य र सागर बनमालाको संयुक्त कोरियोग्राफी, आशा तामाङको श्रृंगार रहेको यस म्यूजिक भिडियो निर्माणमा महेशप्रकाश हाडाले ब्यवस्थापन गर्नुभएको हो ।
हामी दुई किनार, अस्वीकृत माया, ग्यानापु स्टाइल, बुदिंया भिंतुना लगायत गीतबाट चर्चा कमाउनु भएका बज्राचार्यले ‘तसकं यःम्ह’ गीतबाट सर्वोत्कृष्ट गायक नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड’ व अन्तर क्याम्पस गीत प्रतिस्पर्धामा समेत सर्वोत्कृष्ट गायकको अवार्ड जितिसक्नु भएको छ ।
तथा रचनाकार बज्राचार्य नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ ।
ताजा
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





