शंकाको घेरमा परेका नेपाल अडानबाट किन बिच्किएनन् ?

२०७८ श्रावण ३ गते, आईतवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई धेरैले अडान नभएको र बेलाबेला विचार परिवर्तन गरिरहने नेताका रुपमा चित्रण गरेका थिए तर यसपालि पाँचदलीय गठबन्धन टिकाएका छन् ।
पटकपटक एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देउवालाई प्रधानमन्त्री बन्नका लागि दिएको समर्थन फिर्ता लिन आग्रह गरे पनि नेपालले मानेनन् अन्ततः नेपालकै जीत भएको छ । नेपालले यसलाई आफ्नोमात्र नभएर लोकतन्त्रको, संविधानको र समस्त नेपालीको खुशीको दिन भएको टिप्पणी गरेका छन् । नेपाल पक्षका २३ जना सांसदले गत जेष्ठ १० गते देउवालाई
प्रधानमन्त्रीमा समर्थन गरेका थिए । बीचमा नेपाल ओलीको लोभमा पर्छन् कि भनेर त्यही पक्षबाट शंका गरिँदै आए पनि अन्तिममा आएर उनले ओलीलाई सरकारबाट ढालेरै छोडेका छन् । नेपालले कडा अडान नलिएको भए यो राजनीतिक परिवर्तन पनि सम्भव थिएन ।
यसअघि पनि पार्टीमा पटकपटक विवाद हुँदा अन्तिम क्षणमा आएर कुनै न कुनै सहमति गरेर आफ्नो पक्षको भावनामाथि खेलवाड गरेका नेपालको अडानले नै देउवा प्रधानमन्त्री बनेका हुन् । नेपाललाई देशभरका आफ्ना पक्षका नेता तथा कार्यकर्ताले पनि कुनै पनि हालतमा ओलीसँग नझुक्न दवाव दिँदै आएपछि नेपाल पनि अडानमा अडिग भएका थिए । नेपालले ओलीलाई सच्याउनमात्र अरु दलसँग गठबन्धन गरेको र अहिले आएर आफ्नो लक्ष्य पूरा भएको स्पष्ट पारेका छन् । नेपालले पार्टीलाई एकताबद्ध बनाएर लान सकिने तर त्यसको लागि ओलकिो व्यवहार पार्टीमैत्री हुनुपर्ने धारणा राखेका छन् ।
ओलीले जुनसुकै निर्णय गर्दा पनि पार्टीभन्दा आफैं ठूलो हुँ भनेर गर्ने गरेकाले पनि ओली पार्टी र जनताबाट पटकपटक आलोचित बन्दै आएका छन् । ओलीले राजनीतिबाट पाउनुपर्ने सबै पद पाएका छन् र त्यसको फाइदा पनि उठाएका छन् तर कार्यकर्ताको राजनीति भने चौपट बनाइदिएका छन् ।

164 Views

ताजा

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

२०८१ बैशाख ५ गते, बुधबार

गायिका एलिनाले कसिन सापकोटासँग लगनगाँठो

२०८१ बैशाख ५ गते, बुधबार

छ छक्का प्रहार गरेर विश्व हल्लाएका दीपेन्द्रको आईसीसी वरीयतामा छलाङ

२०८१ बैशाख ५ गते, बुधबार

पुरुष र पुरुषत्वसम्बन्धी स्रोत केन्द्रको उद्घाटन

२०८१ बैशाख ५ गते, बुधबार

सुशासन र विकास पार्टीको ‘एजेण्डा’ हुनुपर्छः महामन्त्री थापा

२०८१ बैशाख ४ गते, मंगलवार

काठमाडौं विश्वको दोस्रो प्रदुषित शहर

२०८१ बैशाख ४ गते, मंगलवार

बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियो सहित)

२०८१ बैशाख ४ गते, मंगलवार

डा. डीआर उपाध्यायका डेढ सय बढी कीर्तिमान

२०८० चैत्र २३ गते, शुक्रबार

गायक राजेशपायल राईको सम्बन्ध विच्छेद

२०८० चैत्र २३ गते, शुक्रबार

नर्सिङ कलेजमा अध्ययनरत छात्रा ५ तलाबाट हाम फालेर मृत्यु

२०८० चैत्र २३ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal