सन्की शासकले सिध्याएको संसद संविधानद्वारा स्वतः सुचारु
काठमाडौं । सन्कीको भरमा प्रतिनिधिसभा विघटन गरेर तानाशाही प्रवृत्ति देखाएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्चले फेरि अर्को झापड हानेको छ । पटकपटक संविधानविरोधी गतिविधि गर्दै आफूलाई प्रधानमन्त्री पदमा टिकाइरहन खोजेका ओलीको अब दिनगन्ती सुरु भएको छ ।
ओलीले प्रधानमन्त्रीको हैसियतले संविधानलाई किल्चँदै २०७७ को पौष ५ गते र २०७८ को जेष्ठ ७ गते प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन घोषणा गरेका थिए । ओलीले पार्टीभित्र अरु कुनै विकल्प नखोजी गरेका हरेक निर्णयले पार्टीलाई मात्र होइन देशलाई नै असर परेको छ तर ओलीले यसलाई स्विकारेका छैनन् । प्रधानमन्त्री खुस्केको भोलिपल्ट सिंहदरवारमा आयोजित देशवासीको नाममा सम्वोधनमा पनि उनले पार्र्टीभित्रका माधवकुमार नेपाल पक्ष र सर्वोच्च अदालतलाई नराम्ररी गाली गरेका थिए । आफूले चालेका गलत कदमलाई सर्वोच्चले उल्ट्याइदिएपछि ओली सर्वोच्चसँग पनि नराम्ररी बिच्किएका हुन् ।
ओलीले पार्टीमा आफूबाहेक प्रधानमन्त्री हुन अरु कोही पनि योग्य छैन भनेजस्तो गरी मनपरी ढंगले सरकार चलाउँदै आएपछि अन्ततः उनले त्यसको नराम्रो परिणाम भोगेका छन् । संविधानले ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको थिएन तर पनि उनले आफूले जे गरे पनि हुने भन्दै दुइ पटकसम्म संसद विघटन गरेर इतिहास रचेका छन् । असार २८ गते सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापनासँगै कांग्रेसका प्रतिनिधिसभाका सांसद शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश गरेपछि ओली झन् बिच्किएका थिए । आज पुनस्र्थापित प्रतिनिधिसभाको बैठक शुरु हुँदैछ । ओली समर्थकले काठमाडौं उपत्यकामा सर्वोच्चको परमादेशको विरोधमा जुलुस समेत निकालेका थिए ।
ओलीले सर्वोच्चले संविधान संशोधन गरेर देउवालाई प्रधानमन्त्री बनाएको पनि आरोप लगाए । ओली ३० गते वालुवाटारबाट दुःखद् मुदा्रमा बालकोट गएका छन् । ओलीले घरको बार्दलीमा बसेर शुभेच्छुक तथा कार्यकर्तालाई सम्वोधन गर्दै माधव माधवकुमार नेपाललाई ‘गद्यार’ को संज्ञा दिएका थिए । असार २७ गते एमालेको विवाद समाधानका लागि गठित कार्यदलले दिएको प्रतिवेदनमाथि पनि नेपालले शंका गरेका थिए तर अर्को दिन सर्वोच्चले फैसला गरेपछि प्रतिवेदन पनि अल्मलिएको छ ।
ओली संसदमा ठूलो दल रहेको हैसियतमा वैशाख ३० गते राती फेरि प्रधानमन्त्री भएका थिए, उनले ३१ गते शपथ गरेका थिए । ओलीको वालुवाटारबाट वहिर्गमनलाई धेरैले स्वाभाविक मानेका छन् । ओली प्रवृत्तिकै कारण उनीमात्र होइन पार्टीसमेत संकटमा परेको छ ।
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





