सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (भीडियो सहित)

२०७८ श्रावण ४ गते, सोमबार

काठमाडौं । संचारकर्मी एवं लोकप्रिय कलाकार सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’को म्युजिक भिडियो लोकार्पण भएको छ । आफ्नो प्रियालाई जुनसुकै शर्तमा पनि आफ्नो जीवनसाथी बनाउने संकल्प भाव रहेको नेपालभाषाको यो गीत मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा मेयर श्रेष्ठले नेपालभाषामा निर्माण गरिएको गीतलाई व्यावसायीकरण गर्नुपर्नेमा जोेड दिए । सांगीतिक अभिव्यक्तिलाई जुनसुकै समुदाय, वर्ग र भाषामा बनाएर अन्तर्राष्ट्रियकरण गर्न सकिने उहाँको भनाइ थियो । गीतको म्यूजिक भिडियोले विभिन्न ऐतिहासिक, सांस्कृतिक महत्वका स्थानहरुको प्रचारमा समेत योगदान हुने भन्नुहुँदै स्थानीय नेपालभाषालाई सम्बद्र्धन गर्ने गीत, संगीतमा आफ्नो पनि सहयोग रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
थिमिको प्यासिफिक फुड ल्याण्डमा आयोजित कार्यक्रममा लोकार्पण भएको कार्यक्रममा रचनाकार तथा गायक सुरजवीर बज्राचार्यले प्यारोडी गीतका रुपमा सृजित ‘हाकु मैंचा’ले आफ्नो मौलिक रुप पाएको उल्लेख गर्नुहुँदै संगीतकार जुगल डंगोलको साथले नवरुप प्राप्त गर्न सफल भएको स्मरण गर्नुभयो ।
‘हाकुमैंचा’ म्यूजिक भिडियो बालमुकुण्ड प्रजापतिको निर्देशनमा तयार भएको छ भने देवेन्द्र प्रजापतिको छायाँकन एवं सम्पादन रहेको छ ।
नेपाल सांस्कृतिक उत्थान परिषद्को व्यानरमा तयार भएको म्यूजिक भिडियोको मुख्य भूमिकामा अनु खड्का, रमेश बल्ल तथा आशाराम शिल्पकार छन् भने कलाकारहरु डेरिका छन्त्याल, आरती भासिमा, अस्मिता मानन्धर, लिजा तथा निशा प्रजापतिको समेत साथ रहेको छ । दिपक बज्राचार्य र सागर बनमालाको संयुक्त कोरियोग्राफी, आशा तामाङको श्रृंगार रहेको यस म्यूजिक भिडियो निर्माणमा महेशप्रकाश हाडाले ब्यवस्थापन गर्नुभएको हो ।
हामी दुई किनार, अस्वीकृत माया, ग्यानापु स्टाइल, बुदिंया भिंतुना लगायत गीतबाट चर्चा कमाउनु भएका बज्राचार्यले ‘तसकं यःम्ह’ गीतबाट सर्वोत्कृष्ट गायक नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड’ व अन्तर क्याम्पस गीत प्रतिस्पर्धामा समेत सर्वोत्कृष्ट गायकको अवार्ड जितिसक्नु भएको छ ।
तथा रचनाकार बज्राचार्य नेवाः पत्रकार राष्ट्रिय दबूको केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ ।

224 Views

ताजा

कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग

२०८२ जेष्ठ २५ गते, आईतवार

कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग

२०८२ जेष्ठ २५ गते, आईतवार

राजन लम्साल लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल “आइडी इन्डोर्सी” पदमा विजय

२०८२ जेष्ठ २५ गते, आईतवार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

संकल्पको “झुठै भएनी” मा सागर र मनिषाको अन्स्क्रिन प्रेम (भिडिओ)

२०८२ जेष्ठ २४ गते, शनिबार

भीरकोटमा कृषि र पशु विकासमा परियोजना

२०८२ जेष्ठ २३ गते, शुक्रबार

मंगोलियाका प्रधानमन्त्रीको राजीनामाले नेपालको नैतिकविहीन राजनीतिलाई गिज्यायोः कांग्रेस नेता डा.शर्मा

२०८२ जेष्ठ २३ गते, शुक्रबार

वरिष्ठ अधिवक्ता शम्भु थापाको सर्वत्र आलोचना

२०८२ जेष्ठ २३ गते, शुक्रबार

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै , हट्ला त अवरोध ?

२०८२ जेष्ठ २३ गते, शुक्रबार

जापानमा नेपाल फेसन एण्ड इन्टरमेन्ट इनटरनेशनल अवार्ड सम्पन्न

२०८२ जेष्ठ २३ गते, शुक्रबार

मालपोत कार्यालय भक्तपुर बनाए कार्कीले आकर्षक

२०८२ जेष्ठ २२ गते, बिहीबार

लोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal