प्रधानमन्त्री शेरबहादुर देउवालाई खुल्ला पत्र
लिला बल्लभ नेपाल
सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार, म यहाँ जसोतसो बाँचेकै छु र हजुर पनि आराम कुशलै हुनुहुन्छ होला भन्ने कामना गर्दछु ।
विशेष महत्वपूर्ण कुरा त केही थिएन तर पनि पटक पटकको संसद विघटन सर्बोच्च अदालतवाट पुर्नस्थापना भई तपाईं माननीय शेरवहादुर देउवा मेरो देशको प्रधानमन्त्री हुनु भएकोमा धेरै खुशी लागेको छ । आज देशले परिवर्तन खोजिरहेको छ, संविधानले रक्षाको भीख मागिरहेको अवस्था छ । जनताहरु शोक, भोक र महामारीले ग्रस्त छन् । जनताको आलो घाउमा मल्हम लगाउने एउटा अनुभवी नेताको खाँचो खड्किरहेको छ देशमा । देशले समृद्धिको यात्रा तय गर्न सकेको छैन, सुशासन कानुनका पानामा मात्र सीमित देखिएको अवस्था छ । चाङका चाङ आस्वासनहरुले जनताको जीवन यापन कठिन बन्दै गहिरहेको छ । देशी विदेशी शक्तिहरुले नेपाल र नेपालीको कमजोरीमा खेल्ने आँट गरिरहेका छन् । उत्तर दक्षिणका खेलहरु सलबलाउँदै गरेको अवस्था छ । नेपालीहरुको अपुरो र अधुरो सपना चकनाचुर हुनवाट बचाउने ठुलो जिम्मेवारी तपाईंको काँधमा छ । भ्रष्टाचारको जरोले देश जकडिएको छ । कानून उल्लंघनका घटनाहरु दिनानुदिन बढ्दै गहिरहेको अवस्था छ । राष्ट्रबादको बिल्ला लगाएर जनताको मनोभावनासँग खेल्ने प्रवृत्ति हावी हुँदै गएको छ । आफु केही गर्न नसक्ने अनि देशी विदेशी शक्तिहरुले केही गर्न दिएनन् भन्ने बानी छ हाम्रो । तपाईंको अवको कार्यदिशा के हो रु तपाईं कुर्सीकै लागि मात्र आउँनु भएको हो या छोटो समयमा जनतालाई केही परिवर्तनको सन्देश दिन चाहानु हुन्छ रु तपाई आगामी दिनमा तपाईले तयार पार्नु भएको एक्शन प्लान सहित जनता समक्ष प्रस्तुत हुनुहोस् । तपाईंको सत्ता रोहणका हरेक पल पललाई नेपाली जनताले नजिक वाट नियाली रहेका छन् । चुनाबको मुख पनि भएकाले तपाईंको राजनीतिक जीवनको गम्भीर परीक्षण बन्न सक्छ यो समय । तपाईले जनतालाई सपना हैन यथार्थता बाँड्नुहोस् ताकी तपाईंले जनतासँग हैन जनता तपाईंलाई खोज्दै भोट दिन लालायित हुन सकुन् । देशको सम्पूर्ण शक्ति एकत्रित गर्दै कोरोना संक्रमण संग लड्दै रोग, भोक र शोकबाट नेपाली जनतालाई बचाउनुहोस, चुनाबताका तपाईंले देखाएका सपनाहरु एक एक गर्दै पुरा गर्न तिर लाग्नुहोस् ।समग्र अर्थतन्त्रको विकाससँगै दरिलो राष्ट्रिए एकता कायम गर्दै भौगोलिक अखण्डता कायम गर्नुहोस, राष्ट्रियता प्रति आफ्नो चट्टानी अडानलाई सबल बनाउँदै कुटनैतिक माध्यमबाट छिमेकी मुलुकहरुसँग सन्तुलित सम्बन्ध स्थापित गर्नुहोस् । तपाईं सामु खडा भएका यी सबै तपाईंका महत्वपूर्ण नैतिक जिम्मेवारीहरु हुन् । कोरोना महामारीले थलिएको अर्थतन्त्रको शिकार बनेका नेपाली जनताहरुले शोक र भोकले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था कहिल्यै नआवस्, महामारीमा आफन्त गुमाएको पीडामा तपाईंको मल्हम पट्टी खोजिरहेका छन् नेपाली जनताहरु, रोहिरहेका जनताहरुको आँखाको आशु पुछ्न प्रशस्त रुमाल खरिद गर्नुहोस् ताकी नेपाली जनताको आँशुले यो पुण्य भूमी पिर्न सकोस् । स्थानीय तह, प्रदेश तथा संघमा भएका बिक्रितिहरुको भण्डाफोर गर्दै आफ्नै मान्छेलाई कारवाही गर्नु पर्योस भने पनि छाती ठुलो पारेर गर्नुहोस्, भ्रष्टाचारजन्य कृयाकलाप तथा आपराधिक कृयाकलापमा संलग्न रहेको आरोप लागेका र कानूनले सजाय तोकेका व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउनुहोस्, कुर्सी र सत्तामा लिप्त हुने कार्य कहिल्यै नगर्नुहोस्, आफु जनताको सेबक भएको प्रमाणित गरेर देखाउनुहोस्, राजनीतिक अठोट र इच्छा शक्तिलाई प्रदेश र स्थानीय तह हुँदै सुशासन, विकास र समृद्धि प्राप्त गर्ने दिशामा केन्द्रीत गर्नुहोस्, भ्रष्टाचारजन्य कृयाकलाप तथा आपराधिक कृयाकलापमा संलग्न रहेको आरोप लागेका र कानूनले सजाय तोकेका व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउनुहोस्, सार्बजनिक रुपमा खाएका बाचाहरुरकसमहरु एक एक गर्दै पुरा गर्न तिर लाग्नुहोस्, गरिबिको रेखा मुनी रहेको जनसंख्या निकै ठुलो छ नेपालमा, त्यसैले गरिबलाई पुरा गर्न नसकिने आश्वासन कहिल्यै नदिनुहोस्, स्थानीय तह, प्रदेश तथा संघमा भएका बिक्रितिहरुको भण्डाफोर गर्ने र आफ्नै मान्छेलाई कारवाही गर्नु पर्योय भने पनि छाती ठुलो परेर जनताको पक्षमा निर्णय गर्न नहिच्किचाउनुहोस्, नेपाली जनताहरु महामारीमा शोक र भोकको पीडामा छन्, कम्तिमा पनि गरिबको भान्सामा चामल र दाउराको ब्यवस्था गर्ने अभियान चलाउनुहोस्, गरिब र निमुखाको पक्षमा बोल्ने तथा निर्णय गर्ने संस्कारको विकास गर्नुहोस्, संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यबाट स्रोत, साधन र अवसरको अधिकतम परिचालन गर्दै समृद्धि तर्फ अघि बढ्ने आधारशिलाको खाका तयार पारी त्यसको कार्यान्वयन गर्नुहोस्, आफ्नो काँधमा जनताले विश्वास साथ विशेष जिम्मेवारी सुम्पेका छन् भन्ने कुरा कहिल्यै नविर्षिनुहोस्, रोजगारी तथा स्वरोजगारका अवशरको सिर्जना हुने गरी नीति तथा विकास कार्यक्रमको शुरुवात गर्नुहोस्, सहज, सुलभ, गुणस्तरीय, जीवन उपयोगी तथा समाज उपयोगी शिक्षा प्रणालीको विकास गर्दै सर्बसाधारण गरिब निमुखा जनतामा प्रत्यक्ष लाभ पुग्ने उल्लेखनीय काम गरेर देखाउनुहोस्, सबल लोकतान्त्रिक प्रणालीको अवलम्वन गर्दै उच्चस्तरको शान्ति र सुब्यवस्था, जवाफदेहिता, कानूनको शासन तथा नागरिकका हक अधिकारको पूर्ण उपभोगको सुनिश्चित गर्न नागरिकमा परिवर्तनको महशुष हुने गरी शासकीय सुधारलाई सबल बनाउने प्रयास गर्नुहोस्, समृद्ध नेपाल सुखी नेपालीको नाराप्रति अक्षरसः प्रतिबद्ध भएको कुरा जनता समक्ष प्रमाणित गरेर देखाउनुहोस् । ूजुन जोगी आए पनि कानै चिरेकोू, उखानलाई झुट सावित गरेर देखाइदिनुहोस् ताकी नेपाली जनताले तपाईंमाथी गर्व गरुन् । यो समय तपाईंको सरकारको अग्नी परीक्षाको समय हो, छोटो समयमा आफुलाई अब्बल देखाउन कुनै कसर बाँकी नराख्नुहोस् । राष्ट्रबादको दरिलो खम्वा सुशासनको कार्यान्वयनलाई फितलो हुन कहिल्यै नदिनुहोस् । तपाईंका यी अस्त्र चुनाबी मैदानको राम बाँण बन्न सकुन। आज तपाईंको स्वागतको समयमा म सँग तपाईंलाई दिन केही नभए पनि तपाईंको नाम नेपाली जनताको मन मस्तिस्कमा स्वर्णिम अक्षरले लेखियोस् भन्ने शुभकामना दिन चाहान्छु नवनियुक्त प्रधानमन्त्री शेर वहादुर देउवाज्यू । राजनीतिक धार जसको जता भए पनि समग्रमा हामी नेपाली जनता हो नि हैनौं र रु तपाईंको शुभेच्छाले अव उप्रान्त कुनै पनि नेपालीले शोक, भोक र महामारीवाट अकालमा ज्यान गुमाउनु नपरोस्, तपाईंको नामा राजनेताको रुपमा नेपालको इतिहासका पानामा स्वर्णिम अक्षरले लेख्न पाउँ भन्ने मनोकामना छ मेरो । तपाईं लगायत सबै सबैको जय होस् । सफल कार्यकालको शुभकामना प्रधानमन्त्रीज्यू ।
भन्न र लेख्न अझ धेरै मन थियो, मनका वह पोख्दा पोख्दै रात धेरै छिप्पिसकेछ । यो महामारीमा बाँचिएछ भने तपाईंसँग भेटेरै मनका वह पोख्न मन छ, सदियौं अगाडी विजेको मनको काँडो निकालिदिने कोही भएन प्रधानमन्त्रीज्यू, अव तपाई मेरो देशको प्रधानमन्त्री हुनु भएको छ, पक्कै पनि मेरो आलो घाउमा मल्हम लगाइदिन आउनु हुनेछ भन्ने आशा गर्दै आजलाई मेरो कलम यहि बन्द गर्दछु। उहि तपाईंको शोक, भोक, पीडा र अशान्तिमा छट्पटाईरहेको नेपाली नागरिक ।
बिराटनगर
ताजा
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





