कोरोना प्रभावितलाई जनगणतान्त्रिक सम्पर्क मंचद्वारा सहयोग
काठमाडौँ । जनगणतान्त्रिक सम्पर्क मञ्चले कोरोना संक्रमणबाट प्रभावित व्यक्तिहरुलाई सहयोग हस्तान्त्रण गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट मञ्चको केन्द्रीय समन्वय समितिले निषेधाज्ञामा समस्या परेका सहिद परिवार, जेल जीवनमा रहेका व्यक्तिका परिवार र अग्रमोर्चामा रहेर समाचार संकलन गरिरहेका र समस्या परेका पत्रकारको लागि संकलन गरिएका सहयोग सामाग्री शनिबार हस्तान्त्रण हो ।
सहयोग अभियानको समन्वय रेडियो मिर्मिरेका अध्यक्ष घनश्याम श्रेष्ठ ‘पुष्कर’ले गरेका हुन् ।
सहयोग हस्तान्त्रण कार्यक्रममा मञ्चका वरिष्ठ उपाध्यक्ष सुरेश अधिकारीले सरकारले कोरोना भाइरससँग नियन्त्रण र पीडितभन्दा कुर्सीको खेलमा लागेको बताए । उनले कोरोना र निषेधाज्ञा कारण चुलो बल्न नसक्ने अवस्था सिर्जना भाएपछि आफूहरुले पहल गरेर सहयोग जुटाएको बताए । यो सहयोग अभियानको उद्घाटन मात्रै भएको भन्दै स्थानीय प्रशासनसँग समन्वय गरी जारी रहने अधिकारीले जानकारी समेत दिए ।
नेकपाका युवा नेता अर्जुन कटुवालले निषेधाज्ञाले समस्या परेका नागरिकलाई सहयोगले वास्ता नगरेपछि आफूहरुले वैकल्पिक रुपमा सहयोग अभियान संचालन गरेको बताए । समस्या परेका व्यक्तिलाई सरकारले आफूले पनि सहयोग नगर्ने र सहयोगी हातहरुमाथि प्रतिबन्ध लगाएको कटुवालले बताए ।
त्यसैगरी दुर्गा अधिकारीले निषेधाज्ञाले खाद्यान्नसँगै कोरोना संक्रमितको उपचारमा पनि समस्या भएको भन्दै त्यसमा आफूहरुले सहयोग गरिरहेको बताए । राज्य गैरजिम्मेवार बनेकै कारण उपचार नपाएरै नागरिकले मर्नु परेको बताउँदै सरकारलाई गम्भीर बन्न समेत अधिकारीले आग्रह गरे ।
त्यस्तै, बुद्धि ढुंगानाले साथीहरु भोकै बसेको खबरले आफूहरुलाई सहयोग जुटाउन बाध्य बनाएको बताए । उनले सहयोग गर्न चाहेर पनि घरभित्रै बास्नु पर्ने अवस्था सिर्जना भएको बताए । आफूहरुले सहयोग गर्न चाहेर पनि पीडितलाई साथीहरुलाई सहयोग गर्न नपाएको भन्दै ढु्ंगानाले दुःख व्यक्त गरे ।
त्यसैगरी मंचाका नेता विक्रम पौडेलले समस्या परेका साथीहरुलाई अभियानात्मक रुपमा सहयोग गर्ने बताए । उनले खान नपाएर कोही पनि मर्नु हुँदैन भन्ने उद्देश्यले सहयोग अभियान सुरु गरिएको बताए ।
सहयोग सामाग्री उद्धव पौडेल, नारायण रिमाललगायतले सहयोग गरेका थिए भने उमा गुरुङ, अमित विष्ट, देवेन्द्र श्रेष्ठ, बुद्धिमान तामाङ लगायतका व्यक्तिहरुले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको मंचले जानकारी दिएको छ ।
संवाद डबलीका सचिव धनञ्जय बुढाले आफूहरु कोरोना र निषेधाज्ञाको प्रवाह नगरी अग्रमोर्चामा खटिरहने पत्रकारलाई सहयोग गरेकोमा धन्यवाद दिए ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





