शंकाको घेरमा परेका नेपाल अडानबाट किन बिच्किएनन् ?

२०७८ श्रावण ३ गते, आईतवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई धेरैले अडान नभएको र बेलाबेला विचार परिवर्तन गरिरहने नेताका रुपमा चित्रण गरेका थिए तर यसपालि पाँचदलीय गठबन्धन टिकाएका छन् ।
पटकपटक एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देउवालाई प्रधानमन्त्री बन्नका लागि दिएको समर्थन फिर्ता लिन आग्रह गरे पनि नेपालले मानेनन् अन्ततः नेपालकै जीत भएको छ । नेपालले यसलाई आफ्नोमात्र नभएर लोकतन्त्रको, संविधानको र समस्त नेपालीको खुशीको दिन भएको टिप्पणी गरेका छन् । नेपाल पक्षका २३ जना सांसदले गत जेष्ठ १० गते देउवालाई
प्रधानमन्त्रीमा समर्थन गरेका थिए । बीचमा नेपाल ओलीको लोभमा पर्छन् कि भनेर त्यही पक्षबाट शंका गरिँदै आए पनि अन्तिममा आएर उनले ओलीलाई सरकारबाट ढालेरै छोडेका छन् । नेपालले कडा अडान नलिएको भए यो राजनीतिक परिवर्तन पनि सम्भव थिएन ।
यसअघि पनि पार्टीमा पटकपटक विवाद हुँदा अन्तिम क्षणमा आएर कुनै न कुनै सहमति गरेर आफ्नो पक्षको भावनामाथि खेलवाड गरेका नेपालको अडानले नै देउवा प्रधानमन्त्री बनेका हुन् । नेपाललाई देशभरका आफ्ना पक्षका नेता तथा कार्यकर्ताले पनि कुनै पनि हालतमा ओलीसँग नझुक्न दवाव दिँदै आएपछि नेपाल पनि अडानमा अडिग भएका थिए । नेपालले ओलीलाई सच्याउनमात्र अरु दलसँग गठबन्धन गरेको र अहिले आएर आफ्नो लक्ष्य पूरा भएको स्पष्ट पारेका छन् । नेपालले पार्टीलाई एकताबद्ध बनाएर लान सकिने तर त्यसको लागि ओलकिो व्यवहार पार्टीमैत्री हुनुपर्ने धारणा राखेका छन् ।
ओलीले जुनसुकै निर्णय गर्दा पनि पार्टीभन्दा आफैं ठूलो हुँ भनेर गर्ने गरेकाले पनि ओली पार्टी र जनताबाट पटकपटक आलोचित बन्दै आएका छन् । ओलीले राजनीतिबाट पाउनुपर्ने सबै पद पाएका छन् र त्यसको फाइदा पनि उठाएका छन् तर कार्यकर्ताको राजनीति भने चौपट बनाइदिएका छन् ।

277 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal