सन्की शासकले सिध्याएको संसद संविधानद्वारा स्वतः सुचारु

काठमाडौं । सन्कीको भरमा प्रतिनिधिसभा विघटन गरेर तानाशाही प्रवृत्ति देखाएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्चले फेरि अर्को झापड हानेको छ । पटकपटक संविधानविरोधी गतिविधि गर्दै आफूलाई प्रधानमन्त्री पदमा टिकाइरहन खोजेका ओलीको अब दिनगन्ती सुरु भएको छ ।
ओलीले प्रधानमन्त्रीको हैसियतले संविधानलाई किल्चँदै २०७७ को पौष ५ गते र २०७८ को जेष्ठ ७ गते प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन घोषणा गरेका थिए । ओलीले पार्टीभित्र अरु कुनै विकल्प नखोजी गरेका हरेक निर्णयले पार्टीलाई मात्र होइन देशलाई नै असर परेको छ तर ओलीले यसलाई स्विकारेका छैनन् । प्रधानमन्त्री खुस्केको भोलिपल्ट सिंहदरवारमा आयोजित देशवासीको नाममा सम्वोधनमा पनि उनले पार्र्टीभित्रका माधवकुमार नेपाल पक्ष र सर्वोच्च अदालतलाई नराम्ररी गाली गरेका थिए । आफूले चालेका गलत कदमलाई सर्वोच्चले उल्ट्याइदिएपछि ओली सर्वोच्चसँग पनि नराम्ररी बिच्किएका हुन् ।
ओलीले पार्टीमा आफूबाहेक प्रधानमन्त्री हुन अरु कोही पनि योग्य छैन भनेजस्तो गरी मनपरी ढंगले सरकार चलाउँदै आएपछि अन्ततः उनले त्यसको नराम्रो परिणाम भोगेका छन् । संविधानले ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको थिएन तर पनि उनले आफूले जे गरे पनि हुने भन्दै दुइ पटकसम्म संसद विघटन गरेर इतिहास रचेका छन् । असार २८ गते सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापनासँगै कांग्रेसका प्रतिनिधिसभाका सांसद शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश गरेपछि ओली झन् बिच्किएका थिए । आज पुनस्र्थापित प्रतिनिधिसभाको बैठक शुरु हुँदैछ । ओली समर्थकले काठमाडौं उपत्यकामा सर्वोच्चको परमादेशको विरोधमा जुलुस समेत निकालेका थिए ।
ओलीले सर्वोच्चले संविधान संशोधन गरेर देउवालाई प्रधानमन्त्री बनाएको पनि आरोप लगाए । ओली ३० गते वालुवाटारबाट दुःखद् मुदा्रमा बालकोट गएका छन् । ओलीले घरको बार्दलीमा बसेर शुभेच्छुक तथा कार्यकर्तालाई सम्वोधन गर्दै माधव माधवकुमार नेपाललाई ‘गद्यार’ को संज्ञा दिएका थिए । असार २७ गते एमालेको विवाद समाधानका लागि गठित कार्यदलले दिएको प्रतिवेदनमाथि पनि नेपालले शंका गरेका थिए तर अर्को दिन सर्वोच्चले फैसला गरेपछि प्रतिवेदन पनि अल्मलिएको छ ।
ओली संसदमा ठूलो दल रहेको हैसियतमा वैशाख ३० गते राती फेरि प्रधानमन्त्री भएका थिए, उनले ३१ गते शपथ गरेका थिए । ओलीको वालुवाटारबाट वहिर्गमनलाई धेरैले स्वाभाविक मानेका छन् । ओली प्रवृत्तिकै कारण उनीमात्र होइन पार्टीसमेत संकटमा परेको छ ।
ताजा

अविरल र एलिना चौहानको स्वरमा ‘पुतली’ भाइरल हुँदै
२०८२ जेष्ठ ३० गते, शुक्रबार
अविरल र एलिना चौहानको स्वरमा ‘पुतली’ भाइरल हुँदै
२०८२ जेष्ठ ३० गते, शुक्रबार
एयर इन्डिया दुर्घटनाः कम्तीमा २९० को मृत्यु
२०८२ जेष्ठ ३० गते, शुक्रबार
अनेरास्ववियु निर्वाचनः अध्यक्षमा कडरिया निर्वाचित
२०८२ जेष्ठ ३० गते, शुक्रबार
इजरायलद्वारा इरानमाथि आक्रमण, इजरायलमा आपतकालीन अवस्था घोषणा
२०८२ जेष्ठ ३० गते, शुक्रबार
तीनकुने घटनाः दुर्गा प्रसाईँसहित ७ जना पुर्पक्षका लागि थुनामा
२०८२ जेष्ठ ३० गते, शुक्रबार
नेपाल सोतोकान कराते डो संघ SKDUN का खेलाडीहरु मलेसिया प्रस्थान
२०८२ जेष्ठ २९ गते, बिहीबार
कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग
२०८२ जेष्ठ २५ गते, आईतवार
राजन लम्साल लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल “आइडी इन्डोर्सी” पदमा विजय
२०८२ जेष्ठ २५ गते, आईतवार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
संकल्पको “झुठै भएनी” मा सागर र मनिषाको अन्स्क्रिन प्रेम (भिडिओ)
२०८२ जेष्ठ २४ गते, शनिबारलोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार