विवादित बन्दै राष्ट्रपति विद्यादेवी भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नै व्यवहारका कारण पटकपटक विवादमा पर्दै आएकी छिन् । असार २८ गते सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री ओली पदमुक्त भएपछि त्यसको असर राष्ट्रपतिलाई पनि परेको छ ।
राष्ट्रपति र प्रधानमन्त्री मिलेर सधैं संविधानविरोधी काम गर्दै आफ्नो स्वार्थमात्र पूरा गर्दै आएकामा अब ओली प्रधानमन्त्रीबाट खुस्केपछि राष्ट्रपतिको एक्लो प्रयासले मात्र त्यो सम्भव छैन । ओली सरकारबाट बाहिरिएपछि राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउने चर्चा चलेको छ तर हटाउन दुई तिहाई चाहिने र संसदबाट पास गर्नुपर्ने भएकाले यही राजनीतिक समीकरणमा सम्भव देखिँदैन । भोलिको दिनमा राष्ट्रपति संविधानको संरक्षक बन्न नसकेको, एमालेको ओली गुटको फाइदाका लागिमात्र काम गर्ने गरेको भन्दै सबै एकमत हुने हो भने त्यस्तो दिन नआउला भन्न सकिँदैन । एमालेको माधवकुमार नेपाल पक्षले ओली पक्षका सांसदलाई आफ्नो हातमा लिन सकेको खण्डमा उनीमाथि महाअभियोग लाग्ने खतरा टरेको छैन । ओलीका कारण राष्ट्रपति पनि बद्नाम भएकी छिन् । ओलीले जे गरे पनि आँखा चिम्लेर सही गर्ने गरेकी राष्ट्रपतिले गरेको गलत निर्णयको कुनै दिन अवश्य पनि आफैंले समीक्षा गर्नुपर्ने अवस्था आउन सक्छ । ओलीको एकलो निर्णयमा नै भण्डारी फेरि पनि राष्ट्रपति भएकी थिइन् ।
प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवाले शपथ गरेपछि उनले देउवालाई बधाईसमेत दिइनन् । राष्ट्रपति सबैको साझा हुनुपर्नेमा ओलीबाहेक अरुको भलो नचिताउने गरेको उदाहरण यसैबाट पनि प्रष्ट हुन्छ । लोकका लागि पनि उनले देउवालाई बधाई दिएको भए यस्तो आलोचना
गर्ने दिन आउँदैनथ्यो । महाअभियोग पारित भएर उनी पदबाट हटिन् भने पूर्व राष्ट्रपतिको हैसियतले पाउने सरकारी सुविधा पनि पाउँदिनन् । संविधानले कोही पनि व्यक्ति दुइपटकभन्दा बढी राष्ट्रपति बन्न नसक्ने व्यवस्था गरेको छ ।
शुक्रवार महान्यायाधीवक्ता खम्मबहादुर खातीलाई पनि राष्ट्रपतिले आफ्नो सरकारी कार्यालय शितलनीवासमा शफथ गराइन् । राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले महान्यायाधीवक्तालाई शपथ गराउने परम्परा पनि उनले तोडेकी छिन् । राष्ट्रपतिले नमानेपछि नवनियुक्त महान्यायाधीवक्ताको शपथ सर्वोच्च अदालतमा भएको थियो ।
यसरी उनले गरेका क्रियाकलापबाट जनता निराश भएका छन् । संविधानले राष्ट्रपतिलाई अभिभावक र देशको संरक्षक बनाए पनि राष्ट्रपति भण्डारीको कदमले त्यो शव्द र भावनालाई पनि गिज्याउन थालेको छ ।
ताजा
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





