अरुको सेवा गर्दागर्दै कोरोना संक्रमित भएका कुँवर फेरि जागे

२०७८ श्रावण ३ गते, आईतवार

काठमाडौं । कोरोना लागेर केही दिन थला परेका वाफल काठमाडौका समाजसेवी ताराबहादुर कुँवर थाकेका छैनन् । उनले शनिवार रक्तदान अभियान चलाए । उनले आफूलाई जस्तो अरुलाई समस्या नपरोस् भनेर विभिन्न समयमा सामाजिक अभियान चलाएको बताउँछन् । उनी आफ्नो सेवाबाट जनताले राहत पाउँछन् भने कहिल्यै पनि पछि नहट्ने बताउँछन् ।
५० पाउण्ड रगत संकलन गर्ने लक्ष्य लिएका उनको अभियानमा झण्डै ७० जना रक्तदानको लागि तयार भए पनि २६ पाउण्ड रगतमात्र संकलन भएको थियो । ‘रक्तदान गर्न त धेरै मानिस आएका थिए तर कसैको के मिलेन, कसैले दिन मिलेन सोचेभन्दा कम भयो’ उनले भने ‘हाम्रो अभियानमा देखिएको उत्साहचाहिँ गजव लाग्छ, सामाजिक अभियान भएकाले कसैले पनि सहयोग गर्दिन भन्दैनन् ।’ कुँवर प्रमुख रहेको हजुरलाई नमस्ते परोपकारी अभियानको नेतृत्वमा लाइन्स क्लव अफ काठमाडौं धौलागिरी, रोटरी क्लव अफ त्रिपुरेश्वर, लाइन्स क्लव अफ काठमाडौ सोसियल फ्रेन्डले पनि सहकार्य गरेका थिए ।
उनी लकडाउनमा पनि निरन्तर समाजसेवामा लागिरहे । झण्डै २५ सय जनालाई उनले राहतस्वरुप चामल, दाल, साबुन, चिनी, तेल, नुनलगायतका सामग्रीका साथै स्वास्थ्य सामग्री पनि बाँडे । ‘म कोरोना संक्रमित भएँ, केही समय घरमै बसे, अलिकति ठिक भएपछि मन मानेन र फेरि सक्रिय भएँ’ उनले भने ‘समाजसेवाबाट नै मनमा शान्ति मिल्ने भएकाले निरन्तर लागिरहेको छु ।’ उनले गत वर्षदेखि भएको लकडाउनबाट नै रक्तदान गर्दै र गराउँदै आएका छन् । उनले कोरोना संक्रमितलाई अक्सिजनको अभाव हुँदा विभिन्न ठाउँमा लुकाएर राखिएका अक्सिजन सिलिण्डर पनि खोजेर बिरामीलाई र अस्पताललाई दिएका थिए ।

383 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal