अरुको सेवा गर्दागर्दै कोरोना संक्रमित भएका कुँवर फेरि जागे

काठमाडौं । कोरोना लागेर केही दिन थला परेका वाफल काठमाडौका समाजसेवी ताराबहादुर कुँवर थाकेका छैनन् । उनले शनिवार रक्तदान अभियान चलाए । उनले आफूलाई जस्तो अरुलाई समस्या नपरोस् भनेर विभिन्न समयमा सामाजिक अभियान चलाएको बताउँछन् । उनी आफ्नो सेवाबाट जनताले राहत पाउँछन् भने कहिल्यै पनि पछि नहट्ने बताउँछन् ।
५० पाउण्ड रगत संकलन गर्ने लक्ष्य लिएका उनको अभियानमा झण्डै ७० जना रक्तदानको लागि तयार भए पनि २६ पाउण्ड रगतमात्र संकलन भएको थियो । ‘रक्तदान गर्न त धेरै मानिस आएका थिए तर कसैको के मिलेन, कसैले दिन मिलेन सोचेभन्दा कम भयो’ उनले भने ‘हाम्रो अभियानमा देखिएको उत्साहचाहिँ गजव लाग्छ, सामाजिक अभियान भएकाले कसैले पनि सहयोग गर्दिन भन्दैनन् ।’ कुँवर प्रमुख रहेको हजुरलाई नमस्ते परोपकारी अभियानको नेतृत्वमा लाइन्स क्लव अफ काठमाडौं धौलागिरी, रोटरी क्लव अफ त्रिपुरेश्वर, लाइन्स क्लव अफ काठमाडौ सोसियल फ्रेन्डले पनि सहकार्य गरेका थिए ।
उनी लकडाउनमा पनि निरन्तर समाजसेवामा लागिरहे । झण्डै २५ सय जनालाई उनले राहतस्वरुप चामल, दाल, साबुन, चिनी, तेल, नुनलगायतका सामग्रीका साथै स्वास्थ्य सामग्री पनि बाँडे । ‘म कोरोना संक्रमित भएँ, केही समय घरमै बसे, अलिकति ठिक भएपछि मन मानेन र फेरि सक्रिय भएँ’ उनले भने ‘समाजसेवाबाट नै मनमा शान्ति मिल्ने भएकाले निरन्तर लागिरहेको छु ।’ उनले गत वर्षदेखि भएको लकडाउनबाट नै रक्तदान गर्दै र गराउँदै आएका छन् । उनले कोरोना संक्रमितलाई अक्सिजनको अभाव हुँदा विभिन्न ठाउँमा लुकाएर राखिएका अक्सिजन सिलिण्डर पनि खोजेर बिरामीलाई र अस्पताललाई दिएका थिए ।
ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली
२०८२ जेष्ठ २ गते, शुक्रबार
राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक
२०८२ जेष्ठ २ गते, शुक्रबार
सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’
२०८२ जेष्ठ २ गते, शुक्रबार
‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन
२०८२ जेष्ठ २ गते, शुक्रबार
मखनटोलमा आगलागी, एक जनाको मृत्यु
२०८२ बैशाख ३१ गते, बुधबार
दक्षिण कोरिया जाने विद्यार्थीको ‘एनओसी’ सरकारंद्वारा स्थगित
२०८२ बैशाख ३० गते, मंगलवार
रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
२०८२ बैशाख ३० गते, मंगलवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार