शंकाको घेरमा परेका नेपाल अडानबाट किन बिच्किएनन् ?
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई धेरैले अडान नभएको र बेलाबेला विचार परिवर्तन गरिरहने नेताका रुपमा चित्रण गरेका थिए तर यसपालि पाँचदलीय गठबन्धन टिकाएका छन् ।
पटकपटक एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देउवालाई प्रधानमन्त्री बन्नका लागि दिएको समर्थन फिर्ता लिन आग्रह गरे पनि नेपालले मानेनन् अन्ततः नेपालकै जीत भएको छ । नेपालले यसलाई आफ्नोमात्र नभएर लोकतन्त्रको, संविधानको र समस्त नेपालीको खुशीको दिन भएको टिप्पणी गरेका छन् । नेपाल पक्षका २३ जना सांसदले गत जेष्ठ १० गते देउवालाई
प्रधानमन्त्रीमा समर्थन गरेका थिए । बीचमा नेपाल ओलीको लोभमा पर्छन् कि भनेर त्यही पक्षबाट शंका गरिँदै आए पनि अन्तिममा आएर उनले ओलीलाई सरकारबाट ढालेरै छोडेका छन् । नेपालले कडा अडान नलिएको भए यो राजनीतिक परिवर्तन पनि सम्भव थिएन ।
यसअघि पनि पार्टीमा पटकपटक विवाद हुँदा अन्तिम क्षणमा आएर कुनै न कुनै सहमति गरेर आफ्नो पक्षको भावनामाथि खेलवाड गरेका नेपालको अडानले नै देउवा प्रधानमन्त्री बनेका हुन् । नेपाललाई देशभरका आफ्ना पक्षका नेता तथा कार्यकर्ताले पनि कुनै पनि हालतमा ओलीसँग नझुक्न दवाव दिँदै आएपछि नेपाल पनि अडानमा अडिग भएका थिए । नेपालले ओलीलाई सच्याउनमात्र अरु दलसँग गठबन्धन गरेको र अहिले आएर आफ्नो लक्ष्य पूरा भएको स्पष्ट पारेका छन् । नेपालले पार्टीलाई एकताबद्ध बनाएर लान सकिने तर त्यसको लागि ओलकिो व्यवहार पार्टीमैत्री हुनुपर्ने धारणा राखेका छन् ।
ओलीले जुनसुकै निर्णय गर्दा पनि पार्टीभन्दा आफैं ठूलो हुँ भनेर गर्ने गरेकाले पनि ओली पार्टी र जनताबाट पटकपटक आलोचित बन्दै आएका छन् । ओलीले राजनीतिबाट पाउनुपर्ने सबै पद पाएका छन् र त्यसको फाइदा पनि उठाएका छन् तर कार्यकर्ताको राजनीति भने चौपट बनाइदिएका छन् ।
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





