१७ लाखको कल्भर्ट सात दिनमा बन्यो ९ दिनपछि भत्कियो

२०७८ श्रावण ४ गते, सोमबार

उर्लाबारी । सधैं सुशासनका भाषण गरेर नथाक्ने उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले योजना सम्पन्न नगरीकन रकम निकासा गरिदिएको खुलासा भएको छ । मोरङको उर्लाबारी–१ मेचेडाँगीमा निर्माण भएको कल्भर्ट निर्माण सम्पन्न नभई गत असार २४ गते आएको बाढीले भत्कायो । असार ७ गते सम्झौता भएर १५ गते निर्माण सम्पन्न भएको कल्भर्ट गुणस्तरहीन सामग्री प्रयोग गरेर बनाएको स्थानीयको भनाई छ ।
मेचेडाँगीबाट १ नम्बर वडा कार्यालय जाने सडकको बिकासे पैनीमा निर्माण भएको कल्भर्ट यति बेला दुबै तर्फको सडकसाग सम्पर्क बिहीन बनेको छ । उप मेयर लक्ष्मीदेबी भण्डारीले कल्भर्टको अनुगमन गरेर रकम निकासा रोक्ने प्रयास गरेपनि मेयर फागोसँग निकट निर्माण कम्पनी भएकोले निकासा नरोकिएको बताइएको छ ।
मध्य वर्खायाममा कल्भर्ट निर्माण नगर्ने स्थानीय बासिन्दाको अनुरोधलाई बेवास्ता गर्दै नगरपालिकाले काम सुरु गरेको स्थानीय नरेन्द्र पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो–वर्खामास काम गर्न सकिन्न । छिनको छिनमा बाढी आउँछ । विगतमा पनि बाढीले कल्भर्ट बगाएपछि नगरले यो वर्ष बिग्रेको कल्भर्ट निर्माण योजना भनेर कल्भर्ट निर्माणको ठेक्का लगाएको हो । कल्भर्ट निर्माण गर्दा ठेकदारले जमीन मुनि ४ फिट पनि आरसीसी नगरेको स्थानीयको भनाई छ । कल्भर्ट जमीन माथि टक्रक्क राखिएको छ । दुई सुताका रड लगाएर कल्भर्टको पङ्खा जोडिएको छ । स्थानीयले भने ठेकदारसँग हामीले राम्रो काम गरिदिनु भनेर याचना ग¥यौं । तर, हामीलाई उल्टो थर्काए ।
कल्भर्ट १७ लाख ३५ हजार ६५९ रुपियाँ ६२ पैसामा अग्नि एण्ड सन्स निर्माण सेवा प्रालि कन्काई ३ झापाले निर्माण गरेको हो । नगरको आयोजना बोर्डमा उल्लेख भए अनुसार २०७८ को असार ७ गते योजनाको सम्झौता भएको हो । सात दिन अर्थात असार १५ गते योजना सम्पन्न भएको थियो । योजना सम्पन्न भएको ९ दिनपछि असार २४ गते राति आएको बाढीले कल्भर्ट भत्काएको छ ।कल्भर्र्टको दुबै तर्फको सडकको भाग बगेपछि अहिले सो सडक अबरुद्ध भएको छ ।
सात दिनमा कल्भर्ट बनाए पनि निर्माण कम्पनीले नगरबाट पैसा लगेको नगर उप प्रमुख लक्ष्मीदेवी भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार जति काम भएको छ । त्यतिको मात्र पैसा दिइएको हो । बाँकी काम गर्न असोज मसान्त सम्म म्याद थपि पैसा दिइएको उहाँले बताउनु भयो ।तर, नगरपालिका स्रोतका अनुसार ३० हजार रुपियाँ मात्र ठेकदारले लान बाँकी छ । कल्भर्ट निर्माण सम्पन्न गर्न अझै ३ लाख बढी रकम आवश्यक पर्ने स्थानीय बासिन्दाको भनाई छ ।
उता सोही वडाको हिले डाँगीमा निर्माण भएको अर्को कल्भर्ट निर्माण सम्पन्न नहुँदै भत्किएको छ । मध्यवर्खामा छिटो छिटो काम गर्दै बजेट सक्ने परिपाटीले उर्लाबारीका अधिकांश योजना सम्पन्न हुन नसकेको उप प्रमुख भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो–धेरै जसो योजनाको म्याद असोज मसान्त सम्म थपिएको छ । अनुगमन गरेर भएको कामको मात्र पैसा दिएका छौं उहाँले भन्नुभयो । गत आर्थिक वर्षमा नगरको गौरवको आयोजना भनेर घोषणा गरिएका दुई वटै आयोजनाको काम सुरु सम्म हुन सकेन । नगरमा जताततै नीतिगत भ्रष्चार छ । अनि मेयर भन्छन्–म भ्रष्टाचार गर्दिन र गर्न पनि दिने छैन ? काम नै सम्पन्न नगरि अग्रीम पैसा भुक्तान दिनु भ्रष्टाचार हो कि होइन मेयर साव ?

274 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal