विवादित बन्दै राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नै व्यवहारका कारण पटकपटक विवादमा पर्दै आएकी छिन् । असार २८ गते सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री ओली पदमुक्त भएपछि त्यसको असर राष्ट्रपतिलाई पनि परेको छ ।
राष्ट्रपति र प्रधानमन्त्री मिलेर सधैं संविधानविरोधी काम गर्दै आफ्नो स्वार्थमात्र पूरा गर्दै आएकामा अब ओली प्रधानमन्त्रीबाट खुस्केपछि राष्ट्रपतिको एक्लो प्रयासले मात्र त्यो सम्भव छैन । ओली सरकारबाट बाहिरिएपछि राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउने चर्चा चलेको छ तर हटाउन दुई तिहाई चाहिने र संसदबाट पास गर्नुपर्ने भएकाले यही राजनीतिक समीकरणमा सम्भव देखिँदैन । भोलिको दिनमा राष्ट्रपति संविधानको संरक्षक बन्न नसकेको, एमालेको ओली गुटको फाइदाका लागिमात्र काम गर्ने गरेको भन्दै सबै एकमत हुने हो भने त्यस्तो दिन नआउला भन्न सकिँदैन । एमालेको माधवकुमार नेपाल पक्षले ओली पक्षका सांसदलाई आफ्नो हातमा लिन सकेको खण्डमा उनीमाथि महाअभियोग लाग्ने खतरा टरेको छैन । ओलीका कारण राष्ट्रपति पनि बद्नाम भएकी छिन् । ओलीले जे गरे पनि आँखा चिम्लेर सही गर्ने गरेकी राष्ट्रपतिले गरेको गलत निर्णयको कुनै दिन अवश्य पनि आफैंले समीक्षा गर्नुपर्ने अवस्था आउन सक्छ । ओलीको एकलो निर्णयमा नै भण्डारी फेरि पनि राष्ट्रपति भएकी थिइन् ।
प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवाले शपथ गरेपछि उनले देउवालाई बधाईसमेत दिइनन् । राष्ट्रपति सबैको साझा हुनुपर्नेमा ओलीबाहेक अरुको भलो नचिताउने गरेको उदाहरण यसैबाट पनि प्रष्ट हुन्छ । लोकका लागि पनि उनले देउवालाई बधाई दिएको भए यस्तो आलोचना
गर्ने दिन आउँदैनथ्यो । महाअभियोग पारित भएर उनी पदबाट हटिन् भने पूर्व राष्ट्रपतिको हैसियतले पाउने सरकारी सुविधा पनि पाउँदिनन् । संविधानले कोही पनि व्यक्ति दुइपटकभन्दा बढी राष्ट्रपति बन्न नसक्ने व्यवस्था गरेको छ ।
शुक्रवार महान्यायाधीवक्ता खम्मबहादुर खातीलाई पनि राष्ट्रपतिले आफ्नो सरकारी कार्यालय शितलनीवासमा शफथ गराइन् । राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले महान्यायाधीवक्तालाई शपथ गराउने परम्परा पनि उनले तोडेकी छिन् । राष्ट्रपतिले नमानेपछि नवनियुक्त महान्यायाधीवक्ताको शपथ सर्वोच्च अदालतमा भएको थियो ।
यसरी उनले गरेका क्रियाकलापबाट जनता निराश भएका छन् । संविधानले राष्ट्रपतिलाई अभिभावक र देशको संरक्षक बनाए पनि राष्ट्रपति भण्डारीको कदमले त्यो शव्द र भावनालाई पनि गिज्याउन थालेको छ ।
ताजा

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबार
फूल बिक्री गरेरै मासिक दुई लाख रुपैयाँ आम्दानी
२०८१ चैत्र ४ गते, सोमबार
श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
२०८१ चैत्र ४ गते, सोमबार
धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने
२०८१ चैत्र ३ गते, आईतवार
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर
२०८१ चैत्र ३ गते, आईतवार
प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक
२०८१ चैत्र ३ गते, आईतवारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार