विवादित बन्दै राष्ट्रपति विद्यादेवी भण्डारी

२०७८ श्रावण ३ गते, आईतवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नै व्यवहारका कारण पटकपटक विवादमा पर्दै आएकी छिन् । असार २८ गते सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री ओली पदमुक्त भएपछि त्यसको असर राष्ट्रपतिलाई पनि परेको छ ।
राष्ट्रपति र प्रधानमन्त्री मिलेर सधैं संविधानविरोधी काम गर्दै आफ्नो स्वार्थमात्र पूरा गर्दै आएकामा अब ओली प्रधानमन्त्रीबाट खुस्केपछि राष्ट्रपतिको एक्लो प्रयासले मात्र त्यो सम्भव छैन । ओली सरकारबाट बाहिरिएपछि राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउने चर्चा चलेको छ तर हटाउन दुई तिहाई चाहिने र संसदबाट पास गर्नुपर्ने भएकाले यही राजनीतिक समीकरणमा सम्भव देखिँदैन । भोलिको दिनमा राष्ट्रपति संविधानको संरक्षक बन्न नसकेको, एमालेको ओली गुटको फाइदाका लागिमात्र काम गर्ने गरेको भन्दै सबै एकमत हुने हो भने त्यस्तो दिन नआउला भन्न सकिँदैन । एमालेको माधवकुमार नेपाल पक्षले ओली पक्षका सांसदलाई आफ्नो हातमा लिन सकेको खण्डमा उनीमाथि महाअभियोग लाग्ने खतरा टरेको छैन । ओलीका कारण राष्ट्रपति पनि बद्नाम भएकी छिन् । ओलीले जे गरे पनि आँखा चिम्लेर सही गर्ने गरेकी राष्ट्रपतिले गरेको गलत निर्णयको कुनै दिन अवश्य पनि आफैंले समीक्षा गर्नुपर्ने अवस्था आउन सक्छ । ओलीको एकलो निर्णयमा नै भण्डारी फेरि पनि राष्ट्रपति भएकी थिइन् ।
प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवाले शपथ गरेपछि उनले देउवालाई बधाईसमेत दिइनन् । राष्ट्रपति सबैको साझा हुनुपर्नेमा ओलीबाहेक अरुको भलो नचिताउने गरेको उदाहरण यसैबाट पनि प्रष्ट हुन्छ । लोकका लागि पनि उनले देउवालाई बधाई दिएको भए यस्तो आलोचना
गर्ने दिन आउँदैनथ्यो । महाअभियोग पारित भएर उनी पदबाट हटिन् भने पूर्व राष्ट्रपतिको हैसियतले पाउने सरकारी सुविधा पनि पाउँदिनन् । संविधानले कोही पनि व्यक्ति दुइपटकभन्दा बढी राष्ट्रपति बन्न नसक्ने व्यवस्था गरेको छ ।
शुक्रवार महान्यायाधीवक्ता खम्मबहादुर खातीलाई पनि राष्ट्रपतिले आफ्नो सरकारी कार्यालय शितलनीवासमा शफथ गराइन् । राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले महान्यायाधीवक्तालाई शपथ गराउने परम्परा पनि उनले तोडेकी छिन् । राष्ट्रपतिले नमानेपछि नवनियुक्त महान्यायाधीवक्ताको शपथ सर्वोच्च अदालतमा भएको थियो ।
यसरी उनले गरेका क्रियाकलापबाट जनता निराश भएका छन् । संविधानले राष्ट्रपतिलाई अभिभावक र देशको संरक्षक बनाए पनि राष्ट्रपति भण्डारीको कदमले त्यो शव्द र भावनालाई पनि गिज्याउन थालेको छ ।

271 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal