कोरोनाको नाममा अवैध औषधिको उत्पादन र बिक्रि गर्दै लक्ष्मी ओली

२०७८ जेष्ठ १६ गते, आईतवार

काठमाडौं । कोरोनाको औषधि भन्दै अवैध रुपमा गुणस्तरहिन पातपतिङ्गर पिसेर बनाइएको पाउडर चर्को मुल्य लिएर विक्रि गर्दै आएको पुनर्जीवन स्वास्थ्य क्लिनिकले उत्पादन गरेको औषधि खान अयोग्य रहेको बुझिन आएको छ ।

आफुलाई स्वघोषित आर्युवेदिक अनुसन्धानकर्ता बताउने लक्ष्मी ओलीले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ५ इमाडोलस्थित पुनर्जीवन स्वास्थ्य क्लिनिकबाट आफुखुसी पातपतिङ्गर बटुलेर बनाइएको उक्त औषधि सरकारको कुनैपनि निकायबाट स्वीकृत नलिएको र सो औषधि सेवन गर्दा स्वास्थ्यमा गम्भिर असर हुने समेत खुल्न आएको छ ।

‘कोरोना भाईरसको विरामी ३ दिनमा च्याटै’ निको पार्छु भन्दै सामाजिक संजालमा भ्रमात्मक विज्ञापन गरी ठगी धन्दा संचालन गर्दै आएका ओलीले कोरोना निको हुने औषधी भन्दै पुनर्जीवन आर्युरवेद चूर्ण, (पाउडर) पुनर्जीवन स्वास्थ्य क्लिनिक, नाम उल्लेख भएको तरल पदार्थ र नाम नखुलेको तरल पदार्थ भरेको एकाएक सिसि बजार पठाई ठगी धन्दा संचालन गर्दे आएको पाइएको हो ।

विद्यमान स्वास्थ्य ऐन अनुसार कुनैपनि स्वास्थ्य सामाग्री उत्पादन, औषधि, फार्मेसी पसल लगायतका काम गर्नलाई अनिवार्य रुपमा सम्बन्धित निकायमा आफ्नो योग्यताको सक्कल प्रमाणपत्रसहित दर्ता गर्न जानुपर्छ, तर सो क्लिनिकले रजिष्टर्ड कार्यालयमा दर्ता गरेको भेटिएन । आफुखुसी अनेत्र काँही दर्ता नगरि होमियोप्याथिक र आर्युवेदिक पद्यतीबाट उत्पादन गरेको औषधि भन्दै लामो समयदेखि बेच्दै आएको भेटिएको छ । सो क्लिनिकका मालिक ओलीले आफ्नो अवैध धन्दा चलाउनको लागि उनका सहोदर दाजु डा। खगेन्द्र ओलीको नाम भजाउँदै हिड्ने गरेका छन् । कोही कसैले दर्ता र योग्यताको प्रमाणपत्र खोजी गरेमा उनकै दाजु डा। खगेन्द्रको नाम देखाउँदै पछिल्लो समय भएको कोरोनाको महामारीबाट ‘तिन दिनमा च्वाटै’ पार्दिन्छु भन्दै भ्रामक अफवाह फैलाउँदै, कतैबाट पनि प्रमाणित नभएको औषधि घरघरमै पुर्याउँदै चर्को मुल्यमा विक्रि गर्दै आएका छन् ।

विद्यमान स्वास्थ्य ऐन अनुसार कोही कसैले फार्मेसी पसल राख्नलाई पनि डाक्टरलाई कर्मचारीको रुपमा नियुक्त गर्नु पर्ने प्रावधान छ । तर ओलीले आफुलाई नै डाक्टर भएको जस्तो गरि भ्रमात्मक प्रचार गर्दे आएका छन् । उनले होमियोप्याथिक र आर्युरवेद दुवै औषधि एकै ठाउँबाट बेच्दै आएका छन् ।

ओलीले होमियोप्याथिक र आर्युरवेदिक विषयमा कुनै औपचारिक अध्ययन गरेका छैनन् । तरपनि उनी अखिल नेपाल होमियोप्याथिक एसोसिएसनको पूव उपाध्यक्ष समेत रहेको भन्दै आएका छन् । यस सम्बन्धमा सो एसोशियसनमा सम्पर्क गर्दा उनी साधारण सदस्य मात्र रहेको जानकारी प्राप्त भएको छ । एसोशियसनका महासचिव डा। रामहरि श्रेष्ठले भने – ‘ओलीले होमियोप्याथिक र आर्युवेदिक दूवै औषधिको कारोवार गरे, एकैठाउँबाट गर्न पाईदैन्, हामिले पटक–पटक एउटा मात्र रोज्न उहाँलाई आग्रह गर्दै आएका छौं । हामिले कुनैपनि व्यवसाय नगर भन्न पाईदैन, तर उहाँले हामिले भनेको मानिरहनु भएको छैन् ।’

दुई हजार पाँच सय रुपैयाँमा चर्को शुल्क लिएर विक्रि गर्दै ठगी धन्दा संचालन गर्दै आएका ओलीले औषधि वितरण गर्दा कसैको ज्यान तलमाथि भए आफु फस्ने डरले आधिकारिक बिल समेत नदिने गरेको पाइएको हो । यसै विषयमा क्लिनिकको आधिकारीक भनाई सहित स्वीकृत पत्र बारे जिज्ञासा राख्दा आफुलाई कर्मचारी भएको र नाम नबताउने भन्दै एक महिलाले भनिन् – ‘बिल छाप्न नभ्याएर बिना बिल कारोबार गरेका हो ।’

यसै विषयमा आर्युवेद तथा वैकल्पिक चिकित्सा विभागका सुचना अधिकृत डा। मुनकर्ण थापासंग सम्पर्क गर्दा उनले सो विषयमा ‘हामीले भ्रमात्मक विज्ञापनको ठगी नियन्त्रणका लागि यसअघि नै सम्बन्धित निकायमा पत्राचार गरिसकेका छौं । कोरोनाको औषधि भन्दै विक्रि गर्नु गैरकानुनी भएको’ बताए ।

ओलीले गर्दै आएको अवैध औषधि उत्पादन तथा विक्रि वितरणका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, ललितपुरका सहायक प्रमख जिल्ला अधिकारी तथा सूचना अधिकारी ललितकुमार बस्नेतले भने – ‘कोही कसैले पनि ऐनका विरुद्ध गएर कुनैपनि काम कारवाही गर्न पाउँदैन्, त्यसमा पनि मानवस्वास्थ्यसंग जोडिएको विषयमा त झन् गर्ने कुरै भएन्, कोही कसैले दर्ता र अनुमति विना उत्पादन गर्दै आएका माथि प्रशासनले निगरानी राखि कानुनी दायरामा ल्याई कारवाही गरिने छ । सो क्लिनिकका सम्बन्धमा हाम्रो टिमले अनुसन्धान गरी कारवाही गर्ने छ ।’

311 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal